खाद्य संस्थानले उपत्यकाका पाँच ठाउँमा बिक्री केन्द्र खोल्ने

सीता शर्मा

काठमाडौँ, जेठ १५ गते ।  नेपाल खाद्य संस्थानले राजधानीका विभिन्न पाँच ठाउँमा खाद्य संस्थानका खाद्य सामग्री बिक्री केन्द्र खोल्ने तयारी गरेको छ ।  संस्थानले अब उपत्यकाको चक्रपथ क्षेत्र, कलङ्की, बल्खु, सातदोबाटो, चाबहिल, कोटेश्वर गरी थप पाँच ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको हो ।  संस्थानले बजारभन्दा सस्तो मूल्यमा उपभोक्तासम्म आफ्नो सामान पु¥याउने उद्देश्यले आउँदो आर्थिक वर्षको सुरुदेखि नै ती ठाउँमा नयाँ बिक्री केन्द्र खोल्ने तयारी गरेको जनाएको छ ।  
संस्थानका अनुसार हाल संस्थानले उपत्यका दुई ठाउँ काठमाडौँको संस्थानको थापाथलीको अञ्चल कार्यालय र ललितपुरको नख्खुबाट चामललगायतका खाद्यान्न बिक्री गर्दै आएको छ ।  
संस्थानका प्रवक्ता शंकर सापकोटाले ती ठाउँहरूमा बिक्री केन्द्र खोल्नका लागि खाद्य संस्थानका सञ्चालन समितिले निर्णय गरिसकेकाले आउँदो साउनभित्र बिक्री गर्न सुरु गरिने जानकारी गराउनुभयो ।  
उहाँले खाद्य संस्थानले बजार मूल्यभन्दा सस्तो र सुलभमा गुणस्तरीय खाद्य सामग्री बिक्री गर्ने गरे पनि आम उपभोक्ताको पहुँच नपुगेको भन्ने व्यापक गुनासो आएपछि त्यसैलाई मध्यनजर गरेर थप पाँच ठाउँमा बिक्री केन्द्र खोल्ने तयारी गरेको जानकारी गराउनुभयो ।  food-corporation
खाद्य संस्थानबाट बिक्री गरिने चामल बजारको मूल्यभन्दा प्रतिकेजीमै १० रुपियाँसम्म सस्तो हुँदासमेत सबै उपभोक्तालाई सहज हुने र पहुँच पुग्ने ठाउँमा संस्थानले चामल उपलब्ध गराउन नसकेकाले संस्थानको चामलप्रति आकर्षण नभएको पनि प्रवक्ता सापकोटाको भनाइ छ ।  साथै उहाँले खाद्य संस्थानले सञ्चालन गरेका नयाँ बिक्री केन्द्रमा उपभोक्ताको चाप बढेमा उपभोक्ताको मागको आधारमा अन्य ठाउँमा पनि विस्तार गर्नसक्ने पनि जानकारी गराउनुभयो ।  
संस्थानले प्रतिकेजी ४५ रुपियाँमा बिक्री गरिरहेको चामल व्यापारीहरूले भने प्रतिकेजी ५५ रुपियाँमा  बिक्री गरिरहेको भेटिएको छ ।  संस्थानले बासमती चामल ९५ रुपियाँ प्रतिकेजी बिक्री गरिरहेको छ ।  त्यही चामल किराना पसल वा डिपार्टमेन्टल स्टोरमा प्रतिकेजीकै १३० रुपियाँ बिक्री भइरहेको छ ।  
संस्थानका अनुसार बंगलादेशबाट अनुदानमा प्राप्त उसिना चामल प्रतिकेजी ३५ रुपियाँमा बिक्री गरिरहेको छ ।  यस्तै बजारमा प्रतिकेजी ६९ रुपियाँ पर्ने जिरा मसिनो चामल संस्थानले ६० रुपियाँमा बिक्री गर्दै आएको जनाएको छ ।  संस्थानले चामलबाहेक गहुँ, फापर, कर्णालीको सीमी बजारमा पाइने मूल्यभन्दा सस्तोमा बिक्री गर्दै आएको छ ।  राजधानीमा चामलको बजार भाउ पसल तथा डिपार्टमेन्ट स्टोर पिच्छे फरक÷फरक छ ।  बजारमा चामलको भाउ खाद्य संस्थानको भन्दा धेरै मूल्य फरक देखिएको छ ।  संस्थानले दिएका चामल बजारमा नपाए पनि दुवैको मूल्य हेर्दा निकै फरक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना