प्रकृतिसँगको सामीप्य हराउँदै

namrata pandeडा. नम्रता पाण्डे

 

‘मानिसलाई  आवश्यक  सबै  चिज  प्रकृतिले  उपलब्ध  गरिदिएको  छ  तर  मानिसको  लोभलाई  प्रकृतिले  पूरा गर्न  सकेको  छैन’ – महात्मा गान्धी ।  महात्मा  गान्धीको  यो उद्गारले प्रकृतिमाथि हामीले गरेको अत्याचार स्पष्ट हुन्छ ।  
जीवन प्रकृतिको एउटा अभिन्न अङ्ग हो ।  मानिस, पशुपक्षी, जीव, जनावर, चराचुरुङ्गी, बोटबिरुवा  सबैका जीवन  प्रकृतिसँगै उत्पन्न भयो ।  प्रकृतिसँगै जीवन चल्छ र प्रकृतिमै जीवन समाप्त हुन्छ, यही नै जीवनको चक्र हो ।  हाम्रो जीवनसँग जोडिन आएका र जीवन जिउन आवश्यक चिज हावा, पानी, जमिन, बोटबिरुवा सबै पञ्चतŒवसँग सम्बन्धित वस्तु वातावरणभित्र पर्छन् ।  प्रकृतिमा उत्पन्न अरु जीव जीवाणुको तुलनामा मानिसले आफ्नो विकासक्रमलाई एउटा फैलावटको रुपमा अर्थात् विस्तारको क्रममा लग्दैछ ।  सारा संसार अहिले आ–आफ्नो तरिकाले फैलिने क्रममा छ र यही फैलावट नै विकासको परिचयक बनेको छ तर मानिसले त्यो सोच्न भ्याएको छैन कि उसको विस्तारको तरिकाले उसलाई फाइदा गरेको छ या छैन भनेर ।  अझ प्रस्ट भन्नुपर्दा मानवीय विकासको प्रकृतिले हाम्रो स्वाभाविक प्रकृति र वातावरणमा कति अहित गरेको छ भन्ने कुरा मानिसलाई होस पुगेको छैन ।
विकासकै क्रममा मानिसले आफूलाई बाहिरबाट देखिने कुरा मात्र विकास हो भन्ने भ्रम बोकेर बसेको छ ।  मानिसले आफ्नो सारा चेतना बहिर्मुखी विकासमा लगाएको छ ।  भौतिक संसारमा यही बहिर्मुखी विकास नै विकासको परिचय हो, यसलाई नकार्न पनि जरुरी छैन तर जीवन र प्रकृति अनि हाम्रो वरिपरिको वातावरणलाई नियालेर त्यसको केन्द्र खोज्ने हो भने हाम्रो विकासको गति या शक्तिको केन्द्र पनि त्यही भेट्न सकिन्छ अर्थात् बाहिरी परिधिमा मात्र हाम्रो फैलावट, हाम्रो विकास केन्द्रित रह्यो भने वास्तविक केन्द्रबाट हामी टाढा पुग्न सक्नेमा कुनै शङ्का नै छैन ।  संसारमा उत्पत्ति भएका हरेक चिजले आफ्नो स्वकेन्द्रमा फर्कने प्रयास गरेका हुन्छन्, त्यो सचेत अवस्थामा होस् या अचेत अवस्थामा ।  मानिस मात्र त्यो विवेकशील प्राणी हो, जसले सचेत अवस्थामा आफ्नो चेतनालाई जगाएर स्वयंको केन्द्रमा फर्कन सक्छ र त्यो भित्रि ऊर्जाको अनुभूति गर्न सक्छ ।  त्यसको माध्यम हो प्रकृतितिर फर्कनु ।  आफ्नो  उद्गमतिर  फर्कनु  र आफ्नो  विकासक्रमसँगै  प्रकृति र  वातावरणको ख्याल गर्नु ।
मानिसको सभ्यताको विकास क्रमसँगै प्रकृति माथि हामीले गरेको अत्याचार अरु बढ्दै गएको कुरा आज विश्वसामु र हाम्रो आँखा अगाडी छर्लङ्ग छ ।  आधुनिकीकरणको नाममा बढ्दै गएका बहरी बस्ती र कलकारखाना अनि अरू सबै विकासका मापनले पु¥याएको वातावरणीय असर नै वातावरण प्रदूषणका कारण हुन् ।  विश्वभरका मानिसलाई अहिले समस्या परेको छ, त्यो हो वातावरणमा आएको समस्या ।  भूमण्डलिय उष्मीकरणले ल्याएको समस्याले  विश्वभरको वातावरणमा प्रभाव पारेको छ ।  भौतिक विकासको चरमता भोगिसकेका विकसित राष्ट्र  पनि  आज वातावरण जोगाउने अभियानमा लागेका छन् ।  वातारणविद् अर्ल नैटिंगलले भन्नुभएको छ– ‘हाम्रो पृथ्वी, हाम्रो वातावरण, जहाँ हामी बस्छौँ त्यो हाम्रो स्वभाव, हाम्रो आचरण देखाउने ऐना हो । ’  विश्वभरका मानिसलाई अहिले समस्या परेको छ, त्यो हो वातावरणमा आएको समस्या ।  भौतिक विकासको चरमता भोगिसकेका विकसित  राष्ट्र  पनि  आज वातारण जोगाउने अभियानमा लागेका छन् ।  बाहिरको भौतिक विकास प्राप्त गर्दा प्रकृतिलाई कस्तो असर ग¥यो भन्ने ती विकसित राष्ट्रले समेत होस् पाएनन् ।  प्रकृति, वातावरण र मानव सभ्यता एकअर्काका अभिन्न अङ्ग हुन् भन्ने ध्यान गएन ।  बाहिरको विकास भौतिक केही पाउन गरिने प्रयास हो भने वातावरण हामीसँग भएको कुरालाई जोगाउनु  हो, संरक्षण गर्नु हो ।  हाम्रो नेपालजस्तो विकासशील राष्ट्रको कुरा गर्नु पर्दा वातावरण प्रदूषण र यसले हाम्रो  जीवनमा पारेको प्रत्यक्ष असर हामीले दिन प्रतिदिन भोगिरहेका छौँ तर वातावरण कसरी प्रदूषित भइरहेको छ भन्ने कुरा परिधिमा खोजेर भेटिँदैन हाम्रो चेतनाको केन्द्रमा त्यो खोजिनु जरुरी छ ।  बाहिर हामीले धेरै खोज्यौँ कहिले सेमिनार–गोष्ठी गरेर त कहिले कहिले फोहोरमैला व्यवस्थापन गरेर ।  कहिले रुख–बिरुवा रोपेर त कहिले वातारण जोगाउँ भन्ने नारा जुलुस अनि कहिले वैदेशिक सहायताको आश गरेर त कहिले सरकारको योजनाको मुख ताकेर ।  अब हामीलाई प्रस्ट भइसकेको छ, यी सब हाम्रा बहिर्मुखी प्रयास हुन् ।  
प्रकृतिले हामीलाई हाम्रो जीवन जिउन आवश्यक सबै कुरा उपलब्ध गराएको छ तर त्यसको सट्टामा हामीले प्रकृति प्रति अहोभाव धन्यवाद व्यक्त गर्नुको सट्टा प्रकृतिमाथि कुदृष्टि लगाउँदै आएका छौँ ।  वनजङ्गल फाडेर घरबस्ती, शहर बढाउँदै छौँ ।  खोलानाला च्यापेर घर निर्माण गर्दैछौँ ।  खोलानालाको बग्न पाउनुपर्ने अधिकार खोसिदिएका छौँ ।  बाटोका छेउछाउमा, घर वरिपरि र खोलानालामा फोहोर लगेर फालिदिएका छौँ ।  विशाल प्रकृतिको स्वभावलाई आफ्नो स्वार्थका लागि सङ्कुचित बनाइदिएका छौँ ।  अव्यवस्थित बस्ती बसाएर व्यापारिक फाइदा लुट्न अगाडी बढेका छौँ ।  बाटोघाटो, चौडा सडक र हरियाली वातावरण हाम्रो आवश्यकता हुँदाहँुदै उजाड भूमि बनाउन मानिस नै कस्सिएका छन् ।  आफ्नो घरको, आफ्नो टोल वरिपरिको फोहोर व्यवस्थापनको समेत हामीलाई हेक्का छैन ।  आफ्नो चेतना उर्धगमन गराएर सहज र शान्तिपूर्ण, प्रेमपूर्ण जीवन जिउने अवसर आफैँले गुमाउँदै छन् मानिस ।  आफ्नो खुट्टामा आफैँले बञ्चरो हान्ने प्रवृत्तिको मानिसले प्रकृति माथि सकेसम्मको अत्याचार गरेको छ ।  पशुपक्षी प्रकृतिको नियमअनुसार चलेका हुन्छन् ।  पशुपक्षीले प्रकृतिमाथि अत्याचार गरेको हामीले सुनेका र देखेका छैनाँै तर मानिसमा यो चेतना जागेको छैन ।  यो अत्याचारको बोध हुन मानिस अब प्रकृतितिर फर्कनुपर्छ ।  आफ्नो उद्गम र आफ्नो स्वभाव अनि आफ्नो केन्द्रतिर फर्कनु जरुरी छ ।  प्रकृति र वरिपरिको वातावरणसँग मित्रता गाँस्नु जरुरी छ ।  प्रकृतिको सहनशीलताको ख्याल गरिनुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना