पुनको अविष्कार केन्द्रलाई डेढ करोड अनुदान


अजय शर्मा

काठमाडौँ, जेठ १९ गते ।  अन्तर्राष्ट्रिय म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनले शुरुवात गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्र स्थापनामा सरकारले सहकार्य गर्ने भएको छ ।
राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि कहिले सरकारसँग पौँठेजोरी खेलेर र कहिले जनताको घरघरबाट दान लिएर बेला बेलामा चर्चामा आइरहनुभएका पुनलाई सरकारले एक करोड ५० लाख रुपियाँ दिने भएको छ ।  पछिल्लोपटक आफूले पाएको पदक लिलामीको घोषणा गरेर  पुन चर्चामा आउनुभएका थियो ।  
केन्द्र निर्माणमा तल्लीन पुनले गत साता मात्र “कोही हुनुहुन्छ नेपाली दाजुभाइ दिदीबहिनी ? आज १२ बजे दिउँसोसम्म मात्र, मैले प्राप्त गरेका तक्माहरू नेपालमै किन्न इच्छुक महानुभावहरूलाई छोटो र अन्तिम अवसर...” सन्देश फेसबुक र ट्वीटरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक लिलामका लागि आह्वान गर्नुभएको थियो ।  
उद्योग मन्त्रालयले म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा. पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने जनाएको छ ।  उद्योग मन्त्रालयद्वारा जारी विज्ञप्तीमा विशेष गरी नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योग जगतलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने ।  यसैगरी तराईमा नेपाली वैज्ञानिकहरूले आविष्कार गरेको धान काट्ने मेसिनको परीक्षण गरी त्यसको व्यावसायिक उत्पादन सम्भव छ, छैन एकिन गर्ने उल्लेख छ ।  mahabripun_final-660x330
उहाँले आविष्कार केन्द्र स्थापना लागि हालसम्म व्यक्तिगत पहलमा चार करोड रुपियाँ नगद सङ्कलन भइसकेको र आफ्नो पैतृक सम्पत्ति बचेर सात करोड रुपियाँ पुग्ने जानकारी दिनुयभो ।  
राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको विद्युतीय सवारीको प्रयोगलाई समेत उद्योग मन्त्रालयले प्रवद्र्धन गर्ने, यसका साथै नेपाली किसानहरुलाई सरल र सहुलियत मूल्यमा धान काट्ने मेसिन उपलब्ध गराउन त्यस्तो मेसिनको आविष्कारको लागि उद्योग मन्त्रालयले सहयोग पु¥याउने, केन्दको क्षमता विस्तारलाई ध्यानमा राखी मन्त्रालयले एक करोड ५० लाख रुपियाँ अनुदान सहयोग उपलब्ध गराउन बजेटमा व्यवस्था गरेको उद्योग मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘डा. पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा अनुुसन्धान र विकासको संस्कृति स्थापना गरी समाजको तल्लो तहदेखि माथिल्लो तहसम्म आविष्कारमा आधारित पर्यावरणीय प्रणालीको प्रवद्र्धन गर्ने कार्यमा मुलुकलाई थप टेवा पु¥याउने कुरामा हामी विश्वस्त छौं’, विज्ञप्तीमा भनिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना