फस्टाउँदो केरा खेती

सिराजुद्दिन खान

नेपालगञ्ज, जेठ १७ गते ।  कम मिहिनेतमा पनि राम्रो आम्दानी हुन थालेपछि बा“के जिल्लामा केरा खेती फस्टाउँदै गएको छ ।  सोही कारणले बर्सेनि व्यावसायिक केरा खेतीमा लाग्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।  किसानको आकर्षण देखेर जिल्ला कृषि विकास कार्यालयले केरा खेतीमा लागेका किसानलाई प्राविधिक सहयोग र बिरुवामा अनुदानसमेत दिने गरेको छ ।  
कोहलपुर क्षेत्रमा केरा खेती गर्ने किसानलाई विभिन्न प्रकारले उत्प्रेरित गर्ने काम निरन्तर गरिरहेको कृषि सेवा केन्द्र कोहलपुरका प्रमख शशेन्द्र शाहीले बताउनुभयो ।  उहाँले किसानलाई प्राविधिक सहयोग र बिरुवामा अनुदान पनि दिने गरिएको जनाउनुभयो ।  kera
किसानको आकर्षण बढेपछि जिल्लाको महादेवपुरी र फत्तेपुरलाई केराको पकेट क्षेत्र घोषणा गरिएको छ ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार बा“केमा करिब ५५ हेक्टरमा केरा खेती हुने गरेको छ ।
खजुरा गाउ“पालिकाको एफगाउ“का देवेन्द्रप्रसाद अधिकारीले तीन वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ ।  हाल उहाँले खजुरा र एफगाउ“मा नर्सरी सञ्चालनसमेत गर्नुभएको छ  ।  नर्सरीले वार्षिक एक लाख ५० हजार बिरुवा उत्पादनको लक्ष्य राखेको उहाँले बताउनुभयो ।  उहाँको नर्सरीमा उत्पादित बिरुवा मुलुकका १९ जिल्लामा जाने गरेको छ ।  
फत्तेपुरका हरिबहादुर रास्कोटीले पनि दुई बिघामा केरा खेती गरेको बताउनुभयो ।  त्यसैगरी नौबस्ताका पदमलाल जैसीले एक वर्षदेखि छ बिघा जग्गा भाडामा लिएर व्यावसायिक खेती गरिरहनुभएको छ ।  कम मिहिनेतमा पनि राम्रो फाइदा हुन थालेपछि केरा खेतीमा लागेको उहाँको भनाइ छ ।  
आगामी वर्षदेखि दस बिघामा केरा खेती गर्ने योजनामा रहेको जैसीले बताउनुभयो ।  अरू तराईका जिल्लामा केरा खेती व्यावसायिक भए पनि बा“केमा भर्खर सुरु भएको छ, उहाँले भन्नुभयो, जग्गा भाडामै लिएर अर्को वर्ष दस बिघामा विस्तार गर्ने योजना छ ।  उहाँले उत्पादन गरेका बिरुवा सात जिल्लामा कृषि कार्यालय र सहकारीमार्फत जाने गरेको पनि बताउनुभयो ।  
बाँकेको बिरुवा तराईका बारा, पर्सा, सर्लाही, चितवन तथा पहाडी जिल्लाहरू तनहु“, रुकुम, रोल्पालगायतका जिल्लामा जाने गरको उहाँको भनाइ छ ।  अर्का किसान रास्कोटीले खुकुलो माटो र सि“चाइ सुविधा भएका स्थानमा केरा खेती फस्टाउने गरेको  जनाउनुभयो ।  
उहाँका अनुसार कम समयमा नै राम्रो आम्दानी खोज्ने किसानका लागि केरा खेती उपयोगी छ ।  रोग कीराको प्रकोप कम लाग्ने र प्राविधिक समस्या नआउने भएकाले केरा खेतीमा उत्साही भएको हु“, रास्कोटीले भन्नुभयोे, बजारको समस्या नहुने भएकाले पनि किसानलाई फाइदा छ ।  
कम मिहिनेतमा राम्रो आम्दानी देखेर केरा खेती गर्न चाहने किसान दैनिकजसो जिल्ला कृषि विकास कार्यालयमा आएर सो बारेमा सोधपुछ गरेर जाने गरेको सो कार्यालयले जनाएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना