संसद्को अवरोध हटाउन तीन दल सहमत

नारायण काफ्ले

काठमाडौँ, जेठ २३ गते ।  प्रमुख राजनीतिक दलहरूबीच एक सातादेखि संसद्मा जारी राजनीतिक गतिरोध अन्त्य गर्ने सहमति भएको छ ।  सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख दलका शीर्ष नेताबीचको बैठकमा सदन अवरोध हटाउनेसहित चारबुँदे सहमति भएको छ ।  
सहमतिअनुसार मङ्गलबारको सदनको दोस्रो बैठकले नयाँ प्रधानमन्त्री चयन गर्नेछ ।  प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवाको एकल उम्मेदवारी परेको छ ।  प्रधानमन्त्रीमा देउवाको पक्षमा सहज बहुमत पुग्ने देखिएको छ ।  प्रमुख राजनीतिक दलबीच भएको सहमतिअनुसार मङ्गलबार संसद्का दुई बैठक बस्नेछन् ।  पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।  three party meeting
सहमतिअनुसार बैठकमा सत्तारुढ दलका नेताहरूले आगामी माघ ७ भित्र तीनै चरणका निर्वाचनमा समयमा सम्पन्न गर्नेमा प्रतिबद्धता जनाउनु हुनेछ ।  यस्तै, निर्वाचन स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न गर्नेमा सत्तारुढ दलका नेताहरूले प्रतिबद्धता व्यक्त गर्नु हुनेछ ।  सोमबारको दलीय सहमतिमा विपक्षी दलका नेता ओली भने सहभागी हुनु भएको थिएन ।
दलहरूबीच दोस्रो संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि गठित संसद्ीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने दलीय सहमति भएको छ ।  सद्भावना नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठित उक्त समितिले प्रतिवेदन भने अहिलेसम्म सभामुखलाई बुझाइएको छैन ।  
शीर्ष नेताबीच भएको सहमतिअनुसार मङ्गलबारको सदनको दोस्रो बैठकमा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाइनेछ ।  प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवाको एकल दाबी छ ।  देउवालाई माओवादी केन्द्र, फोरम लोकतान्त्रिकसहितका दलको समर्थन छ ।  मनोनयन दर्तामा औपचारिक रूपमा समर्थनमा हस्ताक्षर नगरे पनि सङ्घीय समाजवादी फोरम राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत देउवालाई समर्थन दिने जनाउ गरिसकेका छन् ।  
सदनमा सत्तापक्षका नेताहरूले निर्वाचनका क्रममा भरतपुरसहित विभिन्न जिल्लामा देखिएका घटना आसन्न र बाँकी निर्वाचनमा नदोहो¥याउने प्रतिबद्धता जनाउने छन् ।  दलीय प्रतिबद्धतापछिको दोस्रो बैठकले प्रधानमन्त्री चयन गर्नेछ ।  संसद््को पहिलो बैठकमा नै प्रधानमन्त्री चयनका लागि राष्ट्रपति कार्यालयले पठाएको पत्र वाचन हुनेछ भने, संसद् सचिवालयले प्रकाशन गरेको प्रधानमन्त्री चयनको कार्यतालिका पनि पहिलो बैठकले नै अनुमोदन गर्नेछ ।  
प्रमुख दलको छलफलपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले भरतपुरमा उत्पन्न परिस्थितिका कारण अवरोध भएको संसद्् आइन्दा निर्वाचमा यस्ता कुनै पनि गतिविधि नगर्ने सत्तारुढ दलको प्रतिबद्धतापछि सुचारु गर्न सहमत भएको बताउनुभयो ।  
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयन र निर्वाचनका विषयमा विपक्षी दलले खोजेका प्रतिबद्धता सदनबाटै सम्बोधन गर्ने समझदारीमा सदन सुचारु हुने बताउनुभयो ।  श्रेष्ठले भन्नुभयो, ‘संविधान कार्यान्वयन र तीनै चरणको निर्वाचन तोकिएको समयमा स्वतन्त्रपूर्वक सम्पन्न गर्ने प्रतिबद्धता खोज्नुभयो ।  त्यस्तो प्रतिबद्धता सदनबाटै हुनुपर्छ भन्ने धारणा पनि हामीले मनन ग¥यौँ ।  त्यसमा सहमति भयो ।  भोलिदेखि संसद््को अवरोध हट्छ । ’
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सदनको अवरोध हटाउनेमा एमाले सहमत भएको बैठकपछि बताउनुभयो ।  निधिले भन्नुभयो, ‘अवरोध हटाउने सहमति भएको छ ।  पहिलो बैठकमा राष्ट्रपतिको पत्र र कार्यतालिका पेस हुनेछ ।  दोस्रो बैठकले प्रधानमन्त्री चयन गर्नेछ । ’
यसैबीच नेपाली काँग्रेसका तीन नेता र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार ओली निवास बालकोटमा भेट भएको छ ।  संसद्् बैठकको अवरोध हटाउने विषयमा छलफल गर्न काँग्रेस नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र प्रदीप गिरी ओली निवास बालकोट पुग्नुभएको हो ।
काँंग्रेसका नेता निधिले अध्यक्ष ओलीसँग संसद््को अवरोध अन्त्य गर्नेबारे भएको छलफल सकारात्मक रहेको बताउनुभयो ।  प्रधानमन्त्रीको निर्वाचनमा कांँगे्रसलाई सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरिएको नेता निधिले बताउनुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो, एमाले सहमतिको बाधक छैन, सत्ता पक्षको दम्भ र अनुचित कार्यले समस्या देखिएको हो, समस्या समाधानका लागि सकारात्मक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना