सोचेभन्दा धेरै सफल निर्वाचन

gorkarnaगोकर्ण अर्याल

 

 

मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि स्थानीय तह प्रथम चरणको निर्वाचन अत्यन्त उत्साहका साथ आइतवार सम्पन्न भएको छ ।  प्रदेश नं ३, ४ र ६ अन्तर्गतका २८१ तहमा भएको यस निर्वाचनमा झण्डै ५० हजार उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरेका छन् भने यसबाट १३ हजारको हाराहारीमा प्रतिनिधि चयन हुनेछन् ।  यस चुनावले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधान कार्यान्वयनका महŒवपूर्ण खुड्किलोको रूपमा काम गर्नेछ ।  स्थानीय नागरिकले आफ्नो सरकार आफैँ चुन्ने अवसरका साथै स्थानी तहमा कार्यपालिकीय, न्यायिक र व्यवस्थापकीय अधिकार उपलब्ध गराउने यो निर्वाचन आफैँमा महŒवपूर्ण र विशिष्ट छ ।  यसले मुलुकलाई विधि र प्रक्रियामा अगाडि बढाउनमा सहयोग पु¥याउनुका साथै समाजको तल्लो निकायसम्म लोकतन्त्रको जरा फैलाउनमा योगदान पु¥याउने छ ।  धेरै लामो समयसम्म स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तहको विकास निर्माणमा अवरोधसँगै स्रोत साधनको व्यापक दुरूपयोग र अनियमितता समेत हुने गरेको थियो ।  स्थानीय जनप्रतिनिधिको चयनपछि नयाँ संरचनाअनुरूप विकास निर्माणले गतिलिने छ भने विगतमा हुने गरेका अनियमितता र दुरूपयोग रोक्नमा समेत सहयोग पुग्नेछ ।  अब जनताको प्रत्यक्ष निगरानी आफूले चुनेका प्रतिनिधिले गरेको काम हेर्न पाउने छन् ।  यस संरचना अनुरूप केन्द्रमा रहेका गर्ने धेरै अधिकार स्थानीय तहलाई नै प्राप्त हुने हुनाले विकास निर्माणमा केन्द्रको मुख ताक्नुपर्ने स्थितिको अन्त्य हुने हुनाले स्थानीय तहले आफूलाई आवश्यक पर्ने साधन स्रोतदेखि सबै अधिकार प्रयोग र उपयोग गर्न सक्षम रहनेछ ।  एक हिसाबले यस तहको निर्वाचनले स्थानीय तहमा प्रतिस्पर्धाका आधारमा विकास निर्माणका कार्यले तीव्रता पाउने स्थिति निर्माण हुनेछ ।  
 वास्तवमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने विभिन्न शङ्का उपशङ्काको बाबजुद भएको यस चुनावमा जनताको व्यापक सहभागिता रहनुले जनता आफ्नो स्थानीय प्रतिनिधि चयन गर्न आतुर थिए भन्ने स्पष्ट गरेको छ ।  झण्डै ७५ प्रतिशतको हाराहारीमा मत खस्नुले पनि यो कुरालाई पुष्टि गर्छ ।  अहिले निर्वाचन भएका प्रदेशअन्तर्गतका अधिकांश स्थानीय तहका ठाउँ, बस्ती भौगोलिक रूपमा निकै विकट छन् ।  यस्ता ठाउँमा त यो सङ्ख्यामा मत खस्यो भने अब हुने दोस्रो चरणको निर्वाचनमा योभन्दा बढी प्रतिशत मत खस्ने अनुमान गर्न सकिन्छ ।  दलहरूले आफ्ना उम्मेदवारको टुङ्गो समयमा लगाउन नसक्दा यो निर्वाचनमा उम्मेदवारले मतदाता समक्ष जति घुलमिल गर्ने अवसर पाउनुपर्ने थियो त्यो पाएनन् ।  त्यसले गर्दा कतिपय मतदातालाई उम्मेदवार नै नचिनिकन मतदान गर्नुपर्ने अवस्था समेत आयो ।  अझ स्थानीय एकाईको क्षेत्रफल फराकिलो हुनु र उम्मेदवारका लागि प्रचारप्रसारको समय भने छोटो हुनुले उम्मेदवार र मतदाताबीच सामान्य देखादेखको स्थिति समेत हुन नसकेको अवस्था मतदाता र उम्मेदवारमा रह्यो ।  वास्तवमा स्थानीय चुनाव भनेको जनता र उम्मेदवारले एक अर्कालाई नजिकबाट चिन्ने, बुझ्ने र भावना साट्ने अवसरका रूपमा लिनुपर्ने हो ।  त्यो संस्कार र पद्धति अझै बस्न सकेको छैन ।  संसद्को चुनावमा जस्तै राजनीतिक आस्थाका आधारमा मात्र मत प्रकट गर्ने काम स्थानीय तहको चुनावमा हुनु हुँदैन ।  कुन पार्टी र दलको उम्मेदवारभन्दा पनि आफ्नो टोल छिमेकको विकास निर्माणमा कसले साथ दिन सक्छ र यसका लागि कुन पात्र वा व्यक्ति उपयुक्त हो भन्ने आधारमा स्थानीय प्रतिनिधि चुन्ने अवस्था आउनुपर्ने हो तर उम्मेदवारहरूको राम्रो पहिचान नगरी मत प्रकट गर्ने परिपाटीका कारण परम्परागत मतदाताको छनोट पुरानै राजनीतिक दलहरू हुने गरेका छन् ।  अझ दुर्गम क्षेत्रका कतिपय मतदाताले त पार्टीको चुनाव चिह्नबाहेक अरू बुझ्ने अवसरसमेत पाएका हुँदैनन् ।  यस किसिमका सनातनी मतदाताको फाइदा भने पुरा नै दललाई हुने गर्छ ।  यो चुनावको नतिजा पनि लगभग त्यस्तै रहने देखिएको छ ।  यस निर्वाचनमा पनि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका दलको वर्चस्व रहने प्रारम्भिक नतिजाले सङ्केत गरिसकेको छ ।  यसले यी दललाई आफ्ना एजेण्डा र प्रतिबद्धता कार्यान्वयन गराउने महŒवपूर्ण अवसर पनि हुनेछ तर यी दलका प्रति जे जस्ता आरोप प्रत्यारोप गरे पनि मुलुकलाई विभिन्न सङ्कटबाट जोगाउँदै यो अवस्थासम्म ल्याइपु¥याउन यी दलहरूले कुनै न कुनै रूपमा गरेको योगदानलाई समेत ख्याल गरेर मतदाता यो निर्णयतर्फ अगाडि बढेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।  उम्मेदवार बन्न चाहने नयाँ व्यक्ति वा समूह पनि निर्वाचनको समयमा मात्र जनतासँग घुलमिल गरेको जस्तो देखिने अघिपछि कुनै चासो नदेखाउने जस्ता कारणले पनि पुराना र ठूला दललाई फाइदा पुग्ने गरेको देखिन्छ ।  पूरा र ठूला दलले राम्रो गरे पनि नगरे पनि ठूला दलको सङ्गठन जनताको तहसम्म पुगिरहेका हुन्छन् ।  त्यसैले पनि साना दल वा स्वतन्त्र समूहले चुनावको समयमा मात्र गर्ने प्रचारप्रसारलाई जनताको मन मस्तिमा पु¥याउन सकेका हुँदैनन् ।  यस्तो बेलामा दलका उम्मेदवारलाई आफ्ना कुरा मतदाता समक्ष पु¥याउन कठिन परेको हुन्छ भने नयाँ र स्वतन्त्र दल र उम्मेदवारका लागि त यो कार्य निकै चुनौतीपूर्ण हुनु अन्यथा होइन ।  यस स्थानीय निर्वाचनमा पनि कतिपय दलका उम्मेदवारले स्थानीय तहसम्म आफ्नो प्रचारप्रसारलाई पु¥याउन नसकेको अवस्था थियो ।  अझ दुर्गम ठाउँका उम्मेदवारले ठूलो सास्ती खेप्नुपरेको महसुस भएको छ ।  
  यी सवै समस्याका बाबजुद पनि यो उत्साहपूर्ण मतदानले के कुराको सङ्केत गर्छ भने– जनता आफ्नो गाउँ–ठाउँका विकासका लागि जनप्रतिनिधि छान्न आतुर थिए ।  हुन पनि स्थानीय तहमा जनप्रतिनिधि नहुँदा जनताले धेरै किसिमका सास्ती व्यहोर्न परेको थियो ।  नागरिताको सिफारिसदेखि सामान्य कामका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता थियो ।  अब यस्ता सामान्य सिफारिस सहित शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अवसर र अधिकार जनताका घर–दैलोमा पु¥याउन यही स्थानीय सरकारले प्रयास र प्रयत्न गर्नेछ ।  यस कारण पनि आम मतदातालाई चुनाव चाहिएको थियो ।  मतदानमा जनताको उत्साहपूर्ण सहभागिताले पनि यलाई प्रमाणित गरेको छ ।  वास्तवमा नेतालाई भन्दा स्थानीय कार्यकर्ता र जनतालाई चाहिएको यस निर्वाचनले यही क्षेत्र र वर्गको समग्र हित र विकास गर्ने छ ।  विगत १९ वर्षदेखि स्थानीय प्रतिनिधि नहुँदा आमजनताले धेरै किसिमका समस्या झेल्नुपरेको थियो ।  चुनावमा जुन दल र समूहले जिते पनि स्थानीय तहका आमनागरिकले आफ्नै घर–आँगनमा सरकार पाउने अवस्था बनेको छ, यही नै सबैका लागि खुसी विषय हो ।  छिटपुट घटनाबाहेक शान्तिपूर्ण र निकै उत्साहका साथ सम्पन्न भएको यो निर्वाचनले धेरै सङ्घ संस्था र समूहलाई उत्साही पनि तुल्याएको हुनुपर्छ ।  यसले यही जेठ ३१ गते प्रदेश नं १, २ , ५ र ७ मा हुने दोस्रो चरणको निर्वाचनलाई थप उत्साही बनाएको छ ।  वास्तवमा निर्वाचन आयोगले यो छोटो समयमा जुन तयारी र व्यवस्था ग¥यो त्यो सराहनीय छ ।  अपेक्षाभन्दा धेरै शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न भएको छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना