शेयर बजारमा सिमेन्ट उद्योग

sarojसरोज अधिकारी

 

शेयर बजारमा रियल सेक्टर भिœयाउने कुरो निकै लामो समयदेखि चल्दै आए पनि त्यसलाई यथार्थमा परिणत गर्ने दिशामा काम भने निकै कम मात्र भएको पाइएको छ ।  मुलुकको अर्थतन्त्रमा करिब सात प्रतिशतको वृद्धि देखिने सङ्केत देखिएको र स्थानीय चुनाव हुने सुनिश्चित भएको अवस्थामा पनि बजारमा छाल आउन नसक्नुले मुलुकको अर्थतन्त्र र शेयर बजारको नाता अलि परकोझैँ भएको छ ।  नेपालको आर्थिक वृद्धिदर बढ्नुमा लोडसेडिङको अन्त्य, कृषि उत्पादन राम्रो अवस्थामा हुनु र रेमिट्यान्सको आगमन राम्रो हुनु नै मानिएको छ ।  औद्योगिक सम्भावना धेरै नभएको र शेयर बजारमा उत्पादनमूलक समूहको उपस्थिति ठूलो मात्रामा नहुनुले पनि शेयर बजार र आर्थिक वृद्धिदरको नाता टाढाको हुन गएको हो ।  विकसित मुलुकमा शेयर बजारलाई अर्थतन्त्रको ऐना मानिँदै आएको छ ।  औद्योगिक उत्पादन तथा व्यवसाय धेरै हुने मात्र होइन शेयर बजारमा रियल सेक्टरको उपस्थिति बढी भएका मुलुकमा आर्थिक वृद्धिदर र बजारको सम्बन्ध निकै नजिकको रहने गरेको छ ।  
नेपालको सन्दर्भमा पनि बजारमा उत्पादनमूलक क्षेत्रको शेयर भिœयाउने सम्भावना बढ्दै गएको छ ।  यस सम्बन्धमा राम्रो सम्भावना भएको क्षेत्र सिमेन्ट उद्योग पनि एक हो ।  दुई वर्षअघिको भूकम्पका कारण पुनःनिर्माणमा जुटेको तथा मुलुकको सर्वाङ्गीण विकासमा पनि पूर्वाधारका काम अझै धेरै गर्न बाँकी रहेको सन्दर्भमा सिमेन्टको आवश्यकता दिनानुदिन बढ्दो छ ।  केही वर्षअघिसम्म नेपालमा सिमेन्ट उत्पादनमा हेटौँडा तथा उदयपुरजस्ता सार्वजनिक संस्थानको मात्र उत्पादन रहेको र बाँकी भारतीय सिमेन्टबाट आपूर्ति हुँदै आएको थियो ।  हाल मुलुकभर थुप्रै सिमेन्ट उद्योग सञ्चालनमा छन् ।  हाल पूर्वी जिल्लाको सिमेन्टको माग धान्नका लागि सोही जिल्लामा उत्पादन शुरु भएको छ भने पश्चिमका जिल्लाको सिमेन्टको माग धान्नका लागि भैरहवा तथा दाङमा थुप्रै सिमेन्ट उद्योग खुलेको अवस्था छ ।  दाङ जिल्लामा मात्र सिमेन्ट उद्योगमा ४१ अर्ब लगानी भएको तथ्याङ्क छ ।  मुलुकभर सिमेन्टको माग बढ्दै गएको सन्दर्भमा पब्लिक कम्पनीको रूपमा सिमेन्ट उद्योग खोल्न भने अझै सम्भव देखिएको छैन ।  पब्लिक उद्योगको रूपमा खुल्ने र सर्वसाधारणमा शेयर जारी गर्ने संस्थालाई करमा विशेष छुटको व्यवस्था यसअघि नै दिइएको हो तर शेयर बजारमा उत्पादनमूलक उद्योगका सङ्ख्या बढाउन त्यति मात्र पर्याप्त देखिएन ।  आफ्नो लगानी, मिहिनेत, व्यावसायिक योजनासहित लामो परिश्रमपछि खुल्ने सिमेन्ट उद्योगको शेयर प्रतिकित्ता एक सय रुपियाँमा नै सर्वसाधारणलाई बिक्री गराउने कुरा त्यति सहज छैन र त्यसो हुनसक्ने अवस्था पनि देखिँदैन ।  व्यावसायीले हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगका शेयर प्रिमियम मूल्यमा बेच्न पाउने व्यवस्था सरकारले गरेको अवस्थामा शेयर बजारमा सिमेन्ट उद्योगको आगमन बढ्ने निश्चित छ ।  अनि मुलुकमा सिमेन्टको बढ्दो मागलाई आत्मसात् गर्दै सो क्षेत्रमा लगानीकर्ताको आकर्षण पनि रहने कुरामा भने कुनै शङ्का छैन ।  
स्थानीय स्तरमा खुल्ने सिमेन्ट उद्योगले स्थानीय जनतालाई रोजगारी दिने कुरा सुनिश्चित हुँदै आएको भए पनि आगामी दिनमा स्थानीयका लागि जलविद्युत् आयोजनामाझैँ शेयर आरक्षणको व्यवस्था पनि गर्न सकेको खण्डमा त्यसले सिमेन्ट उद्योगको स्थायित्वलाई अझ बल पु¥याउन सक्छ ।  हाल सिमेन्ट उद्योगले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत केही सामाजिक काम गरेको भए पनि त्यो पर्याप्त छैन ।  सिमेन्ट उद्योग स्थापना भएको क्षेत्रको वातावरणीय असन्तुलन र त्यस क्षेत्रका जनताले भोग्नुपर्ने स्वास्थ्य समस्याको प्रतिफलको रूपमा स्थानीयका लागि शेयरका अतिरिक्त सामाजिक कार्य पनि जरुरी हुन्छ ।  
सिमेन्ट उद्योगमा सर्वसाधारणको लगानी भिœयाउने दिशामा पहिलो शुरुआत सरकारी स्वामित्वका सार्वजनिक संस्थान उदयपुर सिमेन्ट उद्योग तथा हेटौँडा सिमेन्ट उद्योगबाट नै हुनु जरुरी छ ।  निजी क्षेत्रका सिमेन्ट उद्योगलाई पब्लिक बनाउदाको मोडल कस्तो हुने भन्ने कुरामा पनि सरकार र निजी व्यावसायीबीच सहमति र सहकार्य जरुरी देखिन्छ ।   
उत्पादनमूलक कम्पनी पब्लिकमा प्रिमियम मोडालिटी टुङ्ग्याउने दिशामा काम भइरहेको सम्बन्धित निकायबाट जानकारी आएको छ ।  जुन अत्यन्त सराहनीय कार्य हो ।  धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले प्रिमियममा शेयर जारी गर्न पाउने व्यवस्था गरेपछि अर्घाखाँची सिमेन्ट जस्ता उत्पादनमूलक उद्योग पब्लिकमा जाने मोडालिटी कस्तो हुने भन्ने कुराका निक्र्यौलको पर्खाइमा रहेको देखिन्छ ।  
नेपालमा हाल देखिएको सिमेन्टको मागलाई ध्यानमा राख्दै पब्लिक कम्पनीको रूपमा सर्वसाधारणको समेत शेयर रहने उद्योग आउनु सही कुरा भए पनि लगानीकर्ताको महŒवपूर्ण चासो भनेको आफ्नो लगानीको प्रतिफल कस्तो हुने हो भन्ने विषय नै हो ।  
भारतीय शेयर बजारमा पनि चिनी तथा सिमेन्ट उद्योगको सङ्ख्या प्रशस्त नै भेटिन्छ ।  नेपालमा पनि ठूला तथा धेरैलाई रोजगारी दिने खालका उद्योग शेयर बजारमा आउनु अत्यन्त राम्रो कुरा भए पनि नेपालका लगानीकर्ता माझ विगतमा उद्योग क्षेत्रमा भएको लगानीको प्रतिफल त्यति राम्रो देखिँदैन ।  नेपाल युनिलिभर उद्योगले लगानीकर्तालाई राम्रो प्रतिफल दिएको भए पनि भृकुटी कागज कारखाना, ज्योति स्पिनिङ मिल्स, इन्द्रेणी सोयाविनलगायत थुप्रै अन्य कम्पनीमा लगानीकर्ताको ठूलो रकम डुबेको अवस्थाले लगानीकर्ता उद्योगको शेयरमा आकर्षित हुने अवस्था वर्तमान परिवेशमा छैन ।  
उद्योगमा सर्वसाधारणका लगानी गराउने अवस्था सिर्जना मात्र महŒवपूर्ण कुरा होइन ।  सर्वसाधारण लगानीकर्ताका लगानी परिसकेको उद्योगको आर्थिक हरहिसाबको पारदर्शिता अझ महŒवपूर्ण कुरा हो ।  तसर्थ, सरकारले उत्पादनमूलक क्षेत्रको शेयरमा सर्वसाधारणका लगानी भिœयाउने वातावरण निर्माण गर्ने सिलसिलमा उत्पादनमूलक उद्योगलाई नियमन गर्ने दरिलो निकायको गठनलाई समेत महŒव दिनुपर्छ, यसमा ढिलाइ गर्नुहुन्न ।  उत्पादनमूलक उद्योगलाई प्रिमियममा शेयर जारी गराएर जनताका लगानी भिœयाउने अनि व्यावसायीले आफ्नो मनोमानी ढङ्गले संस्था चलाएर नाफा जति आफ्नै खल्तीमा मात्र हाल्ने अवस्था आउन कदापि दिनु हुँदैन ।  जनताका लगानी परेको संस्थाको हरहिसाब पारदर्शी हुनैपर्छ ।  तबमात्र शेयर बजारमा पनि कस्तो उत्पादनमूलक कम्पनीको शेयरमा कति रुपियाँ लगानी गर्ने भन्ने लेखाजोखा राख्न लगानीकर्तालाई सहज हुन्छ ।  सिमेन्ट जस्ता उत्पादनमूलक क्षेत्रको शेयर बजारमा भिœयाउनका लागि राजनीतिक स्थायित्व, स्थिर सरकार र सहज औद्योगिक नीति पनि उत्तिकै जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना