सिमकोट मानसरोवर जाने पर्यटक बढे

राजन राउत

 

सिमकोट, वैशाख २३ गते ।  प्रसिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने भारतीय पर्यटक आउने क्रम बढेसँगै सदरमुकाम सिमकोटमा पर्यटकीय चहलपहल बढेको छ ।  
मौसम परिवर्तन र हिमपात नहुँदा गत वर्षभन्दा दुई हप्ता अघिदेखि नै सिमकोटमा भारतीय पर्यटकको आगमन भएको छ ।  शुक्रबार मात्रै करिब चार दर्जन भारतीय पर्यटक सिमकोट भित्रिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् ।  व्यवसायीका अनुसार शनिबारका लागि मात्रै करिब ६० जना पर्यटकले होटल बुकिङ गरिसकेको छन् ।  
कैलाश सरोवर पुग्न नेपालगञ्ज अथवा सुर्खेतदेखि सिमकोटसम्म आउनुपर्ने भएकाले पछिल्ला केही वर्ष सिमकोटमा पर्यटकीय गतिविधि बढ्दै गएको हो ।  सिमकोटबाट १५ मिनेटको उडानपछि हिल्सा र त्यसपछि सीमापार ताक्लाकोट हँुदै मानसरोवर पुग्न सकिन्छ ।  simkot
सिमकोट हुँदै मानसरोवर जाने पर्यटकलाई लक्षित गर्दै उडान सङ्ख्या थप्ने तथा होटलमा कोठाको क्षमता बढाउने काम पनि पछिल्लो समय देखिन थालेको छ ।  त्यस्तै सिमकोटबाट हिल्सासम्मको उडानका लागि दुईओटा हेलिकोप्टरको व्यवस्था गरिएको छ ।  अन्य दिनमा दैनिक दुईओटा उडान हुँदै आएकोमा शुक्रबारमात्र पाँचओटा उडान भएका थिए ।  गतवर्ष एकै दिन सिमकोटमा तीसओटासम्म उडान भएका थिए ।  
सिजन सुरु भएपछि पर्यटक बढ्ने र त्यसैअनुसार तयारी सुरु गरिएको सिमकोटमा रहेको कैलाश रिसोर्टका सञ्चालक विजय लामाले बताउनुभयो ।  यस वर्ष करिब १५ हजार भारतीय पर्यटक सिमकोट आउने अनुमान गरिएको छ ।  
पर्यटकको सङ्ख्या बढ्ने भएपछि विभिन्न टे«किङ एजेन्सी र सदरमुकामका होटलसँग ‘नाइट स्टे’लागि सम्झौता प्रक्रिया अगाडि बढाइएको मानसरोवर होटेलका सञ्चालक टेकबहादुर रावतले बताउनुुभयो ।

होटलमा बढ्दैछ बुकिङ
सदरमुकाम सिमकोटमा मात्र हाल आठओटा होटल सञ्चालनमा छन् ।  पाँच करोड रुपियाँ लागतमा निर्माण भएको मानसरोवर होटलमा मात्रै यस वर्षका लागि विभिन्न टे«किङ एजेन्सीले करिब पाँच हजार पर्यटकका लागि बुकिङको जानकारी लिएको सञ्चालक रावतले बताउनुभयो ।  
कैलास रिसोर्टले एक हजार पर्यटकको बुकिङ सम्झौता आएको जनाएको छ ।  सनभ्याली रिसोर्टमा पनि अहिलेसम्म चार हजार पर्यटकका लागि बासको बुकिङ जानकारी माग गरेको प्रबन्धक पेमा लामाले जानकारी दिनुभयो ।  गतवर्ष सञ्चालनमा आएको गतवर्ष सिमकोट हुँदै करिब १० हजार पर्यटक मानसरोवर पुगेका थिए ।  जेठदेखि भदौ महिनासम्म मानसरोवर जाने सिजन मानिन्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना