सिप सिक्दै वित्पन्न तथा एकल महिला

unnamed_1
हुम्ला समचारदाता
सिमकोट, जेठ २५ गते । जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागूू भए पछि गरिव, दलित तथा एकल महिलाहरु सीप सिक्न थालेका छन । उनीहरुले तीन महिनासम्म सिलाई तथा कटाई तालिम लिएर स्वरोजगारी समेत सृजना भएको बताउन थालेका छन् ।
तालिमबाट सिलाई कटाई सिकेर व्यवसायीक रुपमा सिमकोटमा व्यवसाय संचालन गर्ने सिमकोट गाँउ पालिका ६ की नानी कामीले बताउनुु भयो ।
अहिले निक्कै ध्यान दिएर तालिम सिकी रहेको उहाँले बताउनुु भयो । यता, सर्केगार्ड गाँउ पालिका वडा नम्वर ६ की हिरा सिंहले तालिम पछि सर्केगार्डमा सिलाई कटाई व्यवसाय सुुरु गर्ने बताउनुु भयो ।
पालिकाको केन्द्र भएर पनि हालसम्म उक्त क्षेत्रमा कुुनै पनि सिलाई कटाई व्यवसाय संचालन नभएको हुुँदा आफुुले सो व्यवसाय सुुरु गर्ने उहाँले बताउनुु भयो । मनैदेखि सिलाई कटाई प्रति चाहना भएकी ताजाकोट गाँउ पालिका ३ की कमला कटेलको इच्छा यो तालिम लिन पाए पछि पुुरा भएको बताउनुु भएको छ ।
केही ज्ञान भए पनि सवै काम गर्न नआउदा यो तालिम उहाँको इच्छा पुुरा गर्न सहयोगी सिद्ध हनेछ । सदरमुुकाम सिमकोटको लामा साँस्कृृतिक मञ्चमा विहान १० वजे देखि बेलुुका ५ बजेसम्म ३५ जना वित्पन्न तथा एकल महिलाले तालिम सिकिरहेको महिला तथा वालवालिकाको कार्यालयका सुुपरभाइजर कल्पना लामाले जानकारी दिनुभयो ।
तीन महिनासम्म महिलाले चोलो, पेटिकोट, कुर्ता, व्रा,सर्ट पाईन्ट सिलाउन सिक्ने उहाँले बताउनुुभयो । प्रति सहभागी मेशिन, खाना तथा खाजा खर्च कार्यक्रमले व्यहोर्ने भएको हुुँदा पनि सहभागीका लागि केही सहज भएको लामाले वताउनुु भयो । अधिकाँस महिला निरक्षर भए पनि काम गर्न सक्ने खालका भएको तालिमका सहजकर्ता दानसिंह परियारले वताउनुु भयो । जसले गर्दा तालिम दिन पनि वाँगर लागि रहेको उहाँले वताउनुु भयो । तालिम सञ्चालन गर्न सरकारले १६ लाख बजेट बिनियोजन गरेको छ ।
–राजन रावत

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना