गणतन्त्रमा शहीदको कदर

nuhuchchhe narayanन्हुंछेनारायण श्रेष्ठ



वि.सं. २०६५ जेठ १५ गते राजतन्त्र हटाएर गणतन्त्र नेपाल घोषणा गरिएपछि प्रत्येक वर्ष जेठ १५ लाई नेपालमा गणतन्त्र दिवसको रूपमा मनाइँंदै आएको छ ।  यो वर्ष १० औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउने तयारी सरकारले गरिरहेको छ ।  जनआन्दोलन २०६२÷०६३ सफल भई २०६३ वैशाख ११ गते राति आन्दोलनरत राजनीतिक दलको मार्गचित्रअनुसार तत्कालीन राजा ज्ञानेन्द्रले वि.सं. २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।  पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन ग¥यो ।  गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गरायो र संविधानसभाको २०६५ जेठ १५ गते बसेको संसद्को बैठकले राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रसमेत घोषणा गर्यो ।  वैशाख ११ गतेको जगमा देशमा भएको ऐतिहासिक परिवर्तनले देशमा हिंसा र निरङ्कुशता अन्त्य गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गतेको दिनलाई गणतन्त्र दिवस मनाइँदै आइरहेको छ ।  
गणतान्त्रिक मुलुकको नयाँ संविधान २०७२ घोषणा भई कार्यान्वयनको दिशामा अघि बढिरहेको यो वर्षको लोकतन्त्र दिवसको छुट्टै महìव रहेको छ ।  गणतन्त्र आउनुपूर्व दुई ध्रुवमा रहेको सरकार र तत्कालीन माओवादी जनयुद्धका कारण देशको अर्थतन्त्र ओरालो लागेको मात्रै नभई शान्ति सुरक्षा, विकास निर्माण सबै क्षेत्र तहसनहस भइसकेको थियो ।  वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रमुख राजनीतिक दलका नेतालाई घरमै नजरबन्द गराएर शासन हातमा लिएका थिए ।  
राजा ज्ञानेन्द्रको अत्याचारका विरुद्ध सात दल र तत्कालीन माओवादीबीच १२ बुँंदे सहमति गरी संयुक्त जनआन्दोलन गरेका थिए, फलस्वरूप जनआन्दोलन सफल भयो र राजतन्त्रको अन्त्य समेत गरियो ।  १२ वर्ष सशस्त्र द्वन्द्वको प्रतिफल र सात राजनीतिक दलको संयुक्त प्रयासबाट गणतन्त्र स्थापना हुनु गौरवको विषय मान्न सकिन्छ ।
संविधानसभाको पहिलो कार्यकाल असफल पारिए पनि दोस्रो कार्यकालमा संविधान जारी भयो ।  त्यही संविधानको मेरुदण्डको रूपमा रहेको स्थानीय तहको पहिलो चरणको निर्वाचन समग्रतामा निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रूपमा सम्पन्न भएको छ भने दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुँदैछ ।  संविधानबमोजिम स्थानीय तहको गठन र परिचालनपछि सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्र आधारभूत तहसम्म पुग्ने र यसले जरा गाड्ने विश्वास गर्न सकिन्छ ।  
अहिले पनि जनताका अधिकार र चेतनाप्रतिको सचेतना र उत्साहभन्दा अरू उपलब्धि हुनसकेको छैन ।  नेपाली जनताको चाहनाबमोजिम शासन पद्धतिमा प्रजातान्त्रिक संस्कारसहित दीर्घकालीन, भ्रष्टाचाररहित सुशासन स्थापित हुनसकिरहेको छैन ।  त्यस्तैगरी राजनीतिक पद्धतिमा विभिन्न समूह, वर्ग र शक्तिका महìवाकाङ्क्षा हावी छन् ।  पूर्ण प्रजातान्त्रिक संस्कारसहितको सङ्घीय राज्य व्यवस्थामार्फत विकास र सुशासनलाई कार्यान्वयन गर्दै अगाडि बढ्नु आजको आवश्यकता छ ।  प्रजातन्त्रका नाममा राष्ट्रियतालाई कमजोर बनाउने र राष्ट्रियताका नाममा निरंकुश परिपाटी लाद्ने समाधानको बाटो हुनसक्दैन ।  नेपालमा राष्ट्रियता र प्रजातन्त्र सँगसँगै हिँडाउनुपर्छ ।  छिमेकी मुलुक चीन तथा भारतसँग प्रगाढ सम्बन्ध राख्दै विकासको मार्गमा अगाडि बढ्नुपर्छ ।  
जनताले पटकपटक गरेको त्याग, तपस्या, लोकतान्त्रिक संस्कार विकास गर्नका लागि विभिन्न समयमा गरेका आन्दोलनको परिणामस्वरूप गणतन्त्रको स्थापना हुनपुगेको हो ।  तर देशकै लागि ती आन्दोलनमा आफ्नो ज्यानको आहुति दिने वीर शहीदको उचित सम्मानप्रति राज्यले बेवास्ता गरेको आरोप समय समयमा लाग्ने गरेको छ ।  मुलुकको स्वतन्त्रता, प्रजातन्त्र र न्यायका लागि प्राणदान गरेका सम्पूर्ण शहीद र याृद्धाहरूलाई राज्यले सम्मान प्रकट गर्दै अगाडि बढ्नुपर्छ ।  अहिले हामी सार्वभौम गणतन्त्रका नागरिक हौँ भनी गर्व साथ शिर उचाल्छौँ ।  यो स्वाभिमान दिलाइदिएका शहीदको कदर र सम्मान गर्नु हामी सबै वर्ग, वर्ण, लिङ्ग, समुदाय र क्षेत्रका नागरिकको पनि कर्तव्य हो ।  नेपाल सरकारले विभिन्न समयमा शहीदका परिवार र घाइतेप्रति गरेका प्रतिज्ञा पूरा गर्नुपर्छ ।  शहीदप्रति अपमान गर्नु भनेको राष्ट्रकै बेइज्जत पनि हो ।  
सरकारले शहीदको सम्मानका लागि बनाउने भनिएको पार्क, गणतन्त्र स्तम्भसमेत हालसम्म निर्माण हुननसक्नु दुःखदायी विषय बन्नपुगेको छ ।  सो स्तम्भ निर्माण कार्य चाँडो टुङ्गयाउनु पर्छ ।  सरकारले गणतन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिने गरेको छ ।  गणतन्त्र दिवसको उपलक्ष्यमा माल्यार्पण र झाँकी प्रदर्शनजस्ता औपचारिक कार्यक्रम गरेर मात्र हुँदैन आम नागरिकप्रति गरिएका ऐक्यबद्धता, वाचाहरू पूरा गर्न गराउन सक्नुपर्छ ।  
लोकतन्त्र, गणतन्त्र स्थापना र सङ्घीय गणतन्त्रको स्थायित्वका लागि सारा नेपाली एकजुट हुनुको विकल्प देखिँदैन ।  संविधानमा व्यवस्था भएबमोजिमको तीनै तहको निर्वाचन सम्पन्न गराई संविधान कार्यान्वयनका लागि हामी सबै लाग्नुपर्छ ।  पछिल्लो समय गणतन्त्र संस्थागत गर्ने तर्फभन्दा पनि सरकार गठन र गिराउने कार्यमा राजनीतिक दल लागिरहेका दुःखद अनुभूति आम जनतामा छ ।  मुलुकका सामु लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणको गम्भीर जिम्मेवारी र दायिìव रहेका बेला क्षणिक केही काम नपाएझैँ सत्ताको भाँडाकुटी खेलमा लाग्नुले राजनीतिक नेतृत्वको क्षमता प्रदर्शित हुँदैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना