दानवीर दम्पतीबाट सिकौँ

 bindu adhikariबिन्दु अधिकारी ढकाल





हिजोआज जताततै भ्रष्टाचार, जताततै लुटपाट अनि स्वार्थ नै स्वार्थ हाबी÷बिगबिगी भइरहेका बेला समाजमा कोही परोपकारी फेलापरे भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।  समाजप्रति उसले गरेको कामको व्याख्या अथवा योगदानको सर्वत्र चर्चा गफकै विषय हुन सक्छ ।  परोपकारी व्यक्तिले समाजका खातिर गरेको असल कामको बासना भाइरल बन्दासमेत लोभ, लालचमा मान्छे परिरहेकै÷डुबिरहेकै हुन्छ ।  यहा“ असल भावना लिएर हिँड्नेहरूको खडेरी परेका बेला नेपालको पूर्वी तराई सप्तरी जिल्लाअन्तर्गत राजविराज–रूपनीमा त्यस्ता दम्पती फेलापरेका छन्, जसले आफ्नो करोडौँको सम्पत्ति दान गरेर समाजमा आफ्नो अलग पहिचान बनाउन सफल भएका छन् ।  करोडौँ करोडमाझ उदाहरणीय ती व्यक्तिबाट हामीले पनि केही असल कुरा सिकौँ ।  
  प्रसङ्ग हो, पूर्व क्षेत्रीय प्रहरी अस्पतालको नवनिर्मित भवनको ।  २०७३ माघदेखि अस्पतालले आफ्नो सेवा सञ्चालन गर्दै आएको छ ।  प्रहरीका बहालवाला कर्मचारी वरिष्ठ अधिकृतदेखि परिचर तथा तिनका परिवार र अवकाश प्राप्त सबैले समान रूपमा सेवाको उपभोग गर्न पाउने व्यवस्था छ ।  रूपनी सडकअन्तर्गत मुख्य राजमार्गछेउमा चारतले आकर्षक भवन त छनै, साइनबोर्डमा समेत ‘पूर्व क्षेत्रीय प्रहरी अस्पताल ठाकोदेवी–जोगेन्द्र भगत’ लेखिएको छ ।  हिजोआज अस्पतालको साइनबोर्डले धेरैलाई आकर्षित पारेको छ ।  धेरैले भन्ने गरेका छन्, ‘अस्पतालको नाम किन यति अनौठो ?’ जिज्ञासा अस्वाभाविक पक्कै होइन ।  अचम्म मान्नुपर्ने कुराचाहि“ ठाकोदेवी–जोगेन्द्र भगत हुन् ।  दानवीर दम्पती जसले करोडौँ रुपियाँ मोलिने आफ्नो कैयौँ बिघा जमिन र करोडौँ नगद दान गरेर अहिलेको समाजलाई अचम्म र चकित बनाएका छन् ।  हुन त हाम्रो नेपाली समाजमा दान गर्ने परिपाटीलाई नया“ कामको सुरुवात मानिदैन र भनिदैन पनि ।  वर्षौंअघि हाम्रा अग्रज बुबा–जिजुबुबाहरूले आफूस“ग भएको सम्पत्तिमध्येबाट केही अंश काटेर÷छुट्याएर सबैको हितका लागि कतै धर्मशाला, कतै पाटीपौवा, कतै वरपीपल चौतारो, कतै धारा–प“धेरा त कतै पाठशाला बनाइदिएकोदेखि आएका छौँ ।  मानिस सामाजिक बन्नबाट एकाएक टाढिन थाले ।  धार्मिकशास्त्रमा पनि विश्वास गर्न छाडे ।  पुस्ता हस्तान्तरणस“गै चलिआएको चलन सीमितबाट अघि बढ्न नसक्दा समाज लोभी, आसे र डाढे बन्न पुग्यो ।  दान दिएर सेवा गर्नेभन्दा उल्टो समाजबाट अनुचित फाइदा उठाउनेको सङ्ख्या बढिरहेका बेला ठाकोदेवी–जोगेन्द्र भगत धेरैका निम्ति साक्षात भगवान् भएका छन् ।  
 दानवीर दम्पती जसले दुई बिघा पाँच कठ्ठा जग्गामा बनाएको चारतले २० कोठे भवन अचानक नेपाल प्रहरी अस्पताललाई दान गरे ।  अर्को ५० प्रहरी अटाउने व्यारेक अटाउने क्षमता भएको निमार्णाधीन तीनवटा ब्यारेक भवन र चिकित्सक आवासका लागि जगसम्म हालिदिए ।  अस्पताल सञ्चालन गर्न भरथेग भन्दै बीउ पु“जी दुई लाख ५१ हजार रुपियाँ पनि अस्पतालका नाममा जम्मा गरिदिए ।  सप्तरीको रामपुर जमुवा–६ का स्वर्गीय कृपालु भगतका माहिला छोरा जोगेन्द्र युवा अवस्थामा नाम चलेका व्यापारी थिए ।  उनले लामो समयसम्म धानचामलको खरिद बिक्रीको काम गरे ।  उनको चामल भारतका विभिन्न राज्यमा निर्यात हुन्थ्यो ।  पा“च दाजुभाइबीच अंशबन्डा गर्दा आफ्नो नाममा परेको ११ बिघा जग्गा, ७ हजार रुपियाँ र राजविराजमा भएको घरको केही भाग उनको नाममा परेको थियो ।  ‘पैतृक सम्पत्तिबाटै व्यापार सुरु गरेर थप सम्पत्ति जोड्न सफल भएका व्यक्ति हुन्– जोगेन्द्र भगत ।  २०२८ देखि २०३५ सालसम्म व्यापारमा अधिक सफलता उनी धनाढ्य व्यापारी साबित भइसकेका थिए ।  त्यहीबखत २०३६ सालमा उनको घर अनि गाउ“मा ठूलो डकैती भयो ।  त्यसपछि समाज अनि परिवार बचाउन उनी राजनीतिमा लागे ।  आर्थिक रूपमा सम्पन्न भगत दम्पतीका सन्तान छैनन् ।  आफूसित जति छ, जे छ सबै अस्पताल अनि विद्यालयका नाममा दान गर्ने उनीहरू भविष्यप्रति कुनै चिन्ता र गुनासो गर्दैनन् ।  क्षेत्रीय प्रहरी अस्पताललाई हाल हस्तान्तरण गरेको घर–जग्गाको मूल्य ३५ करोडभन्दा बढी पर्छ ।  एक चिकित्सकसहित १६ स्वास्थ्यकर्मी कार्यरत अस्पतालले आकस्मिक र बहिरङ दुवै सेवा सञ्चालनमा ल्याएको छ ।  दानवीर दम्पतीको यो पहिलो दान भने होइन ।  यसअघि नै सशस्त्र प्रहरीलाई विद्यालय सञ्चालन गर्न सप्तरी–सम्भुनाथमा रहेको आठ बिघा जग्गा दान दिइसकेका छन् ।  भगत दम्पतीले सुरक्षा निकायलाई मात्र दान गरेका छैनन्, जनताका विद्यालय र अस्पतालमा पनि पाइला पु¥याइसकेका छन् ।  राजविराजस्थित राजदेवी माध्यमिक विद्यालयका नाममा आवश्यक भौतिक पूर्वाधार तयार पार्न ४० लाखभन्दा बढी रुपियाँ खर्चेका जोगेन्द्र–ठाकोदेवीको त्यहाँ पनि साइनबोर्डमा उनीहरूलाई पढ्न पाइन्छ ।  वचनले मात्र पनि सेवाभाव नपाइने आजको समाजमा तन, मन अनि धन समर्पित गर्नु कुनै चानचुने काम पक्कै होइन ।  दानवीर दम्पतीले जे–जति सामाजिक काम गरिरहेका छन्, त्यसको रकममा तुलना गर्नै सकिँदैन ।  त्यसमा पनि पूर्व क्षेत्रअन्तर्गत राजविराजको कुरा अलि भिन्न छ ।  सुपरमार्केटजत्रो भवन तयार भइसकेपछि प्रहरी अस्पताललाई हस्तान्तरण गरेर भगत दम्पतीले जनता प्रहरीबीचको दूरी पक्का पुल स्वयम् बनेका छन् ।  मधेश आन्दोलनका कारण नागरिक र प्रहरीबीच खटपट एकाएक दूरी बढेको थियो ।  दानवीर दम्पतीको दान उचित ठाउँमा उचित काममा उपयोग होस् ।  सेवा गर्न मुठी नै कस्नुपर्छ भन्ने छैन ।  असल साथ भयो भने मात्र पनि समाज अनुशासित र समृद्ध बन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना