ललितपुर महानगरमा नेपाली काँग्रेसको अग्रता

nepali congresकाठमाडौँ, जेठ ३ गते । ललितपुर महानगरपालिकाका वडा नं १ देखि ७ सम्मको मतगणना सकिँदा आज विहान ९ बजे सम्म प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदमा काँग्रेसका चिरिबाबु महर्जनले छ हजार ८४, नेकपा (एमाले) का हरिकृष्ण ब्यन्जनकारले पाँच हजार ७७९, साझा पार्टीका रमेश महर्जनले तीन हजार ४५९, नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जनले एक हजार ३५२, नयाँशक्ति र सङ्घीय समाजवादी फोरमका संयुक्त उम्मेदवार मदन महर्जनले २८ मत प्राप्त गर्नुभएको महानगरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले राससलाई बताउनुभयो ।

उपप्रमुखमा काँग्रेसकी गीता सत्यालले चार हजार ६४७, साझा पार्टीकी शोभा शाक्यले तीन हजार ४७५, एमाले राप्रपा गठबन्धनका राप्रपा उम्मेदबार बाबुकाजी थापाले दुई हजार ३१७ र नेकपा (माओवादी केन्द्र)की हसिना शाक्यले एक हजार ९८५ मत पाउनुभएको छ ।

ललितपुर महानगरमा वडा नं ७ सम्मको मतगणना सकिएको छ । आज बिहानैदेखि वडा नम्बर ८ र ९ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना