राष्ट्रिय पत्रकारिता पुरस्कार र बरिष्ठ पत्रकार सम्मान पाउनेको नामावली सार्वजनिक

काठमाडौँ, वैशाख २४ गते । सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।

आज बिहान राष्टिय पत्रकारिता दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमपछि गोरखापत्र प्राङ्गनमा सम्बोधन गर्नु हुदै सूचना तथा सञ्चार सचिव महेन्द्रमान गुरुङले सम्मानित व्यक्तिहरुको नामावली सार्वजनिक गर्नुभएको हो ।

पुरस्कार छनौट समितिले यस वर्षको बरिष्ठ पत्रकार सम्मानबाट पत्रकार मदनमणी दीक्षित सहित चार जनालाई छनौट गरेको छ । बरिष्ठ पत्रकार सम्मान पाउने अन्य पत्रकारमा दाङका नारायणप्रसाद शर्मा, काठमाडौंकी कृष्णा ताम्राकार र तनहुँका विश्वबन्धु भण्डारी छन् ।
त्यस्तै यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार पनि चार जनाले पाएका छन् । यसअघि एक वा दुईजनाले पाउने गरेको पुरस्कार यसपपटक चारजनालाई दिइएको हो ।

राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा उदयपुरका गजेन्द्र बुढाथोकी, बाँकेका सिराज खान, मोरङका शिवबहादुर कार्की र चितवनका गुणशेखर शर्मा छन् ।
नेपाल सरकारले अघिल्लो वर्षदेखि गोरखापत्र प्रकाशन शुरु भएको वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना