माननीय नै अटेर गर्छन् संसद्को नियम

नारायण काफ्ले

काठमाडौँ, जेठ ७ गते ।  वैशाख १६ गते राति दश बजे संसद््मा कोरमको जनाउ घन्टी बज्यो ।  नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संविधान संशोधन विधेयक संशोधन दर्ता अनुमोदन प्रस्ताव पारित गर्नुअघि कोरमको प्रश्न उठाउनुभयो ।
प्रश्न उठेपछि सभामुखले जनाउ घन्टी बजाउन निर्देशन दिनुभयो ।  अचम्म त संसद्को कारबाही पारित गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने सरकारका एक विभागीय मन्त्रीमात्र संसद््मा उपस्थित हुनुहुन्थ्यो ।  ४० जनाको हाराहारीमा मन्त्री रहेको मन्त्रिपरिषद्का सदस्यसमेत उपस्थित नहुँदा १४९ सदस्य सत्तारुढ दलले जुटाउन सकेन, सभामुखले मध्यरातमा दोस्रो बैठक बोलाउनुप¥यो ।  हाजिर गरेर घर पुगेका सांसदहरू मध्यरातमा पुनः संसद् फर्कनुप¥यो ।  
संसद््को बैठकका हाजिर गरेर अनुपस्थित मात्र होइन, बिना सूचना दस बैठकभन्दा बढी अनुपस्थित हुने सांसदको सङ्ख्या पनि लामो पाइएको छ ।  जेठ ४ गते संसद््को चालु अधिवेशन अन्त्यका क्रममा सभामुख ओनसरी घर्तीले बिना सूचना लगातार दशभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नाम पढेर सुनाउनुभयो ।  गयलको नामावलीमा संसदीय गतिविधिमा निष्क्रिय रहेका सांसदमात्र होइन निकै सक्रिय मन्त्री, राजनीतिक दलका शीर्ष नेतासमेत रहनुभएको छ ।  
यसरी अनुपस्थित हुनेमा स्वास्थ्यमन्त्री समेत रहनु भएका काँग्रेस सांसद गगन थापा समेत हुनुहुन्छ ।  थापा बिना सूचना दुई चरण गरी ३६ बैठक अनुपस्थित हुनुभएको हो ।  सरकारकै अर्का मन्त्री समेत रहनुभएका रमेश लेखक पनि बिना सूचना दश बैठक अनुपस्थित रहेको रेकर्ड सभामुखले सुनाउनुभयो ।  यस्तै तत्कालीन मन्त्री दीपक बोहोरा २१ बैठक बिना सूचना अनुपस्थित हुनुभएको हो ।  
मन्त्रीमात्र होइन शीर्ष नेताहरू पनि बिना सूचना अनुपस्थित हुने सूचीमा हुनुहुन्छ ।  काँग्रेस सभापति शेरबहादुर देउवा ११, शेखर कोइराला १३, सशाङ्क कोइराला ३० बैठक अनुपस्थित हुनुभएको छ ।  सशाङ्क भने केही समय बिरामी समेत हुनुहुन्थ्यो ।  
यस्तै बिना सूचना सांसद विश्वेन्द्र पासवान ४८ बैठकसम्म अनुपस्थित भएको रेकर्ड संसद्् सचिवालयको छ ।  यस्तै, एकनाथ ढकाल २८, उपेन्द्र यादव ४६ बैठकसम्म बिना सूचना अनुपस्थित हुनुभएको हो ।  काँग्रेस सांसद आरजु राणा ३५, डा. रामशरण महत १० र रामचन्द्र पौडेल ११ बैठक बिना सूचना अनुपस्थित हुनुभएको रेकर्ड सभामुखले सदनको जानकारीका लागि सुनाउनुभएको थियो ।  एमाले सांसद राज्यलक्ष्मी गोल्छा ३० बैठक बिना सूचना अनुपस्थित हुनुभएको छ ।  
यस्तै, बिरामी परेर लामो समय संसद््मा अनुपस्थित हुनुहुनेमा काँग्रेस सांसद नरहरि आचार्य हुनुहुन्छ ।  आचार्य ८७ बैठक बिना सूचना अनुपस्थित हुनुभएको थियो ।  यस्तै एमाले सांसद गौरा प्रसाई पनि अस्वस्थ भएका कारण ५२ बैठक सूचनाबिना अनुस्थित रहनुभयो ।  मेघराज नेपाली निषाध २६ बैठक अनुपस्थित भएको रेकर्ड सचिवालयको छ ।
संसद््को नियमावलीअनुसार बिनासूचना दश बैठकभन्दा बढी अनुपस्थित हुने सांसदको सदस्यता खारेज हुनेसम्मको व्यवस्था छ ।  तर, उक्त व्यवस्था न त सांसद मान्छन् न त व्यवस्था कार्यान्वयन नै हुन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना