सपनासँगै शेरचनको आधार शिविरमा अवसान

serchanसोलुखुम्बु, वैशाख २४ गते ।  सबैभन्दा बढी उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न सगरमाथाको आधार शिविर पुग्नुभएका मीनबहादुर शेरचनको शनिबार आरोहणकै क्रममा निधन भएको छ ।  उहाँ ८६ वर्षको हुनुहुन्थ्यो ।  ७६ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्नुभएका शेरचनको कीर्तिमान जापानी आरोहीले तोडेपछि फेरि नयाँ कीर्तिमान राख्न उहाँ यस पटक सगरमाथा आरोहणको अन्तिम तयारीमा हुनुहुन्थ्यो ।
शनिबार साँझ ५ बजेर १४ मिनेट जाँदा उहाँको हृदयाघातबाट निधन भएको सरकारका तर्फबाट सगरमाथा आधारशिविर पुग्नुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  स्वर्गीय शेरचनको शवलाई आइतबार लुक्ला हुँदै राजधानी लैजाने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि वैशाख ३ गते आइतबार सात सदस्य टोलीसहित काठमाडौँबाट हिँड्नुभएको थियो ।  उहाँले सन् २००८ मा ७६ वर्षको उमेरमा ३४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।  
विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि अभियान चलाउने बताउँदै आउनुभएका शेरचनको सन् २०१३ र २०१५ मा सगरमाथा आरोहण योजना असफल भएको थियो ।  यो वर्ष भने अभियान सफल बनाउने भन्दै काठमाडाँैबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै आधारशिविर पुग्नुभएको थियो ।  उहाँको आरोहणका लागि ९५ लाख रूपैयाँको व्यवस्था गरिएको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना