जीवित अभिभावकका टुहुरा सन्तान

ramesh bhattaraiरमेश भट्टराई ‘सहृदयी’



ओडार छोडेर घर बनाउन सिकेको मानिसले बिस्तारै पारिवारिक प्रेम र आदर्शलाई चिन्यो ।  हिजो अतिथि आउँदा झुकेर दुई हात जोड्दै नमन गर्ने मानिस आज मोबाइल, फेसबुक या अन्य प्राविधिक संसारमा अल्झिन्छ ।  हाम्रो पारिवारिक मर्यादा नै बिर्सियो ।  अतिथिलाई वाईफाईको पासवार्ड दिएर भुल्ने, भुलाउने चलनमात्र होइन, एउटै बैठक कोठामा परिवारमै कसैसँग कसैको बोलचाल हुँदैन, विचार आदान–प्रदान हुँदैन ।  लाग्छ– सबै अपरिचित छन् ।  अचम्म, सामूहिक मौनता छाएको हुन्छ ।  कसैलाई फुर्सद छैन, सबै सदस्य मानौँ ठूलो कार्यतालिका निर्माणमा अहोरात्र लगनशील छन् ।  
हरेक सुन्दर परिवारले सुन्दर र सभ्य संस्कारद्वारा पवित्र समाज बसाउँदोरहेछ ।  मानिसमा हिजो गाँस, बास र कपासले पुग्थ्यो तर अहिले प्राविधिक विकाससँगै आवश्यकताका सूचीमा थुप्रै अत्याधुनिक साधन जोडिएका हुन्छन् ।  फलतः बाध्यताले, अवसरले या चाहनाले बिदेसिनुपरेको छ– घरगृहस्थ छोडेर ।  जुन औँलामा विष लाग्छ त्यसैले झर्नुपर्छ ।  जुन परिवारमा नैतिक आदर्शको दृढता हुन्छ, त्यहाँ ममतामा विचलन हुने प्रश्नै उठ्दैन ।  आफैँ सचेत आमाबाबामा भने सन्तान प्रेम र आदर्श आचरण नै सफल जीवनको द्योतक बनिरहेकै हुन्छ ।  तर, विदेशमा श्रीमान्÷श्रीमती कमाउने यता श्रीमान्÷श्रीमती परपुरुषसँग अनैतिक सम्बन्ध गाँस्नेमात्र नभई पसिनाको आर्जन सखाप पार्ने व्यवहारले समाज दिनानुदिन कुरूप र कलङ्कित पीडामा धराशयी बन्दै छ ।  सामाजिक सञ्जालको दुरूपयोगले बढेका जटिलतामा एउटा सचेत र सभ्य संस्कारमा जिउने व्यक्तिले अवश्य मुछिनुहुँदैन ।  परिवारकै खुसीका लागि परदेशको भूमिमा श्रम बेच्नुपरेको हुन्छ तर यता परिवारले मर्यादा तोडेपछि सम्बन्धविच्छेदको अवस्था सिर्जना हुन्छ ।  सन्तानलाई पढाउने नामसँग सहरमुखी बन्दै जाँदा यस्ता घटनाले अड्डा जमाएको महसुस विद्यालयतिर सुन्न पाइन्छन् ।  वैदेशिक रोजगारीको बाध्यतासँग परिवार, घरबार, संस्कार अनि बाल तथा मानवअधिकार नै विक्षिप्त बनिरहेको हुन्छ ।  आज पनि अंश, जिउनीजस्ता महŒवाकाङ्क्षा बोकेर सम्पत्तिका नाममा काटाकाटा, मारामार भइरहनु लाजमर्दो हो ।  मेलमिलापभन्दा हिंसात्मक प्रवृत्तिले परिवार र समाज विद्रुप बन्छ ।  मानिसले सुख त खोज्यो तर खुसी हुन जानेन ।  काखको बालक जीवित बाबाआमाको व्यवहार र कुप्रवृत्तिका कारण टुहुरो बनिरहेको हुन्छ ।  आज आधुनिकताको नाममा आफ्नो भाषा, भेष, पर्व र कतिपय वैज्ञानिक तथा उपयोगी संस्कारसमेत पतन बनाउनु परिवारमा राँको झोस्नु हो ।  कतिपय हाम्रा राम्रा संस्कृतिलाई पनि रूढीवादको संज्ञा दिएर हामीले अत्याधुनिकताको सदुपयोगभन्दा अन्धानुकरण गर्दै आफ्नै पहिचानलाई समेत बिर्संदै गइरहेका छौँ ।
दिनभरि ठेलामा तरकारी बेचेर होस् वा सडकछेउमा धूवाँ र धूलोसँग मितेरी गाँसेर नाङ्लोमा अलिकति सामान फिँजाएको कमाइले होस्, सन्तानलाई राम्रो शिक्षा प्रदान गर्ने कुरामा कति आमाबाबा तल्लीन छन् ।  विदेशको मरूभूमिको तातो रापमा पिल्सिएर दिनरात सन्तानको भविष्यका लागि मिहिनेतमा घोटिइरहन्छन् ।  तसर्थ, सचेत परिवारलाई यो पतित सन्दर्भसँग हेर्न मिल्दैन ।  त्यहाँ निष्पक्ष पारिवारिक प्रेमको सुगन्ध हुन्छ ।  त्यहाँ नेपाली पारिवारिक आनन्दको विगुल घन्किरहन्छ ।
मानिसमा नैतिक ज्ञान र आदर्श अनुशासनका कुराहरू दिनानुदिन ह्रास हुँदा प्रेममा विचलन बढेको छ ।  पारिवारिक संरचना भत्किरहँदा पाश्चात्य अन्धानुकृत प्रेमकै कारण अशान्त भावना जागृत बन्दै छ ।  चेतनाभन्दा अनुशासनहीन चरित्रले समाजसँग बाँच्ने प्रेम र जीवनको सुख विद्रुप बन्दै छ ।  आपसी सम्बन्धमै विश्वास घटिरहेको छ ।  बालमनोविज्ञानमा यसको असरसँगै शैक्षिक विकासमा समेत धक्का पुग्छ ।  जति आधुनिकताको विकास हुँदै छ किन विकृति मौलाउँदै छ– चोकमा, सहरमा, बस्तीहरूमा ? कोही आमाबाबा सन्तानको लोभानीपापानीको सिकार बन्छन्, उपेक्षित बन्छन्, सन्तान दमन र प्रेमको अभावबाट मनोरोगी बन्छन् ।  आमा एकातिर, बाबा अर्कातिर अनि बच्चाले कसरी जिउने ? प्रश्न उठ्छ– आज यो जटिल समस्याको सिकार भएका बच्चाको अधिकारलाई कानुनले के गर्दै छ त ? त्यो कलिलो क्रन्दनले संयुक्त अभिभावकत्वलाई कसरी महसुस गर्न पाउँछ ।  परस्त्री र परपुरुषसँग लहसिने, शारीरिक सम्बन्ध गाँस्ने तुच्छ व्यवहारले पछिल्लो समय हाम्रो संस्कृति र सामाजिक न्याय नै कलङ्कित बन्दै छ ।  बाबाले घरमा अर्की आमा ल्याउँछन् ।  पहिलो परिवार काउछो बन्छ ।  बिस्तारै आमा पनि अर्कोसँग जान्छिन् अनि त्यो बच्चा धर्तीमै जीवित आमाबाबाको टुहुरो सन्तान बन्दोरहेछ ।  त्यसपछि त्यो बालक शारीरिक, मानसिक हिंसा र दुव्र्यवहारको सिकार बन्दै जान्छ ।  यकिन तथ्याङ्क नहोला तर यो संवेदनशील छाडा प्रवृत्तिले पारिवारिक मर्यादामा आँच पु¥याइदिन्छ ।  
अझ बाबाले ल्याएकी अर्की आमाको आडमा बाँचेको झर्के र बोझिलो सन्तानको दिनचर्या मनोवैज्ञानिक रूपमा उमेर बढेसँगै साह्रै पीडाप्रद हुन्छ ।  बाबाले अर्की आमालाई भित्र्याउँदा त पीडा हुन्छ नै तर आमाले छोडेर अर्कैसँग गइदिँदा सन्तानको जीवन झनै धराशयी बन्छ ।  आमा अर्कैसँग गएपछि सन्तानलाई सँगै लैजाने होड पनि चल्दोरहेछ ।  सन्तानले बाबाआमाको संयुक्त स्नेह खोजिरहँदा उल्टो अचानोमा बच्चा पर्दोरहेछ ।  सन्ततिले जन्मदिने आमा र जन्माउने बाबालाई कसरी तुलोमा जोखेर
हेर्ने ? अन्ततः उसको पहिचानमै सङ्कट उत्पन्न हुँदोरहेछ ।  छोराछोरीले कसको सहारामा
बाँच्ने ? भवितव्य परे त चित्त बुझाउने बाटो बन्ने रहेछ तर दुःखमा रुँदा आखिर आमा कसलाई भन्ने ? या त सुखमा खुसी कोसँग बाँड्ने ? बजारमा चक्लेट देख्दा कोसँग लाडे स्वरमा किनिमाग्ने या नपाए लडिबुडी गरेर किनिदिन आग्रह गर्ने ? दौँतरी मित्रका बाबाआमाले आफ्ना छोराछोरीलाई हातमा डो¥याएको देख्दा त्यो बच्चाको मन कस्तो होला ? सबैका बाआमा विद्यालयमा लिन–पु¥याउन आउँदा होस् या चाडबाडमा त्यो जीवित अभिभावकको टुहुरो सन्तानले कुन आधारमा
मुस्कुराउने ? सन्तान छोराछोरी भएको जान्दाजान्दै सौता पस्ने नारी पनि कम छैनन्, समाजमा ।  अर्कोतर्पm हेर्दा बिदेसिएका श्रीमान् या श्रीमतीले लामो समयको यौनेच्छाका कारण यस्ता ठूला गल्ती गर्न पुग्दारहेछन् ।  अपर्याप्त यौनेच्छा वा कामुकताका कारण यस्ता घटनाले समाजलाई दुर्गन्धित पार्दारहेछन् ।  यसको अचानोमा त्यही निर्दोष बालहृदयले दुख्नुपर्छ ।  यसरी यो बाल खुसीलाई लुटिन रोक्न अब कानुनको दर्बिलो खम्बा आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना