पर्यटन प्रवद्र्धन र सम्भावना

Puru risalपुरु रिसाल


 

 आर्थिक विकासको एउटा मापदण्ड पर्यटन व्यवसाय हो ।  जलस्रोत कृषि र सेवा क्षेत्रका साथै पर्यटनलाई सुदृढ गराउदै लैजान सके आत्मनिर्भर अर्थतन्त्रले पmड्को मार्न सक्छ ।  त्यसैले पर्यटन प्रवद्र्धनलाई नेपालले प्राथमिकता भित्र राखेको छ ।  विभिन्न कारणले नेपाल पर्यटनको आकर्षण केन्द्रको रूपमा रहेको छ ।  एकसिँगे गैँडा र पाटेबाघसहितको निकुञ्ज, ऐतिहासिक महìवका मठ, मन्दिर र गुम्बाहरू, अग्ला हिमाल र पर्वतारोहणजस्ता कुराले पर्यटकलाई नेपालप्रति आकर्षित गरेको छ ।  अर्कोतिर अत्याधुनिक प्रविधि प्रयोगमा आइसकेको हुँदा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालको सहयोग पर्यटन क्षेत्रमा परेको छ ।  त्यसैले नाम चलेका सञ्चारमाध्यमले अध्ययनको आधारमा विश्वका नघुमी नहुने गन्तव्यको ठाउँमा नेपालको नाम समावेश गर्दै आएका छन् ।  त्यसो भए विश्वबाट प्रवेश पाउने पर्यटकको सङ्ख्या किन अपेक्षाकृत बढ्न सकेन ? यसका पछाडि थुप्रै चुनौती छन् ।  
   विश्वका २८ वटा विमान कम्पनीले उडान गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले अहिलेको यात्रु प्रवाहलाई उचित सेवा पु¥याउन सकेको छैन भने त्यसमा थपिने यात्रु सङ्ख्यालाई कसरी व्यवस्थापन गर्ने ? निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरेको लामो समय भइसक्दा पनि कार्यान्वयन पक्षमा नगण्य काम भएको छ ।  २८ अन्तर्राष्ट्रिय विमान कम्पनीका साथै सयौँको सङ्ख्यामा आन्तरिक उडान गर्ने विमानस्थलको रनवे एउटै मात्र छ ।  अनि अवतरण गर्न नपाएर कैयौँ विमान आकाशमा घुमाएर राख्नुपर्छ ।  एकैपल्ट ४÷५ वटा विमान अवतरण गरे भने अध्यागमन पार गर्न घण्टौँ कुर्नु पर्ने हुन्छ ।  पहिलो चरणमा नै यात्रुले अव्यवस्थाको शिकार बन्नुपर्छ ।  
महँगो यात्रा ः नेपालको यात्रालाई अपेक्षाकृत महँगो गन्तव्य मानिन्छ ।  राष्ट्रिय ध्वजावाहकसँग पर्याप्त मात्रामा विमान नभएको फाइदा अन्य विमान कम्पनीले उठाइरहेका छन् ।  विमान भाँडा महँगो भएपछि गन्तव्य महँगो हुनु स्वाभाविकै हो ।  नेपाल एयरलाइन्सको उडान नभएका ठाँउबाट नेपाल आउन अपेक्षाकृत बढी भाडा तिर्नुपर्ने अवस्था छ ।  अहिले
रु. १६ देखि २० हजारको हाराहारीमा आतेजाते उडान गर्न सकिने काठमाडौँ दिल्लीको भाडा नेपाल एयरलाइन्सको विमानको उडान स्थगित भएको बेला ४६ हजारसम्म तिर्नु परेको यात्रुको अनुभव छ ।  त्यसैले जति बढी सङ्ख्यामा निगमले विमान थपेर उडान गन्तव्य बढाउन सक्छ, त्यति नै सस्तो यात्रा हुन जान्छ ।  
कालोसूची ः युरोपियन युनियनले नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राखेको छ ।  परिणामस्वरूप न त युरोपियन कम्पनीका उडान (टर्कीलाई छाडेर) नेपालमा हुने गरेको छ न त नेपाली विमान कम्पनीका उडान गर्न पाउँछन् सुधारका प्रयास गर्दागर्दै पनि नेपाल कालोसूचीबाट हट्न सकेको छैन ।  अहिले फेरि अध्ययन प्रारम्भ गरेको छ अपेक्षा गराँै आउँदा तीन महिनासम्ममा नेपाल युरोपियन युनियनको कालो सूचीबाट बाहिर आउनेछ ।  
थपिदो होटेल स्थिर यात्रु सङ्ख्या – सन् २०११ को पर्यटन वर्ष मनाए यता यात्रु सङ्ख्या बढ्दै गएको थियो ।  नेपाल द्वन्द्वबाट बाहिर आएको छ, शान्तिको वातावरण छ भन्ने सन्देशले पर्यटन बढ्न थालेको थियो ।
सन् २०१५ मा ८ लाखभन्दा बढी पर्यटक भित्र््याउन सकियो ।  होटेल– रिसोर्ट क्षेत्र उपलब्धिमूलक बन्दै गएको थियो तर अभागीले खाने बेलामा आँधीबेरी भनेझँै देशमा अस्थिरताको खेल शुरु भयो ।  मधेश आन्दोलन र सीमाना भएको गडबडीले पर्यटन आगमनमा ४० प्रतिशतले गिरावट आयो ।  परिणामस्वरूप होटलमा लगानी गर्नेहरू पछि हट्न थाले ।  युरोप र अमेरिकासम्मको हवाई सम्पर्क भएको भए यति घट्ने थिएन – परिणाम स्वरूप होटेल अकुपेन्सी घटेर ५० देखि ७० प्रतिशतमा आयो तर पनि अहिलेसम्म थेगिएको छ ।
कार्ययोजनाको अपरिपक्वता ः –विमान भए पनि कुन क्षेत्रबाट कतिसम्म पर्यटक भित्र््याउन सकिन्छ भन्ने विश्लेषण गर्न नसक्नुले पनि पर्यटक सङ्ख्या अपेक्षाकृत बढ्न सकेन ।  नेपालले पर्यटक भित्र््याउन टाढा जानु पर्दैन ।  करोडौँको सङ्ख्यामा आफ्नै छिमेकी देश भारत र चीनबाट पर्यटक ल्याउने व्यावहारिक योजना बनाउन सके पर्याप्त मात्रामा आगमन गराउने सरकारी गुरुयोजनाको लक्ष्य पूरा गर्न सकिन्छ ।  अतः त्यसैअनुसार काम गरी चालू अवस्थामा रहेका २३ हजार कोठा भर्ने कार्ययोजना बनाई अन्तर्राष्ट्रिय पर्यटक तान्नु पर्छ ।  
अहिले नेपाल वायुुसेवा निगमले भारतका दिल्ली, बैंगलोर र मुम्बईमा उडान सञ्चालन गरेको छ ।  मुम्बईका व्यवसायी पर्यटक र बैंगलोरका धार्मिक पर्यटक तान्न सके अहिलेको उडानसङ्ख्या बढाउन सकिन्छ ।  उत्तर प्रदेश सरकारले मानसरोवर यात्रामा जान चाहने यात्रुलाई प्रतिव्यक्ति एक लाख भारु. अनुदान दिने घोषणा गरेको छ ।  भारतबाट मानसरोवर जान नेपालको बाटो सजिलो मानिन्छ ।  त्यसैले पर्यक बढ्न थालेको यो मौकालाई पनि सदुपयोग गर्न सक्नुपर्छ ।  अहिले नेपालगञ्ज, हुम्ला हँुदै मानसरोवर जानेको सङ्ख्या उल्लेखनीय छ ।  
नेपालले पर्यटन प्रवद्र्धनका लागि उठाएका विभिन्न प्रयासमध्ये नेपाल पर्यटन बोर्ड पनि एउटा हो ।  मन्त्रालय वा पर्यटन विभागबाट हुने सरकारी कानुनी जटिलताजन्य कामभन्दा स्वायत्त निकायको रूपमा बोर्डले गर्ने काम प्रभावकारी हुन सक्छ ।  बोर्डलाई आम्दानीको खाँचो छैन, त्यसलाई पूर्ण सदुपयोग गरी नयाँ नयाँ सम्भावना र नयाँनयाँ गन्तव्य पहिचान गरी पर्यटक आकर्षणतिर लाग्नु पर्छ ।  आउदो वर्ष नेपाल वायुसेवाले खरिद गर्ने दुइटा वाइड्बडी विमानले सेवा दिन थाल्ने छन् ।  यसले केही मात्रामा भए पनि नेपाल सस्तो गन्तव्य बन्न सक्छ ।  भनिन्छ निगमसँग दुइटा वाइड्बडी र दुइटा न्यारो बढी विमान हुँदा बजारको ४० प्रतिशत अंश निगममा आउनेछ ।  कुनै पनि क्षेत्र जोखिम वा चुनौती शून्य हुँदैन, त्यस्तै हो पर्यटन क्षेत्र पनि तर यो विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत भएकाले कसरी यसबाट बढी लाभ आर्जन गर्न सकिन्छ भन्ने कुरामा विशेषज्ञको परामर्शसहित कुशल व्यवस्थापन कार्यन्वयन गर्ने हो भने माथि उल्लेखित चुनौती पार गर्दै नेपालको पर्यटन क्षेत्र सुनको फुलपार्ने कुखुरी बन्न सक्नेछ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना