लसुन, खुर्सानीको भाउ प्रतिकेजी रू. चार सय

रोशन राउत

 सिमकोट, जेठ २६ गते ।  कृषिप्रधान देश नेपालमा सामान्यतया सामान्य खालको तरकारीको मूल्य कति होला ? २० वा ४० वा ७० रुपियाँ किलो ।  तर हुम्लाको सदरमुकाम सिमकोटमा एक किलो लसुन, अदुवा र खुर्सानीको मूल्य चार सय रुपियाँ पर्छ भने काउली, बन्दा, मूला र  सिमीको २५० रुपियाँ पर्छ ।   
सिमकोट बजारको थापा तरकारी मण्डीकी सुुमित्रा थापाले तरकारीको प्रतिकेजी मूल्य अदुुवाको चार सय, खुुर्सानीको चार सय, लौका, प्याज, गाँजर, मूला, भिण्डी, हरियो सिमी, भण्टा, काउली, बन्दाकोभी, गोलभेडा र बोडीको २५० रुपियाँमा बिक्री भइरहेको जानकारी दिँदै भन्नुभयो–‘सर्वसाधारणले त यो तरकारी किन्नै सक्दैनन् । ’
स्थानीय स्तरमा उत्पादन नहुने र तराईतिरबाट हवाइजहाजमा ढुवानी गर्नुपरेकाले तरकारीको मूल्य यति धेरै भएको हो ।  यी तरकारीको ढुवानी खर्च नेपालगञ्जबाट प्रतिकेजी १३० रुपियाँ र सुर्खेतबाट १२० रुपियाँ तिर्ने गरेको पनि उहाँले बताउनुुभयो ।  simkot tarkari
सिमकोट बजारवासी यस्तै महँगोमा तरकारी किनेर खाने गर्छन् ।  यहाँ साउनदेखि असोजसम्म तीन महिनाबाहेक अन्य नौ महिना नेपालगञ्ज र सुुर्खेतदेखि  हवाइजहाजबाट ढुवानी गरेको तरकारीकै भरमा बित्छ ।  
अहिलेको समयमा जिल्लामा हरियो साग, आलुु र धनियाबाहेक अन्य कुुनै पनि तरकारी उत्पादन हुँदैन र नेपालगञ्ज र सुुर्खेतबाट हवाइजहाजमा हालेर सिमकोट पु¥याउनुपर्छ ।  ‘हवाइजहाजबाटै ल्याएपछि महँगो पर्ने र महँगो तरकारी खाने बाध्यता छ’– यहाँकोे विजय होटेलकी सञ्चालक याङ्की लामाले भन्नुुभयो ।  
महँगो तरकारीको सबैभन्दा बढी मार सिमकोट बजारमा बस्ने कर्मचारी, शिक्षक, व्यापारी र ठेकेदारलाई पर्ने गरेको विनिता स्टोरकी गीता खड्काले बताउनुुभयो ।  ‘केही नभएपछि महँगै भए पनि खानै प¥यो’– उहाँले दुुखेसो पोख्नुुभयो ।  
उपभोक्ता मात्रै होइन, यहाँका तरकारी व्यापारी पनि उस्तै मर्कामा छन् ।  सिमकोट बजारमा तीनवटा मात्र तरकारी पसल छन् जसमध्येको एक थापा तरकारी मण्डीकी सुुमित्रा थापाले जिल्ला बाहिरको तरकारी ल्याएर व्यापार गर्दा खासै फाइदा नहुुने र तर पनि जीवन निर्वाह भइरहेको बताउनुुभयो ।  
सिमकोटमा तीनवटा तरकारी पसलमा दैनिक दुई क्विन्टल तरकारी आउने गरेको र पछिल्लो बिहानसम्म सबै बिक्री हुने गरेको सम्झना तरकारी केन्द्रका माधव केसीले बताउनुुभयो ।  
एक वर्षदेखि सुुर्खेतबाट आएर सिमकोटमा तरकारी व्यापार गर्दै आउनुभएका केसीले महँगोमा तरकारी बिक्री गर्दा पनि उपभोग गर्ने ग्राहक धेरै भएको बताउनुुभयो ।  
खाद्यान्न, तरकारी र अन्य सामग्रीको चर्को ढुवानी खर्चको कारण महँगो भएको कारण होटलमा पनि महिनाबारी खाना खाँदा सात हजार पाँच सय तिर्ने गरेको जिल्ला अदालतका नायब सुुब्बा अनिपाल मल्लले बताउनुुभयो ।  दुुर्गममा महँगी भत्ता पाइन्छ भन्नुमात्र छ सबै होटलका लागि ठीक्क हुुन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना