पुच्छ«ेतारा पृथ्वीबाट नजिक देखिँदै

 ds

काठमाडौँ, जेठ २२ गते  । पुच्छ«ेतारा (धूम्रकेतु सी÷२०१५ भी २) आज पृथ्वीबाट सबैभन्दा नजिक देखिने भएको छ । 

बेलुकी ६ः३० बजेदेखि यसलाई नेपालबाट हेर्न सकिनेछ । सो धूम्रकेतुको पृथ्वीसँग पहिलो र अन्तिम साक्षात्कार हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

खगोलविद् जेस जोन्सनले सन् २०१५ नोभेम्बर ३ मा आकाशीय ग्रह निरीक्षण (कटेलिना स्काइ सर्वे) अन्तर्गत पहिलो पटक सो धूम्रकेतु पत्ता लगाउनुभएको थियो । सो धूम्रकेतु हाइपरबोलिक भएकाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा आज १२ करोड १३ लाख ३९ हजार ७८६ किमीको दूरीमा देखिने सोसाइटीले जनाएको छ । खगोलीय दुर्लभ यो घटनालाई नजिकबाट नियाल्न चाहनेका लागि सोसाइटीले बेलुकी ६ः३० बजेदेखि ९ बजेसम्म अङ्कुर विद्याश्रम विजयचोक, गौशालामा देखाउने व्यवस्था मिलाएको छ ।

सो अवसरमा पृथ्वीको चन्द्रमा तथा बृहस्पति ग्रह र यसका चार चन्द्रमाको पनि अवलोकन गराइने अध्यक्ष भट्टराईले बताउनुभयो । अवलोकनमा सहभागी हुनेलाई खगोल, खगोल भौतिक विज्ञान र अन्तरीक्ष विज्ञानसम्बन्धी जिज्ञासा पनि विज्ञसमक्ष राख्न सक्ने व्यवस्था मिलाइने छ । सोसाइटीले १० वर्षअघिदेखि खगोलीय घटना सम्बन्धमा इच्छुकलाई निःशुल्क देखाउँदै आएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना