ओबोरमा समृद्धिको सपना

Junar_babuजुनारबाबु बस्नेत

 

स्थानीय तहको निर्वाचन र यसका मुद्दाले मुलुकको राजनीति र मिडियालाई छोपिरहेको बेला सरकार त्यत्तिमै सीमित रहेन ।  पहिलो चरणको निर्वाचन (वैशाख ३१, २०७४) सम्पन्न भइसकेको छ र यसको नजिता आउनेक्रम अन्तिम चरणमा पुगेको छ ।  जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीले राजनीतिक र व्यवस्थापकीय गति लिइरहेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ झन्डै ११ महिने कार्यवधिको अन्तिमतिर हुनुहुन्छ ।  उहाँको प्रधानमन्त्रित्वको अन्तिम समयावधितिर घेरलु मामिलामा मात्र नअल्झिएर नेपाल एउटा दूरगामी महŒवको विषयमा सहभागी भएको छ ।  चीनले अगाडि सारेको वन बेल्ट वन रोड अर्थात् ओबोरमा नेपालले अघिल्लो साता हस्ताक्षर ग¥यो ।  सँगसँगै बेइजिङमा सम्पन्न त्यससम्बन्धी सम्मेलनमा नेपाल सहभागी भयो ।  संविधान संस्थागतका प्रयाससँगै ओबोरमा भएको सम्झौतालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अनेक तवरले विश्लेषण गरिने नै छ ।
नौ वर्षअगाडि सन् २००८ मा चीनले बेइजिङ ओलम्पिक भव्य रूपमा सम्पन्न गरेपछि चीनको अन्तर्राष्ट्रिय ख्याति ह्वात्तै बढेको थियो ।  त्यस अवसरमा चीनले समृद्धि, प्रविधि र सभ्यताको व्यापक चिनारी अन्तर्राष्ट्रिय समुदायलाई दिन सक्यो ।  चीनमा दोहोरो अङ्कको आर्थिक वृद्धिको शृङ्खला चलेका बेला विश्व अर्थतन्त्र भने मन्दीको चपेटामा रह्यो ।  चीनको त्यस चमत्कारलाई जीवन्त राख्न दूरदृष्टिका योजनाहरू जरुरी थियो ।  सन् १९३० का दशकको महामन्दीले त्यतिबेलाको अमेरिकी समृद्धिमा ठूलो धक्का थालेको थियो ।  त्यसैगरी, चीनको यो समृद्धि मूलतः निर्यातमा आधारित आयको समृद्धि थियो ।  चीनले अमेरिका र युरोपमा निर्यात गरेर प्राप्त आय उतै लगानी गरेर विकासको शिखर चढेको हो ।  चीनले अमेरिकी सरकारी बन्डमै बृहत् लगानी छ ।  समुद्री मार्गबाट भूगोलभन्दा टाढा निर्यात गरिरहेको आर्जन चीनको चमत्कार भए पनि पश्चिमा जगत्मा छाएको आर्थिक मन्दी चीनलाई झस्काउने प्रमुख कारण बन्न पुग्यो ।
मूलबजार युरोप र अमेरिका आर्थिक मन्दीको चपेटामा परेसँगै चीनमा दूरगामी महŒवका अध्ययन र प्रयास हुन थाले ।  त्यसक्रममा चीनले आन्तरिक बजारलाई बलियो बनाउन आन्तरिक उपभोग संस्कृतिको विकास गर्न थाल्यो ।  त्यसो गर्दा पनि चीनको दोहोरो अङ्कको आर्थिक वृद्धि त्यही अडिन सम्भव थिएन ।  अडिएन ।  छ÷सात प्रतिशतमा झर्न थाल्यो, झ¥यो ।  यही अवस्थामा चीनमा नेतृत्व परिवर्तन भयो ।  राष्ट्रपतिमा सी जिन पिङ आएसँगै उहाँले सन् २०१३ मा नयाँ अवधारणा ल्याउनुभयो ।  ‘वन बेल्ट वन बेल्ट’ अर्थात् ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ को अवधारणा ।  यसलाई ओबोर वा ब्री पनि भनिन्छ ।  ओबोर अवधारणाको यी चार वर्षमा अन्तर्राष्ट्रिय रूपमा व्यापक विचार विश्लेषण भएको छ तर अझै तरङ्ग कम भएको छैन ।
खासमा पश्चिमा समृद्धिको उदय भएको औद्योगिक क्रान्तिपछि मात्रै हो ।   औद्योगिक क्रान्तिपछिको झन्डै दुई सय वर्ष विकसित पश्चिमा  मुलुुकको दुनियाँमा दबदबा रह्यो ।  अमेरिकी स्वतन्त्र क्रान्ति अनि फ्रेन्च क्रान्ति पश्चिमा सभ्यता र समृद्धिको आधार मानिए ।  कार्ल माक्र्सको उदय यसैबेला भयो ।  सन् १८४८ मा माक्र्सले कम्युनिस्ट मेनिफेस्टो प्रकाशित गर्दा पुँजीवादको विकास उचाइमा पुगिसकेको थियो ।  योे वैचारिक क्रान्ति चानचुने रहेन ।  ती क्रान्तिहरूले राष्ट्रिय जागरणसँगै आधुनिक अर्थतन्त्रका सम्पूर्ण आधारशिला खडा गरे ।  यो पछिल्लो विकासक्रम हो ।  तर, चिनियाँ र भारतीय उपमहाद्वीपको सभ्यता युगौँ पुरानो थियो ।  इशापूर्वकै कौटिल्यको अर्थशास्त्रले पूर्वीय सभ्यता र समृद्धिको पहिचान दिन्छ ।  कम्फुसियस सभ्यताद्वारा निःसृत चीनमा लामो समयदेखि सभ्यता र समृद्धिको उचाइमा थियो ।  त्यतिबेला चीन सिल्क उत्पादनमा अग्रणीय थियो ।  चीनको त्यो सिल्क मध्यएसिया र युरोपसम्म
पुग्थ्यो  ।  त्यसनिम्ति कुनै सामुद्रिक मार्ग थिएन ।  चीनको पश्चिम विशाल भूखण्डसँगै छरिएका बाटाहरूले घोडचढीहरूलाई मध्यएसिया र युरोप जोड्थ्यो ।  जङ्गेज खाँले मङ्गोलियादेखि मध्यएसियासम्म घोडढीद्वारा नै हाराबार खेलाएर साम्राज्य खडा गरेका थिए, भलै त्यो साम्राज्य लामो समय रहेन ।
सिल्क रोड अर्थात् रेशममार्ग सभ्यता साढे दुई हजार वर्ष हाराहारीको यथार्थ हो ।  खासगरी पहिले पोर्चुगल अनि त्यसलाई विस्तापित गर्दै बेलायतले साम्राज्य फैल्याएपछि परम्परागत बन्द–व्यापारमा बिस्तारै विराम लाग्यो ।  वाष्प इन्जिनको आविष्कारले समुद्रमा ठुल्ठूला व्यापारिक र सामरिक महŒवका जहाज ओहोरदोहोर गर्न थाले ।  बेलायती साम्राज्यसँगै नयाँ–नयाँ प्रवृत्ति आए ।  अफिम युद्ध त्यसकै प्रतिफल थियो र चिनियाँ  परम्परामा अफिम युद्धले ठूलो क्षति पु¥यायो ।  बेलायतले धन आर्जन गर्न सफल भयो ।  हजारौँ वर्ष पुरानो त्यो संस्कृति र सभ्यतामाथि अतिक्रमणले पूर्वी सभ्यता र संस्कृति क्षयीकरणको कारक थियो ।  भारतीय उपमहाद्वीपमा त बेलायत दुई सय वर्ष नै बस्यो ।  तर, शक्तिको स्वरूप सधैँ एकरू रहँदैन ।  कहिल्यै घाम नअस्ताउने यो बेलायत अहिले इतिहासको समीक्षामा छ ।  युरोपियन युनियनबाट पनि गत वर्ष बाहिरिने जनमतसङ्ग्रहको निर्णयको भुमरीमा अहिले नेतृत्वका लागि निर्वाचन हुँदै छ ।  त्यो बेलायत र यो बेलायत, अनि चीनको दुनियाँ जोड्ने यो प्रयास, दुनियाँ अहिले समीक्षामा छ ।  
चिनियाँ राष्ट्रपनि सीले अघिल्लो साता बेइजिङमा ओबोरलाई शान्तिपूर्ण तवरले समृद्धिमा पुग्ने प्रयास भन्नुभयो ।  विश्वका २९ देशका प्रमुख भेला भएका थिए अनि ६० देशको सहभागिता थियो त्यहाँ ।  कतिपयलाई लाग्न सक्छ, चीनले त्यो परम्परागत रेशममार्गमात्र व्युँझाउन प्रयास हो ओबोर ।  तर होइन, स्थल र जल दुवै मार्गद्वारा विश्वको ६० प्रतिशत जनसङ्ख्यासम्म जोडिने प्रयास हो यो ।  .विश्वको दुईतिहाइ कुल गार्हस्थ उत्पादनसम्म जोडिने लक्ष्य लिएको छ ।  ओबोरले समुद्र र स्थल दुवै क्षेत्रलाई जोड्छ ।  सडक, रेल र पानीजहाजले जोड्छ ।  उत्पादन र बन्द–व्यापारलाई जोड्ने लक्ष्य छ ।
ओबोरका खासमा छ वटा मार्गहरू प्रस्तावित गरिएको छ तर तीभन्दा पनि अरू स–साना मार्ग बन्नेछन् ।  जस्तै नेपाल जोडिनेछ ।  विशेष आर्थिक क्षेत्र बन्नेछ ।  नेपाल मूल मार्गमा पर्ने छैन ।  मूल मार्गमध्ये पहिलो मार्गले  पश्चिम चीनलाई पश्चिम रसियासँग जोड्छ ।  यो मार्ग मध्यएसियाभन्दा उत्तरतर्फ फैलिन्छ ।  त्यसलाई न्यून युरोएसियन ल्यान्ड ब्रिजले चिनाइएको छ ।  अर्को मार्गले चीन, मङ्गोलिया हुँदै रसिया जोड्छ ।  यसले चीनको उत्तरी भू–भागलाई पूर्वी रसियासँग जोड्नेछ ।  त्यसैगरी, चीनलाई मध्यएसिया हुँदै टर्कीसम्म जोड्ने अर्को महŒवपूर्ण मार्ग तेस्रो हो ।  दक्षिण पश्चिम चीनलाई पाकिस्तानसँगै जोड्ने चीन–पाकिस्तान करिडोर अर्को महŒवपूर्ण प्रस्ताव हो ।  चीनलाई मध्यएसिया र युरोप जोड्ने यी तीन मार्गसँगै चीनलाई दक्षिण–पूर्वी देशहरूसँगै अर्को करिडोरले जोड्छ ।   चीनदेखि हिन्दचीन उपमहाद्वीप जोेड्ने मार्ग प्रस्ताव गरिएको छ ।  यसले चीन–सिङ्गापुर जोड्नेछ ।  पाँचौँ मार्गले बङ्गलादेश, म्यानमार र भारतसम्म जोड्नेछ ।  अन्तिम मार्ग सामुद्रिक मार्ग हो र यसले समुद्र हुँदै श्रीलङ्का, अफ्रिकी देश केन्याको नौरुबी हुँदै स्पेनसम्म पुग्नेछ ।  त्यसनिम्ति चीनले कतिपय सामुद्रिक बन्दरगाह निर्माण गरिसकेको छ ।  श्रीलङ्कामा बन्दरगाह निर्माण गरेर ९९ वर्षमा लिजमा चीनले नै सञ्चालन गरिरहेको छ ।  
नेपालले ओबोरमा हस्ताक्षर गरिसकेको छ र सम्मेलनमा पनि सहभागिता जनाएको छ ।  यहाँ विचारणीय पक्ष के छ भने भारतले ओबोरमा हस्ताक्षर गरेको छैन र बेइजिङ सम्मेलनमा पनि सहभागिता जनाएन ।  चीनलाई पाकिस्तानसम्म जोड्ने मार्गबारेमा भारतको असहमति देखिन्छ ।  द इन्टरप्रेटरमा प्रदीप टनेजा (२० मे २०१७) का अनुसार चीनको अपेक्षाविपरीत भारत ओबोरको बेइजिङ सम्मेलनमा सहभागी भएन ।  पाकिस्तान नियन्त्रित कास्मिरबाट चीन–पार्क मार्गको प्रस्ताव नै भारतका लागि टाउको दुखाइको विषय भयो ।  चीनको यो प्रयास केवल मार्गमात्र होइन ।  रेल, सडक र सामुद्रिक मार्गसँगै विशेष आर्थिक क्षेत्रहरूको विकास गरी उत्पादन र बजार विस्तार गर्नु हो ।  नयाँ शताब्दीको निम्ति यो चीनको ड्रिम परियोजना हो ।  व्यापक पूर्वाधार विस्तारको योजना पनि हो ।  भारतको अनुपस्थितिमा पनि नेपालले ओबोरमा हस्ताक्षर गर्नु कतिपयले जोखिम छान्न सक्छन् तर समृद्ध नेपालको रेखा कोर्ने दृढ प्रतिबद्धता हो यो ।  हस्ताक्षरको सही अनि बोल्ने मुख चले पनि काम गर्ने हातगोडा शिथिल हुने  नेपाली प्रवृत्ति पनि छँदै छ ।  यहाँ पनि त्यस्तै प्रवृत्ति देखियो भने त्यो भने समृद्धिको बाधक हुनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना