लोकप्रिय किबी

kibiबाग्लुङ, जेठ १७ गते ।  फलको राजाको रुपमा लिइने किबीको बाग्लुङका विभिन्न ठाउँमा विस्तार हुन थालेको छ ।  
पूर्वका विभिन्न  जिल्लामा व्यावसायिक रुपमा किबी खेती गरिँदै आएकोमा केही वर्षयता पश्चिमी पहाडमा पनि गर्न थालिएको हो ।  किबीको माग देश विदेशमा बढ्न थालेपछि पश्चिमी पहाडमा किबीको खेती विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालय बाग्लुङले जनाएको छ ।  कृषि विकास कार्यालय बाग्लुङका अनुसार धौलागिरीका बाग्लुङ, पर्वत म्याग्दी लगायत पश्चिमका धेरै जिल्लामा यसको व्यावसायिक खेती गर्न थालिएको छ ।  
बाग्लुङमा सबैभन्दा पहिले मेहरसिंह पाइजाले २०५७ सालमा इलामबाट ल्याएर रोप्नुभएको थियो ।  रोपेको सात वर्षपछि फल दिन थालेपछि त्यसको व्यावसायिक रुपमा खेतीको सोधखोजको सुरु भएको थियो ।  हाल बडिगाड गाउँपालिकाको अध्यक्षमा निर्वाचित बन्नुभएका पाइजाले आफूले बडिगाड गाउँपालिका क्षेत्रलाई किबी खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने सोच बनाएको बताउनुभयो ।  
विश्व बजारमा किबीको माग अत्यधिक भएकाले आफूले पनि व्यावसायिक खेती गर्न थालिएको बाग्लुङ बुर्तिवाङका किसान राजेन्द्र पुनको भनाइ छ ।  दुई वर्षअघि जिल्ला कृषि विकास कार्यालय बाग्लुङबाट ल्याएर रोपेका बिरुवामा फल्न थालेपछि आफू व्यावसायिक किबीको खेती गर्न लागेको उहाँले बताउनुभयो ।  उहाँको बारीमा अहिले १७५ वटा बिरुवा हुर्किरहेका छन् ।  परीक्षणकै लागि लगाइएको एउटा बोटबाट ५०–६० केजी किबी फलेपछि अन्य किसान पनि आकर्षित बनेका छन् ।  
यतिबेला बाग्लुङका बुर्तिवाङ, ग्वालीचौर, भकुण्डे, तित्याङ लगायतका गाउँमा किबी खेती गर्न थालिएको छ ।  किबी खेती विस्तारका जिल्ला कृषि विकास कार्यालय बाग्लुङले बर्सेनि आठ सयदेखि एक हजार बिरुवा अनुदानमा बिक्री गर्दै आइरहेको छ ।  पहाडी भू–भागको एक हजार पाँच सय मिटरदेखि दुई हजार मिटरम्मको उचाईमा राम्रो  हुने किबी माघ महिनामा रोपिने जिल्ला कृषि विकास कार्यालय बाग्लुङका कृषि प्रसार अधिकृत विप्लभ अधिकारीले बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना