डा. केसी अनशन बस्ने

gobinda kcकाठमाडौँ, जेठ ४ गते ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले जेठ १० गतेबाट आमरण अनशन बस्ने घोषणा गर्नुभएको छ ।  उहाँले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै जेठ ९ गतेसम्मको अल्टिमेटम दिई १० गतेबाट अनशन बस्ने घोषणा गर्नुभयो ।  डा. केसीले बुधबार आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा विगतमा सरकारसँग भएका सम्झौताको कार्यान्वयन तथा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोग फिर्ता लिनुपर्ने माग अघि सार्दै ११औँपटक अनशन बस्ने चेतावनी दिनुभयो ।  
उहाँले पटक पटक सरकारले सम्झौता गर्ने तर त्यसको कार्यान्वयन नगरेका कारण अनशन बस्नुपरेको बताउनुभयो ।  उहाँले विगतमा आफूसँग भएका सम्झौताहरू कार्यान्वयनको साटो उल्लङ्घन हुन थालेको भन्दै त्यसको खबरदारी र दबाब दिन अनशनको बाटो रोज्नुपरेको बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना