अस्थिरताको दुश्चक्रमा नवस्थापित गणतन्त्र

surya thapaसूर्य थापा

 

नेपाल एकीकरण (वि.सं. १८२५) यताको करिब २५० वर्षको राजनीतिक इतिहास समग्रमा अस्थिरताको इतिहास हुन पुगेको छ । गोर्खाली राजा पृथ्वीनारायण शाहले विराज बखेतीलाई काजी दिन चाहेको भएता पनि दुनिया“ (नागरिक) ले त्यसबेला कालु पा“डेलाई रुचाएको हुनाले उनैलाई ‘कजाई’ दिएका थिए । गोरखाली राजा पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि राजधानी काठमाडौ“ं (कान्तिपुर) सारे । यद्यपि, त्यतिबेला प्रसिद्ध ज्योतिषी कुलानन्द ढकालले नुवाकोटबाट काठमाडौ“ं राजधानी सार्ने विषयमा भादगाउ“, पाटन र काठमाडौ“मध्ये काठमाडौ“ सार्न सल्लाह दि“दै यो पनि भनेका थिए रे– ‘काठमाडौ“मा मूलकाजी (प्रधानमन्त्री) पिर्छ । एकपटकमा बढीमा अढाइ वर्षभन्दा बढी त कोही हु“दै हु“दैन ।’ हुन पनि त्यसयताका प्रधानमन्त्रीहरू कसैले ढुक्कस“ग पा“च वर्षसम्म शासन सञ्चालन गर्न पाएका छैनन् ।
गणतन्त्र कालको नांै वर्षमा आठवटा सरकार बनिसकेका छन् ।  दोस्रोपटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउन १९ गते प्रधानमन्त्री चुनिएर चैत महिनाको मसान्तसम्म अर्थात् ९–१० महिना मात्रै प्रधानमन्त्री रहने गरी नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच लिखित सम्झौता भएको थियो । २०७४ जेठ १० गते राजीनामा गर्नुअघिसम्म शेरबहादुर देउवा प्रधानमन्त्री हुने गरी ‘प्राइमिनिस्टर इन वेटिङ’का रूपमा रहनुभयो भने अब पुरानै गठबन्धनबाट नया“ प्रधानमन्त्री चुनिने प्रतीक्षामा रहनुभएको छ ।  उहा“ले व्यवस्थापिका–संसद्को बहुमत जुटाउ“दा नया“ प्रधानमन्त्री बन्ने सुनिश्चतजस्तै छ । किनभने, पहिलेको गठबन्धन कायमै छ । यसअघि केपी शर्मा ओली सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नया“ संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्री निर्वाचित भएर करिब १० महिना बित्दा नबित्दै अविश्वासको प्रस्तावमार्फत हटाइनुभएको विदितै छ । यसरी नौ÷दस महिनामा प्रधानमन्त्री परिवर्तन हुने स्थिति देशको स्थिरता, विकास र समृद्धिको आकाङ्क्षा राख्ने आम नेपाली नागरिक र यस पछौटे मुलुकका सबैका लागि अत्यन्त दूर्भाग्यपूर्ण हो ।
पुनःस्थापित प्रतिनिधि सभाबाट २०६३ वैशाख ११ गते गिरिजाप्रसाद कोइराला चौथोपटक वैशाख १९ गते प्रधानमन्त्री चयन हुनुभएको थियो । तत्पश्चात् प्रतिनिधिसभा घोषणा (२०६३), शान्ति प्रक्रियाको थालनी, अन्तरिम संविधान र संविधानसभाको पहिलो निर्वाचनलगायतका परिवर्तनमा कोइरालाले राष्ट्रप्रमुख र सरकार प्रमुख दुवै भूमिकामा मुलुकको सफल नेतृत्व गर्नुभयो । उहा“ नवस्थापित गणतन्त्रको पहिलो राष्ट्रपति बन्न चाहनुहुन्थ्यो । त्यसै महŒवाकाङ्क्षाका कारण २०६४ चैत २८ गते भएको निर्वाचनका क्रममा एक ठाउ“मा पनि नेपाली काँग्रेसको पक्षमा मत माग्न नपुगेका जानिफकार बताउ“छन् । त्यसैका निम्ति अन्तरिम संसद््मा नेकपा (एमाले) कै बराबरी नेकपा
(माओवादी) लाई मनोनित सांसदहरू बनाई भिœयाएर उहा“ले आफ्नो महŒवाकाङ्क्षा सिद्ध गर्ने मलिलो आधार तयार पारेको भन्नेहरू अझै थुप्रै छन् ।
२०६५ जेठ १५ गते राजतन्त्रको सम्पूर्ण रूपमा उन्मूलन गरिएपश्चात् नेकपा (एमाले)को समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो प्रधानमन्त्री बन्नुभयो । तर ‘कटवाल प्रकरण’मा उहा“ नराम्ररी एम्बुसमा परेजस्तै हुनपुगेर नौ महिनामै पदच्यूत हुनुप¥यो । तत्पश्चात् माधवकुमार नेपाल (२१ महिना) झलनाथ खनाल (सात महिना) र डा. बाबुराम भट्टराई (१८ महिना) प्रधानमन्त्री भएर मुलुकको शासनभार सम्हाल्ने अस्थिर प्रक्रिया नै चल्यो । अन्ततः प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाई २०७० साल मंसिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गरियो । त्यसै निर्वाचनबाट नेपाली काँग्रेस पहिलो, नेकपा
(एमाले) दोस्रो र एनेकपा (माओवादी)– हाल नेकपा (माओवादी–केन्द्र) तेस्रो शक्तिका रूपमा स्थापित भएको नया“ शक्ति सन्तुलन कायम भएको हो ।
त्यही ताजा जनादेशअनुरूप भएको संविधान निर्माणको चरणमा सुशील कोइराला र संविधान कार्यान्वयनको चरणमा केपी शर्मा ओली प्रधानमन्त्री भएर मुलुकको नेतृत्व सम्हाल्ने १६ बु“दे सहमति बन्यो । तर, २०७२ असोज ३ गते संविधान जारी भएपछिको पहिलो निर्वाचन (२०७३ असोज २४ गते) मा कोइराला स्वयं सहमतिविपरीत उम्मेदवार बनेर पराजित बन्नुभयो । त्यस नया“ परिवेशमा एनेकपा (माओवादी), राप्रपा नेपाल र मधेसी फोरम (लोकतान्त्रिक) सहितका १६ वटा राजनीतिक दलको समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर शासन व्यवस्था सम्हाल्ने स्थिति बन्यो ।
यस बिन्दुसम्म आइपुग्दा नेपालको प्रधानमन्त्री नेपालीको इच्छामा मात्रै बन्न अत्यन्तै कठीन रहेको महसुस गर्नुपरेको अनुभूति धेरैले गरेको तथ्य सार्वजनिक गरे । कथम् त्यस कठिनाइलाई छिचोलेर बनेका स्वाभिमानी प्रधानमन्त्री पनि अल्पावधिमै सरकारबाट हट्नुपर्ने र दुर्भाग्यपूर्ण स्थिति बन्नपुग्यो भन्ने गुनासो चलिरह्यो ।  यसको उपचार खोजेर राष्ट्रको स्वतन्त्रता, अस्मिता, निर्णय क्षमता र हैसियत पुनःस्थापित गर्नैपर्ने जरुरी छ ।  पहिले प्रधानमन्त्री बन्नको लागि ‘दरबार’को सेवाको स्थानमा अहिले ‘कृपा’ बलशाली र निर्णायक हुने अवस्था नेपाली स्वाभिमानको घोर अपमान हो भन्ने अनुभूति नाजायज छैन ।  स्वयं नेपाली नेता र राजनीतिक दल आफ्नो विवेक र निर्णयअनुसार चल्ने हो भने नेपाली राजनीति र शासन÷प्रशासनमा अनुचित ढङ्गले अरू कोही पनि हावी हुन सक्दैनन् । यो धु्रवसत्य कुरा हो ।
छोटोछोटो अवधिमा तासका पत्तीझैँ फेरिने सरकारकै कारण मुलुकको दीर्घकालीन र रणनीतिक आवश्यकताअनुरूप पूर्वाधार निर्माण, नीति–नियमको तर्जुमा र पद्धति व्यवस्थित गर्न सम्भव नभएको हो । यस्तो प्रक्रिया जारी रहेसम्म देश र जनताको हितमा सुख र समृद्धिका नीति, योजना र कार्यक्रम बन्न तथा कार्यान्वयन हुन सक्दैनन् । यसमा केवल बिदाई हुने र नया“ बन्ने प्रक्रियामा रहेका प्रधानमन्त्रीको मात्रै दोष नभएर मुलुकलाई अत्यावश्यक र स्थिर शासकीय प्रबन्धको अभाव रहनुको परिणाम हो । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब १० वर्ष  बितिसक्यो, तर नया“ पद्धति र स्थिर शासकको प्रबन्ध मिलाउन सम्भव हुनसकेन । यो अत्यन्त गम्भीर विषय र दुर्भाग्यपूर्ण अवस्था नै हो । संविधान कार्यान्वयनको जारी सिलसिलाअन्तर्गत स्थानीय तहको दोस्रो चरण, प्रदेश तह र केन्द्रीय संसद्को निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर मात्रै मुलुकलाई स्थिरता दिनसकिन्छ ।  त्यसो गर्न सक्नुमा नै नवस्थापित सङ्घीयता लोकतान्त्रिक गणतन्त्रको सफलताको मुख्य कसी निहित रहेको छ । किनभने स्थिरताको अभावमा देश र जनताको प्रगति, विकास, समृद्धि र स्वाभिमान अभिवृद्धि गर्नु सम्भवै हु“दैन ।
विगत २ सय ५० वर्षको अवधिमा राजा, भारदार, राणा, राजा (पञ्चायत), बहुदलीय व्यवस्था, प्रत्यक्ष राजतन्त्र, लोकतन्त्र, गणतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रसमेत अवधिमा नेपालले भोग्नुपरेका यावत् अनुभवहरूको शिक्षा हो– मुलुकलाई त्रिशङ्कु संसद््को नियतिबाट मुक्त गर्नपर्ने ज्वलन्त खा“चो छ । यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख÷कार्यकारी राष्ट्रप्रमुखको नया“ संवैधानिक बन्दोबस्ती मिलाउन सकेको भए यसरी छ÷छ महिनामा सरकार बनाउने र ढाल्ने यसखालेको समीकरणको खेल सायदै चलिरहने थियो यो अवस्थाको अन्त्य गरी मुलुकमा ५ वर्ष अवधि निर्धारित स्थिर सरकार र शासकीय स्थायित्वको व्यावहारिक प्रबन्ध मिलाउन सबै पक्ष विशेष संवेदनशील भएर अत्यावश्यक कदम चाल्नसक्नु अत्यन्त जरुरी भएको छ ।




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना