पार्किङ् गरिएका सवारी साधनमा आगजनी

सल्यान , वैशाख २९ गते पार्किङ् गरेर राखेका सवारी साधनमाथी विहीवार राती आगजनी गरिएको छ । नेकपा एमाले वागचौर नगरकमीटीले प्रचार प्रसारका लागि प्रयोग गरेका वोलेरो जिप र मोटरसाइकलमा आगजनी गरिएको हो ।
वागचौर नगरपालिका २ वागचौरमा रहेको सनलाइट होटेल अगाडी होटेल अगाडी पार्किङ्घ गरेर राखेको भे १ च १५६२ नम्वरको वोलेरो जिप र रा ३ प ६९९८ नम्वरको मोटरसाइकलमा आगो लगाएर २ जना भागेका थिए । आगलागीबाट जिप तथा मोटरसाइकलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान शुरु गरिएको र घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक श्याम वहादुर खत्रीले जानकारी दिनुभयो ।
यसैवीच घटनामा संलग्न दोषीहरुलाई कारवाहीका लागि प्रहरीले खोजी नगरेको भन्दै एमालले आपत्ती जनाएको छ । सवारी साधनमा आगो लाग्न वित्तिकै प्रहरीलाई खवर गरेको भएपनि घटनास्थलमा प्रहरी नपुगेकोले दोषीहरु उम्केको एमालेको आरोप छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना