बाटोले व्यवसाय विस्तार हुँदै

राजन रावत

 

सिमकोट, जेठ २० गते ।  सिमकोट–हिल्सा मोटर बाटोको ३६ किलोमिटर सडकमा अहिले गाडी ओहोरदोहोर गर्न थालेपछि हिल्सा र तुम्कोटमा व्यापारिक गतिविधि बढेको छ ।  आयोजनाको हिल्सा–तुुम्कोट खण्डको ३६ किलोमिटर दूरीमा आठ मिटर चौडा मोटर बाटोको ट्रयाक खुलाइएकाले सवारीसाधन चलिरहेको सिमकोट–हिल्सा सडक आयोजनाका सव इन्जिनियर वीरेन्द्रबहादुर शाहीले बताउनुुभयो ।  
सवारीसाधन नियमित रूपमा चलेपछि स्थानीय जनता व्यापारिक कारोबारमा संलग्न भएकाले आम्दानी पनि बढेको नाम्खा गाउँपालिका वडा नम्वर ७ का नाम्ग्याल तामाङले बताउनुुभयो ।  
यो खण्डमा १७ वटा जीप र ट्रक चलिरहेको स्थानीय टसी लामाले बताउनुुभयो ।  यसले गर्दा हाल तुुम्कोट र हिल्सामा बजार केन्द्र नै स्थापना भएको  उहाँले बताउनुुभयो ।  
सिमकोटबाट हिल्सा पुग्न चार दिनको पैदल यात्रा गर्नुपथ्र्याे तर गाडी चढेर अ िहले चार घण्टामा हिल्सामा व्यापार गर्न सफल भइरहेको हिल्साको मानसरोवर होटलका सञ्चालक कर्मा लामाले बताउनुुभयो ।  उहाँले हिल्सामा ७५ वटा होटल र पसल स्थापना स्थापना भएका र यसबाट डेढ सय मानिसलाई  रोजगारी प्राप्त भएको बताउनुुभयो ।  
२०५६ सालमा जिविसको आन्तरिक स्रोतबाट सुुरु गरिएको सिमकोट–हिल्सा सडक खण्डको निर्माणको जिम्मा  आ.व. २०६९÷७० देखि सिमकोट–हिल्सा सडक आयोजनाले लिएको हो ।  
यतिञ्जेलसम्ममा पूरै ट्रयाक खोल्ने कार्य सकेर गाडी गुडिसक्ने अवस्था आउन सक्थ्यो तर तुुम्कोटमा बेलिब्रिजको जडान नहुुनुु, विष्फोटक पदार्थको अभाव हुुनुु र डोजर स्काभेटरका लागि इन्धन अभाव हुुँदा निर्माण कार्यले गति लिन नसकेको सव इन्जिनियर  वीरेन्द्र शाहीले बताउनुुभयो ।  humla
कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा मोटर बाटोको प्रारम्भिक ट्रयाक खोल्ने कार्य विष्फोटक पदार्थ र इन्धन अभावले निर्माण कार्य प्रभावित भएको हो ।  सो खण्डको कुुल लम्बाई ९५ किलोमिटरमा ६.४ किलोमिटर मात्र ट्रयाक खोल्ने कार्य रोकिएको छ ।  यो कार्यले पूर्णता पाए माथिल्लो हुुम्लामा जनजीवनमा धेरै परिवर्तन आउने भर्खरै सिमकोट गाउँपालिकाका निर्वाचित अध्यक्षमा पदमबहादुुर लामाले बताउनुुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना