गणतन्त्र दिवस–प्रधानमन्त्री शुभकामना

puspa kamal dahal prachanda_1काठमाडौँ,  जेठ  १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्नुभएको छ । आज उहाँले शुभकामना सन्देश जारी गर्दै गणतन्त्र स्थापनामा योगदान पु¥याउनु हुने जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति हार्दिक श्रद्वाञ्जलि अर्पण गर्नुभएको छ ।
जनताको सङ्घर्ष र बीरतापूर्ण बलिदानबाट प्राप्त समावेशी सङ्घीय लोकतान्त्रिक संविधानको कार्यान्वयनको एक खुट्किलोस्वरुप भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको प्रधानमन्त्रीले बताउनुभएको छ ।

सन्देशमा भनिएको छ–“यही जेठ ३१ गते उल्लासमय रूपमा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न हुँदैछ । स्थानीय तहको निर्वाचनपश्चात् नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकारको अवधारणा संस्थागत हुने निश्चित भएकाले पहिलो चरणको निर्वाचन झैँ दोस्रो चरणको निर्वाचनमा पनि सम्पूर्ण नेपालीहरूको सहयोग र सक्रिय सहभागिताको लागि हार्दिक आह्वान गर्दछु ।”

संविधानको स्वीकार्यता अझ फराकिलो बनाएर यसको कार्यान्वयनलाई सुनिश्चित गर्नु, हिमाल, पहाड र तराइ–मधेशका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा मुलुकलाई सामाजिक–आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता भएको प्रधानमन्त्रीले बताउनुभएको छ ।

यही २०७४ माघ ७ गतेसम्म सम्पन्न हुने सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनपछि संविधानको कार्यान्वयनले पूर्णता पाउने र सङ्क्रमणकालको अन्त्य हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभएको छ । उल्लेखित कार्यभार पूरा गर्न सरकार सबै पक्षहरूसँग सम्वाद, सहमति र सहकार्यका लागि क्रियाशील रहँदै आएको तथा यस कार्यमा सम्पूर्ण राजनीतिक दल तथा समस्त नेपालीहरुबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास आफूले लिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ ।

नेपालको संविधान कार्यान्वयन, पुनःनिर्माण तथा नवनिर्माण र आर्थिक विकासका विविध पक्षमा महत्वपूर्ण सहयोग पु¥याउनका साथै सहिदका अधुरा सपना, जनताका असीमित आकांक्षा पूरा गर्न सबैलाई आ–आफ्नो ठाउँमा इमान्दार र प्रतिबद्ध रही सकारात्मक सोचका साथ अगाडि बढ्न उहाँले आह्वान गर्नुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना