व्यक्तिगत सम्पर्कको भरमा चियाको व्यापार

राजु शिवा

इलाम, जेठ २२ गते ।  लिलाम बिक्री प्रणाली नहु“दा पूर्वी पहाडका चिया किसान तथा उद्यमीले आफ्नो उत्पादन बिक्री गर्न समस्या खेप्न परिरहेको छ ।
चिया बिक्रीका लागि लिलाम बिक्री प्रणाली नहुँदा पूर्वका चिया उद्यमीले व्यक्तिगत सम्पर्कको भरमा उत्पादित चिया बेच्न परिरहेको छ ।  व्यक्तिगत सम्पर्कको भरमा चिया बेच्नुपर्दा किसान तथा उद्यमीले चियाको राम्रो भाउसमेत पाउन सकिरहेका छैनन् ।  नेपाली चियाको प्रमुख बजार भारतको कोलकातामा रहेको चिया बोर्डको लिलाम बिक्री केन्द्रमा नेपालीले भाग लिन पाउ“दैनन् । उद्यमीका अनुसार कोलकाताको लिलाम केन्द्रमा भाग लिन पाउने हो भने नेपाली चियाले दोब्बर मूल्य पाउ“छ ।
अहिलेसम्म व्यक्तिगत सम्पर्कका आधारमा तेस्रो मुलुकका क्रेता नेपालका बगान–बगानमा आएर तयारी चिया खरिद गर्छन् । धेरैजसोलाई त नमुना पठाएर किन्न अनुरोध गर्नुपर्छ, हिमालयन साङ्ग्रिला टी प्रोड्युसर्स प्रालिका प्रबन्धक आरसी मैनाली उल्लेख गर्नुहुन्छ ।  नेपालमा उत्पादित अधिकांश तयारी अर्थोडक्स र सीटीसी चिया कोलकातामार्फत बिक्री हुन्छ । त्यहा“ सोझै लिलाम प्रणालीमा सहभागी हुन नपाउनाले नेपाली उद्यमीले दलालहरुलाई घटाघटमा चिया बिक्री गर्दैआएका छन् । भारतीय चिया बिक्री भइसकेपछि मात्र दलालले नेपाली चिया किन्छन् र मूल्य पनि कम दिन्छन्, इलामको जस्वीरेस्थित सन्दकपुर चिया कारखानाका शरद सुब्बाले सुनाउनुभयो ।  दलालले किनेको नेपाली चिया भारतकै लोगोमा विश्व बजारमा जान्छ । भारतमा उत्पादित चियामध्ये ७५ प्रतिशत,  श्रीलङ्कामा ९० प्रतिशत  र केन्यामा ८५ प्रतिशत चिया लिलाम प्रणालीबाटै बिक्री गर्ने प्रावधान छ । Tea Farmer Photo
सरकारले २०५७ सालमा तयार गरेको राष्ट्रिय चिया नीतिमा लिलाम बिक्री प्रणालीका लागि पूर्वाधार तयार गर्ने उल्लेख गरे पनि अहिलेसम्म केही नभएको उद्यमीको गुनासो छ । चिया उद्यमी कमल मैनालीले लिलाम प्रणाली भएपछि बढाबढमा चिया बिक्री हु“दा किसानले बढी मूल्य पाउने दाबी गर्नुभयो । नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाउ“दैछ तर क्रेता यहा“ आएर किन्ने निश्चित ठाउ“ छैन, उहाँले भन्नुभयो । इ–बिडिङको प्रचलन आएकाले लिलाम बिक्री प्रणाली हु“दा विभिन्न मुलुकका क्रेताले उतै बसेर पनि बढाबढमा नेपाली चिया खरिद गर्न सक्छन् ।
उद्यमीले कोलकाताको लिलाम केन्द्रमा सहभागी हुनका लागि अनुमति प्राप्त गर्न पटक–पटक प्रयास गरे पनि त्यो सुबिधा पाएका छैनन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार १० वर्षअघि भारतीय सरकार र भारतीय चिया बोर्डले नेपाली चियालाई कोलकाताको लिलाम केन्द्रमा सहभागी हुन दिने निर्णय गरे पनि तत्कालीन दार्जिलिङ प्लान्टर्स एसोसिएसनको विरोधका कारण कार्यान्वयनमा आएन  । कलिलो र धेरै खाले जातका बोटबाट तयार भएको राम्रो गुणस्तरको नेपाली चियाले दार्जिलिङको चियाको बजारमा असर पार्ने डरले एसोसिएसनले विरोध गरेको हुनसक्ने बोर्डको अनुमान छ ।
इलामका २६ वटा चिया कारखानाले साना कृषकको चिया किनेर प्रशोधन गर्छन् । जिल्लामा पाँच हजार साना चिया किसानले तीन हजार ७९४ हेक्टर क्षेत्रमा यसको खेती गर्छन् । कृषकले वार्षिक रूपमा ११ लाख २९ हजार १० किलो चिया उत्पादन गर्ने गरेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । इलाममा मात्रै २० वटा ठूला अर्थोडक्स चिया कारखाना छन् भने साना कारखानासमेत सञ्चालनमा छन् । इलाममा नेपाल स्मल टी प्रोड्युसर प्रालि, ग्रिन टी प्रोड्युसर प्रालि, हिमालयन रेञ्ज चिया उद्योेग प्रालि पञ्चकन्या, इलाम टी प्रोड्युसर्स प्रालि, श्रीअन्तु, कन्याम चिया कमान, गोर्खा टी स्टेट गुराँसे, माइपोखरी टी इन्डस्ट्रिज प्रालि, चिलिङकोट चिया कमान साँखेजुङ, मङ्गल चिया उद्योग प्रालि, सिद्धिविनायक टी स्टेट प्रालि, इलाम चियाबारी र ग्रिन भ्याली टी इन्डस्ट्रिज प्रालिलगायतले अर्थोडक्स् चिया उत्पादन गर्छन् । पूर्वका इलाम, पाँचथर र धनकुटामा अर्थोडक्स् चिया उत्पादन गरिन्छ । पाँचथरको फिदिममा एउटा र धनुकटामा अर्थोडक्स् चियाका तीनवटा कारखाना सञ्चालित छन् । अर्थोडक्स् चिया जर्मनी, हङकङ, नेदरल्यान्ड, जापान, भारतलगायतका देशमा जाने गरेको छ ।
पूर्वका हजारौँ चिया किसान र उद्यमीको समस्या समाधानका लागि सरकारले चिया लिलाम बिक्री केन्द्र सञ्चालन गर्ने कुरा गरेको तीन÷चार वर्ष बिते पनि लिलाम बिक्री केन्द्रको प्राथमिक चरणको काममात्र भए तर यो पनि सञ्चालनमा आउन सकेन ।
‘अक्सन मार्केट’ सञ्चालन गर्ने गरी विभिन्न तयारी भइरहेको चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।  अक्सन मार्केट सञ्चालन गर्नका लागि चिया उद्योगी सुरेश अग्रवालको संयोजकत्वमा अक्सन मार्केट सञ्चालन कमिटी पनि गठन भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना