ललितपुरमा १२ घण्टामा १८ सय मत गणना


राधा चालिसे

ललितपुर, जेठ २ गते ।  निकै उत्साहपूर्वक मतदान गरेका ललितपुर महानगरवासीले मतपरिणाम जान्ने जति उत्सुकता देखाए पनि मतगणनाको कार्य भने निकै सुस्त देखिएको छ ।  
निर्वाचन सम्पन्न भएको मध्यरातदेखि नै मतगणनाको कार्य सुरु गरिए पनि वडा नम्बर १ को एक हजार ७९० मत गन्नकै लागि १२ घण्टाभन्दा बढी समय लागेपछि मत परिणाम पर्खिरहेका मतदाताले सम्पूर्ण मत परिणाम थाहा पाउन निकै समय धैर्य गर्नुपर्ने देखिएको छ  ।  
सोमबार दिउँसोदेखि वडा नम्बर २ को मतगणना सुरु गरिएको थियो र साँझसम्ममा सार्वजनिक भइसकेको छ ।   
यस्तै अवस्था रहेमा ललितपुरमा सबै क्षेत्रको मत परिणाम आउन कम्तीमा पनि एक साता लाग्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले गुनासो गरेका छन् ।  
महानगरपालिकाको मतगणनाका लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यालयभित्र पाँच स्थानमा भइरहेको मतगणना निकै सुस्त भएको गुनासो बढेपछि सोमबार तीनवटा मत गणना स्थल थप गरिएको प्रमुख निर्वाचन अधिकृत दवाडीले बताउनुभयो ।  मत गणना स्थल थप गरिएपछि मतगणना केही छिटो हुने अपेक्षा गर्दै तीन चार दिनभित्र सबै परिणाम आइसक्ने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना