किस्पाङको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस बिजयी

nepali congresनुवाकोट, जेठ ३ गते । नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिकाभित्र रहेका पाँचवटा वडाबाट प्राप्त मतको आधारमा काँग्रेस उम्मेदवार छत्रबहादुर लामा २,५६८ मत ल्याएर अध्यक्षमा र मायादेवी न्यौपाने २,३९४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नेकपा (एमाले) बाट अध्यक्षका उम्मेदवार वीरबल तामाङ १६६५ मत र उपाध्यक्षमा मेन्चुङ लामा (तामाङ) १८३४ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी हुनुभएको निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

वडाध्यक्षमा किस्पाङ–१ नं बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार आइत घले, २ नं बाट नेपाली काँग्रेसका देवनाथ भट्ट, ३ नं बाट नेपाली काँग्रेसका अमृतबहादुर तामाङ, ४ नं बाट नेकपा (एमाले)का एकराज घले र ५ नं बाट काँग्रेसका नरहरि भट्ट निर्वाचित हुनुभएको छ ।

नुवाकोटमा कायम रहेका ८८ मध्ये ३८ वडाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना