काँग्रेसका अधिकांश उम्मेदवार टुङ्गो लागे

ncकाठमाडौँ, जेठ २७ गते ।  नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर २ बाहेक अन्यत्रका अधिकांश ठाउँमा उम्मेदवारको टुङ्गो लगाएको छ ।  पार्टी कार्यालय सानेपामा केही दिनयता निरन्तर बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उम्मेदवारी टुङ्गो लगाउन थालेको हो ।  
काँग्रेसले प्रदेश नम्वर १ मा सोलु र मोरङबाहेक अन्य स्थानमा उम्मेदवार टुङ्गो लगाएको छ भने प्रदेश नम्बर पाँचअन्र्तगत दाङको केही स्थान र प्रदेश नम्बर ७ को कञ्चनपुरका केही स्थानबाहेक अन्यत्र उम्मेदवार टुङ्गो लागेको छ ।  
एकै स्थानमा धेरै उम्मेदवारका आकाङ्क्षी रहेपछि पार्टी नेतृत्वलाई उम्मेदवार चयन गर्न भने कठिन भएको छ ।  शुक्रबारको बैठकले ५ नम्बर प्रवेशको लागि पनि धेरै उम्मेदवारको टुङ्गो लगाएको छ ।  २ नम्बर प्रदेशका लागि भने स्थानीय तहबाट सम्पूर्ण नामावली पार्टीमा आइपुगेको छैन ।  
प्राप्त नामावली मध्येबाट उम्मेदवारको टुङ्गो लगाउने काम भइरहेको केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।  अब केही स्थानका लागि मात्र उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको र सकेसम्म छिटो टुङ्गाइने उहाँले जानकारी दिनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना