तेल र ताजा पानीको अर्थ राजनीति

chandramani-adhikari-300x300डा.चन्द्रमणि अधिकारी

 

प्र्रकृतिले मानिसलाई टेक्ने जमीनसँंगै जीवनयापनका लागि प्रशस्त थप स्रोेतसाधन पनि दिएको छ ।  यी स्रोेतमा मुख्यतः तेल, ग्यास, खनिज, पानी, वन र जडीबुटी आदि पर्छन् ।  यस्ता स्रोेत नवीकरण गर्न सकिने र नसकिने दुवै खालका छन् ।  नवीकरणीय स्रोतमा निश्चितता हुन्छ, जोखिम कम हुन्छ ।  यसको उत्पादन र वितरणको अनुमान लगाउनु सकिन्छ, प्रक्षेपण गर्न सकिन्छ ।  नवीकरण हुन नसक्ने स्रोतको उत्पादन, वितरण तथा भविष्यको उपलब्धताबारे खासै निश्चितता हुँदैन ।  उत्पादन र वितरणको अनुमान लगाउन र प्रक्षेपण गर्न पनि सकिन्न त्यसैले यसमा जोखिम बढी हुन्छ ।  
पानी प्रकृतिले बनाएको वाष्पिकरणीय चक्रको माध्यमबाट नवीकरण हुन्छ तर यसको परिणाम निश्चित हुन्छ ।  पानीले जीवन चक्र र यन्त्रचक्र दुवैलाई गति दिन्छ ।  पेट्रोलियम पदार्थ (जसअन्तर्गत पेट्रोल, डिजल, ग्याससमेत समावेश हुन्छ) नवीकरण योग्य हुँदैन ।  यसले यन्त्रचक्रलाई मात्र गति दिन्छ ।  यद्यपि यसले विश्वको आर्थिक, राजनीतिक, कुटनीति तथा सामाजिक जगत्मा अहम् स्थान राख्न सफल भएको छ ।  अन्तर्राष्ट्रिय ऊर्जा संस्थाकाअनुसार सन् २०१५ मा विश्वमा प्रतिदिन नौ करोड ७० लाख ब्यारेल तेल उत्पादन  भयो ।  सन् २०१६ मा यो अङ्क १० करोड ब्यारेल नाघेको अनुमान छ ।  सन् २००० मा दैनिक सात करोड ५० लाख ब्यारेल उत्पादन भएको थियो ।  सन् २०१५ मा साउदी अरब एकलै प्रतिदिन ७५ लाख ब्यारेल तेल निर्यात ग¥यो ।  तेल पदार्थको उत्पादनले विश्वको कुल गार्हस्थ उत्पादनमा प्रत्यक्षतः चारदेखि सात प्रतिशतसम्मको योगदान गर्छ ।  यसको प्रयोग ऊर्जाको रूपमा हुने हुँदा यातायात तथा औद्योगिक प्रयोगको माध्यमबाट हुने अप्रत्यक्ष योगदानको अंश त झन्डै एक चौथाइ छ ।  फ्लोटिग लगानीको दृष्टिले विश्वलगानी प्रमुख खेलाडीले विश्वको आर्थिक क्रियाकलाप र व्यापार चक्रको दिशा, प्रवृत्ति तथा चरित्रसमेतका अवस्थालाई हेरेर मुख्यतः चार क्षेत्रमा लगानी घुमाउँछन् ।  त्यसमध्ये एउटा प्रमुख क्षेत्र हो, तेलमा लगानी ।  त्यसबाहेकका अन्य तीन क्षेत्रमा अमेरिकी डलर, स्टकमार्केट र सुनसमेतका बहुमूल्य धातुमा लगानीका विषय पर्छन् ।  सन् २०१७ को प्रथम चौमासमा अमेरिकी डलरको मूल्य घटेकाले सुनको मूल्य बढ्नुलाई उदाहरणका रूपमा लिन सकिन्छ ।  त्यसमा पनि तेलले अन्य तीन क्षेत्रको लगानीलाई अपेक्षाकृत बढी प्रभाव पार्दछ तर यसको माग, आपूर्ति र मूल्यमा विश्वमा घटेका युद्धसमेतका परिघटनाअनुसार तलमाथि भइरहने हुनाले यसमा गरिएको लगानी जोखिमरहित हुँदैन ।  यद्यपि तेलले विश्व समाजमा गहिरो प्रभाव भने राखेको छ ।  
विगत दुई दशकदेखि तेलको माग एसिया क्षेत्रमा बढेर गएको छ ।  चीन एसियाको सबभन्दा बढी तेल उपभोग गर्ने राष्ट्र हो भने भारत दोस्रोेमा आउँछ ।  यसले विश्व हावापानीमा पनि प्रतिकूल प्रभाव पारेको छ ।  यसलाई कार्वन उत्पादनको प्रमुख स्रोत  मानिन्छ ।  त्यसकारण यसको विकल्पको खोजी भइइरहेको छ ।  जल, सौर्य र वायो तथा वायु ऊर्जालाई यसको विकल्पको रूपमा लिइए पनि तेलको प्रयोग शून्यमा झार्ने स्थिति छैन ।  त्यसैले भन्न सकिन्छ यो आर्थिक दृष्टिले मात्र नभई राजनीतिको दृष्टिले पनि शक्ति प्राप्त गर्ने र प्रयोग गर्ने प्रमुख साधन बन्दै गएको छ ।  तेलको उत्पादन विश्वको सबै ठाउँमा हुँदैन ।  कतिपय ठाउँमा तेल देखिए पनि व्यावसायिक दृष्टिले उत्पादन योग्य छैन ।  तेल उत्पादक देशहरूको सङ्गठन, ओपेकका सदस्य रहेका इरान, इराक, कुवेत, नाइजेरिया, साउदी अरब, कुवेत, भेनेजुएलासहित क्यानाडा, मेक्सिको, संयुक्त राज्य अमेरिका र रसिया विश्वका प्रमुख तेल उत्पादक राष्ट्र हुन् ।  तेल उत्पादक देशले तेलको उत्पादन तथा वितरणका सम्बन्धमा गर्ने निर्णयले विश्व अर्थ व्यवस्थालाई तेजीको स्थितिमा उचाल्न वा मन्दिमा धकेल्न सक्छ ।  यसमा रहेको लचकताले कतिपय अवस्थामा स्वयं तेल उत्पादक देश पनि डच डिजिज प्रकृतिको जोखिमबाट प्रभावित भएको कुरा विश्व अर्थ राजनीतिक इतिहासले पुष्टि गर्छ ।  एकाधकबाहेक तेल उत्पादक राष्ट्रहरू धनी देशको रूपमा चिनिन्छन् तर तेलको भण्डार पनि सीमित भएकाले कतिपय देशले आफ्नो देशको भण्डार जोगाउने र अन्यत्रको तेल बढी प्रयोग गर्ने नीति अख्तियार गरेको पाइन्छ, यसमा संयुक्त राज्य अमेरिका पनि पर्छ, जसले यस्तो स्रोेतको प्रयोग बडो सावधानीपूर्वक गरिरहेको छ ।  उसले ओपेकका सदस्य तथा अन्य उत्पादक देशहरूले गर्ने उत्पादन र वितरणलाई आफ्नो हितको दृष्टिले नियन्त्रण तथा सन्तुलन गर्ने प्रयास गर्छ ।  यसरी तेलको प्रयोग विना जीवन नचल्ने हुँदा शक्ति राष्ट्रहरू पेट्रोलियम पदार्थको विषयमा विशेष चासो राख्ने गरेका छन् ।  उनीहरूले तेल भण्डार माथि राखेको चासो र पार्न खोजेको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावले हरेक दशकमा तेलसँग जोडिएको कुनै न कुनै प्रकृतिको युद्ध भएको देखिन्छ ।  १९३० को दशकमा बोलेभिया तथा पारागुयबीच भएको युद्ध, दोस्रो विश्वयुद्ध, नाइजेरिया र सुडानमा भएका गृहयुद्ध, इरान–इराक युद्ध, अमेरिकाको इराकमा हस्तक्षेप, रसियाको युक्रेन माथिको हस्तक्षेपको पछाडि लुकेको मुल कारण तेलसमेतका प्राकृतिक साधनमाथिको लोभ र मोह नै हो ।  
प्रकृतिको अन्यन्त महìवूर्ण कोसेली मानिएको पानी जीवन, उत्पादनको जग र उद्यमको आधार हो ।  विकासका लागि चक्र चलाउने शक्ति हो ।  त्यसैले पानीको लागि पनि झैझगडा र द्वन्द्व हुने गरेको छ ।  तेलले जस्तै पानी स्रोतको प्रयोगका स्वार्थले काम गर्दा कतिपय देश टुक्रिएका छन् ।  गाउँघरमा कुलो, पैनी र पँधेरादेखि देशदेशबीच पनि युद्ध भएको छ ।  यस्तै हिंसात्मक द्वन्द्वमा सन् २०१२ को डिसेम्बर महिनामा केन्याको ताना नदी जिल्लामा महिला र बालबालिका समेत ३९ जना मारिए ।  सन् १९९४ मा पानीकै विषयको द्वन्द्वले रुवाण्डामा  नरसंहारको रूप लियो र करिब पाँचलाख मानिसले ज्यान गुमाए ।  भारतको तामिलनाडु र कर्नाटक राज्यबीचको काभेरी नदीको पानी बाँडफाँटको विषय सर्वोच्च अदालतको आदेशपश्चात् पनि टुङ्गिएन ।  सन् २०१३ मा अदालतले काभेरी नदी प्राधिकरणलाई कर्नाटकबाट तामीलनाडुलाई प्रतिदिन नौ हजार क्युविकफिट पानी दिन आदेश गरे पनि अपर्याप्त पानी भएको भनी कर्नाटक राज्यले पानी दिएन ।  यसरी पानीको प्रयोग र बाँडफाँट सम्बन्धमा देश–देशबीच होस् र एउटै देशका राज्यबीच विभिन्न किसिम, प्रकृति र आकारका विवाद र द्वन्द्व भएका छन् ।  अफ्रिकी महादेशमा पर्ने नाइल नदीको पानीको प्रयोग र जोर्डन नदीको पानीको बाँडफाँटको विषयले समेत उग्ररूप लिएको पाइन्छ ।  सन् १९९९ मा तान्जिनियाको दारेसलाममा नीलनदी बेसिनका देशहरूले नदीको पानीको आर्थिक तथा सामाजिक प्रयोग न्यायीक ढङ्गले गर्ने भनी देखाएको  ऐक्यबद्धता र सहमतिपछि पनि समय–समयमा त्यहाँ झडप हुने गरेको छ ।  पानीको प्रयोगमा तल्लो वा माथिल्लो तटीय क्षेत्रका जनताको अधिकारदेखि परियोजनाको निर्माण गर्ने विषय समेतमा विवाद भएका छन् ।  स्पेन र डच गणतन्त्रबीच राईन नदीको पानीको प्रयोग तथा बहाव परिवर्तन गर्ने सम्बन्धमा विवाद छ ।  
हुन त समुद्र आफैँ पानीको भण्डार हो तर त्यो पानी मानव जीवनको दृष्टिले दोस्रो दर्जामा पर्छ ।  ताजापानी पहिलो दर्जामा परे पनि यसको मात्रा सीमित छ ।  जनसङ्ख्याको वृद्धिसँगै यसको उत्पादनमा वृद्धि हुंँदैन ।  बरु एकातिर जनसङ्ख्यामा वृद्धि हँुंदैछ भने कार्वनको उच्च उत्पादनसंँगै जलवायुमा परिवर्तन आएको कारणले हिम नदीहरू सुक्नाले ताजा पानीको स्रोत घट्दै छ ।  ताजापानीको आपूर्तिमा निरन्तर कमी आउनु समस्त विश्वका लागि चिन्ताको विषय हो ।  अहिले विश्वको कुल पानीमध्ये करिब तीन प्रतिशत ताजा र बांँकी नुनिलो वा क्षारीय छ ।  ताजा पानीमध्ये ७० प्रतिशत हिमनदी, हिमताल तथा हिमालबाट र बांँकी ३० प्रतिशत भूमिगत स्रोेतबाट प्राप्त हुन्छ ।   पानीको स्रोत, गुण र मात्राको दृष्टिले नेपाल भाग्यमानी छ ।  नेपालमा उपलब्ध हुने सबैजसो पानी ताजा हो, जसको अधिकांश भाग सतह सोतबाट प्राप्त हुन्छ ।  यस अवस्थामा विश्वका शक्ति राष्ट्रको ध्यान र राजनीति क्रमशः पानीका सोतको नियन्त्रण र प्रयोगतर्फ सर्ने सम्भावना छ ।  भारतको नदी मिलान योजना पनि चानचुने सोचबाट आएको छैन ।  तेलले जस्तै पानीले पनि अन्तर्राष्ट्रिय अर्थराजनीतिको बृहत रूप धारणा गर्न सक्छ, त्यो पनि ताजा पानीले ।  तसर्थ नेपालले यसमा सतर्क, सजग र चनाखो हुनुपर्छ ।  विश्वमा नाइल, मिसिसिपी, अमेजन, याग्जी, गङ्गा, बह्मपुत्रसमेतका नदी भए पनि सबै नदीको मुहान हिम ताल होइन तर नेपालका कोशी, गण्डकी तथा कर्णाली तीनवटै नदीको सोत हिमताल हो ।  त्यसैले पनि नेपालका नदीको पानीको गुणस्तर उच्च रहेको मानिन्छ ।  विशाल पानीको स्रोत भएको प्रशान्त महासगरमा नेपालको झण्डा फहराएको जहाज चलाउने सपना पूरा गर्ने हो भने त्यसमा ढुवानी हुने वस्तुताजा पानी हुनुपर्छ ।  भविष्यमा ओबिओआरको माध्यमबाट विश्वसंँग जोडिने कार्यबाट फाइदा लिने हो भने पनि कोशी, कर्णाली र गण्डकीको पानीलाई तेल उत्पादक देशले झैँ व्यापारको प्रमुख आधार बनाउनुपर्छ ।  त्यस्तो पानी कृषि उत्पादनको रूपमा वा सगरमाथाबाट प्राप्त हुने औषधिजन्य जलवस्तुको रूपमा पनि हुन सक्छ ।  अन्यथा अन्तर्राष्ट्रिय पानीको कूटनीतिक जालोमा हामी पनि फस्न सक्छाँै ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना