पुरातात्त्विक महत्त्वका स्थान

gopi gewaliगोपी ज्ञवाली

 

पुरातात्त्विक एवं ऐतिहासिक हिसाबले महत्त्व राख्ने स्थान एवं वस्तुको विषयमा चर्चा गर्दा नवलपरासीका दर्जनौँ स्थानमा पुरातात्त्विक महत्त्वका वस्तु फेला परेका छन् ।  विभिन्न समयमा जिल्लाको विभिन्न स्थानमा ऐतिहासिक एवं पुराताìिवक महत्त्वका वस्तुहरू फेला परको भए पनि सम्बन्धित निकायले ती स्थान र वस्तुहरूको संरक्षण एवं अध्यनलाई अघि बढाउन नसकेको महसुस गरिएको छ ।  शब्दको हिसाबले कुरा गर्ने हो भने पुरातìव अङ्ग्रेजी भाषाको प्रिहिस्ट्रीबाट आएको शब्द हो ।  प्रि को अर्थ पहिला र हिस्ट्रीको अर्थ इतिहास अर्थात् लिखित इतिहास भन्दा पहिलाको इतिहासलाई प्रिहिस्ट्री भनिन्छ ।  लिखित इतिहासभन्दा पहिलाका इतिहासको अध्यन गरिने विषयलाई प्रिहिस्ट्री भनिन्छ यसको नेपाली अर्थ पुरातìव हुन्छ ।  नवलपरासीमा पुराताìिवक महìवका विभिन्न स्थानहरूमा बुद्ध कालीन वा बुद्धको समकालीन इतिहास रहेका दर्जनौँ स्थान फेला परेको भए पनि अहिलेसम्म आवश्यक अध्यन एवं उत्खनन हुन सकेको छैन ।     
गौतम बुद्धको मावली स्थान ऐतिहासिक कोलीय राज्यको राजधानी प्राचीन देवदह (पंडितपुर), त्रिवेणीसुस्ता गाउँपालिकामा रहेको ऐतिहासिक जितपुरगढी, रामनगर गाउँपालिका वार्ड नम्बर ३ वर्दगोरिया मन्दिर परिसर, सुनवल नगरपालिका वडा नम्बर ८ को बैरगनाथ मन्दिर क्षेत्र, वडा नम्बर ७ को ऐतिहासिक देवदह पोखरी, कावासोती नगरपालिकाको वडा नम्बर १० को हरमासीमा फेला परेको प्राचीनकालीन इनार, कावासोतीको कोटटाडी क्षेत्रमा विभिन्न समयमा फेला परेका पुराताìिवक वस्तुहरू ।  बुद्धको अखण्डित आठौँ समाधी स्थल रहेको रामग्राम स्तुप, बुद्धको मावली स्थल प्राचीन देवदह (पंडितपुर), धौवादीको मुकुन्दपुरगढी, रतनपुरको रुद्रपुरगढी लगायतका दर्जनौँ स्थान र त्यहाँबाट प्राप्त वस्तुहरू नवलपरासीमा रहेका छन् जसको विस्तृत अध्यन उत्खनन बाँकी रहेको छ ।  दर्जनौँ ऐतिहासिक एवं पुराताìिवक महìवका स्थान र तिनको महìवको विषयमा विस्तारमा चर्चा गर्न सकिन्छ ।    
रामग्राम स्तुप ः उत्खनन र अध्यनको पर्खाइमा रहेको गौतम बुद्धको मृत्युपछि बुद्धको आठौँ अस्तु राखिएको स्थान हो रामग्राम स्तुप ।  नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राममा रहेको स्तुप विश्वका विभिन्न आठ स्थानमा बुद्ध अस्तुहरू मध्ये एक हो ।  विश्वका विभिन्न आठवटा स्थानमा रहेका स्तुपहरू मध्य नेपालमा रहेको एक मात्र अस्तु नवलपरासीको रामग्राम नगरपालिकामा रहेको छ ।  गौतम बुद्धको मृत्युपछि उहाँको अस्तुलाई, मगध, वैशाली, कपिलवस्तु, अल्लकप्पा, कोलियनगर, वाथाडिपा, पावा एवं कुशिनगर गरी तात्कालीन आठवटा गणराज्यका राजालाई बुद्धको अस्तु दिइएको थियो ।  तत्कालीन ती राजाले बुद्धको अस्तु गाडेर समाधीस्थल वा स्तुप बनाएका थिए ।  यसरी आठ भागमा बाँडिएका मध्य नवलपरासीको रामग्राम स्तुपहरू प्राचीनकालीन कोलीय राज्यको राजधानी हालको रामग्राम नगरपालिका भएको स्थानमा बुद्धको अस्तु गाडेको स्थानमा स्तुपा बनाइएको थियो ।   
नवलपरासीको सदरमुकाम परासी देखी ३ किलोमीटर दक्षिण उज्जैनीमा रामग्राम स्तुप छ ।  रामग्राममा रहेको स्तुप बुद्ध धर्मको धार्मिक एवं पुराताìिवक दृष्टीकोणले अत्यन्तै महìवपूर्ण मानिन्छ ।  बौद्धको जन्मस्थल लुम्बिनी देखी पूर्वकरिब २५ किलो मिटरको दूरीमा रहेको ऐतिहासिक रामग्राम स्तुपको २०५८ मा प्रारम्भिक उत्खनन गरिएको थियो ।  उत्खननपछि बुद्धको समाधि स्थल भएको प्रमाणहरू फेला परेका थिए ।  रामग्रामको आवश्यक उत्खनन, अध्यन एवं प्रचार प्रसारको अभाव भएको महसुस गरिएको छ ।  ऐतिहासिक एवं पुराताìिवक महìवको रामग्राम स्तुप उचित संरक्षण एवं प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।  सत्रौँ सताब्दीमा ईसापूर्व ४०० मा मगधका सम्राट अशोकले यी विश्व भरिका सातवटा स्तुपहरू फुटाएर त्यहाँको अस्तु विश्व भरीका चौरासी हजार विभिन्न स्थानमा लगेर बुद्ध धर्मको प्रचारका लागि चौरासी हजार स्थानमा पुनः स्तुपा निर्माण गराएका थिए तर नवलपरासीको रामग्राम स्तुपलाई फुटाउन खोज्दा स्थानीय नाग जातिका मानिसले स्तुपा फुटाउन नदिएपछि अहिलेसम्म यो स्तुप अखण्डित रहेको छ ।  त्यसैले विश्वका आठवटा स्तुपाहरूमध्ये नफुटाइएको एकमात्र गौतम बुद्धको अस्तु रहेको स्तुप नवलपरासीको रामग्राम स्तुप रहेकोले यो ऐतिहासिक एवं पुराताìिवक रुपले अत्यन्तै महìवपूर्ण छ ।  
बर्दगारिया पुराताìिवक स्थलः नवलपरासी रामनगर गाउँपालिकामा रहेको वर्दगारिया मन्दिर परिसरमा विभिन्न समयमा केही गहिराइमा खन्दा समेत र वर्दगरिया नजिकैबाट भए बगने भूमही पानभार खोलको कटानबाट समेत विभिन्न प्रकारका पुराताìिवक महìवका वस्तुहरू फेला परेका छन् ।  मन्दिर बनाउँदा वा अन्य विभिन्न समयमा खन्ने क्रममा पुराताìिवक महìवका विभिन्न प्रकारका प्रमाण फेला परेको भए पनि आवश्यक उत्खनन् अध्ययनको अभावमा प्रागैतिहासिक प्रमाणहरू समेत नष्ट हुने खतरा बढ्दै गएको छ ।  बुद्धको समकालीन कालमा यस क्षेत्रमा राजा राजारामको राज्य क्षेत्र रहेको मानिने गरेको छ भने यो मन्दिर बर्दगोरीया फेला परेका विभिन्न वस्तुहरू त्यही समयको हुन सक्ने अनुमान गरिएको छ ।  पूर्व पश्चिम राजमार्गको भूमहीदेखि तीन किलोमीटर उत्तरमा रहेको बर्दगारिया मन्दिर क्षेत्रमा विभिन्न समयमा खन्दा एवं मन्दिर निर्माणका क्रममा प्रागैतिहासिक कालका माटाका भाँडा, विभिन्न प्रकारका मूर्ती, इनार, पुरानो समयका इँटा, ताम्रपत्र लगायतका वस्तुहरू फेला परेको मन्दिरका मूल पुजारी विक्रम गिरीको भनाइ छ ।  वर्दगारिया मन्दिर क्षेत्रलाई पुरातìव विभागले नवलपरासीमा रहेका पुराताìिवक महìवको स्थानहरूको सूचीमा सूचिकृत गरेको भए पनि थप उत्खनन् अध्ययन हुन सकेको छैन ।   मन्दिर नजिकैबाट भएर बग्ने भूमही पानभार खोलाले मन्दिर क्षेत्रको भूमि कटान गर्दा २०५४ सालमा मन्दिरको डिकमा एक ताम्रपत्र फेला परेको थियो ।  जसमा विभिन्न प्रकारका प्राचीन लिपि लेखिएको थियो ।  
बुद्धको मावली स्थान (प्राचीन देवदह) पंडितपुर ः  गौतम बुद्धको मावलीस्थल देवदह कहाँ रहेको थियो भन्ने विषयमा पुराताìिवक एवं प्रागैतिहासिक क्षेत्रमा चासो राख्नेहरूका लागि प्राचीन देवदहको ठूलो महìव रहेको छ । पछिल्ला समयमा विभिन्न चरणमा गरिएका उत्खनन् अध्यनले बुद्धको मावलीस्थल देवदह वा बुद्धको समकालीन कोलीय राज्यको राजधानी प्राचीन देवदहमा रहेको नवलपरासीको पंडितपुरमा प्राप्त प्रमाणहरूले देखाएका छन् ।  पुरातìव विभागले उत्खनन्को सूचीमा राखेका स्थानहरू मध्ये यो स्थान क्रमशः उत्खनन्को क्रममा रहेको छ ।  विभिन्न चरणमा गरिएको उत्खनन्बाट प्राप्त प्रमाणले बुद्धको मावली प्राचीन देवदह नवलपरासीको पंडितपु गाउँपालिकाको हकुईमा रहको प्रमाणहरू नेपाली पुरातìवविदहरूले फेला परेका छन् ।  पुरातìव विभागले अध्ययन गरी प्रमाणहरू फेला पारेको भए पनि यसले अन्तर्राष्ट्रिय मान्यता भने पाउन बांँकी रहेकोे बताइएको छ ।  
प्रागैतिहासिक बैरगनाथ क्षेत्र ः यसै गरी सुनवल नगरपालिका वार्ड नम्बर ८ बैरगनाथमा २०६९ मंसिरमा नयां मन्दिर बनाउनका लागि स्थानीयबासीहरूले जग खन्ने क्रममा करिब २२ सय वर्ष भन्दा पुराना केही ईटा, दिवार एवं पुराताìिवक महìवका वस्तुहरू भेटिएको छ ।  त्यस पछि लुम्बिनी विकास कोष र पुरातìव विभागले यो स्थान पुराताìिवक हिसाबले अत्यन्तै महìवपूर्ण रहेको भन्दै स्थानीय मन्दिर विकास समितीलाई मन्दिरको पुर्ननिर्माण गर्न रोक लगाएको छ ।  त्यसको अगाडी उत्खनन अध्यन हुन सकेको छैन ।  सार्वजनिक रुपमा रहेको यो मन्दिर परिषरमा पुरातìव विभागले अन्य उत्खनन गर्न रोक लगाएको छ ।  तर जिल्लाको पुरातìवीक महìवको स्थानहरू मध्य पुरातìव विभागले प्रकाशित गरेको पुस्तकमा यसको नाम वा अन्य विवरण राखीएको छैन ।  
प्राचीन देवदह पोखरी ः यसै गरि नवलपरासीको सुनवल वार्ड नम्बर ७ तरगौलीमा ऐतिहासिक देवदह पोखरी रहेको छ ।  बुद्ध कालीन ऐतिहासिक देवदह पोखरीको संरक्षण एवं सम्बर्धन गर्ना स्थानीय बासीको मात्र सक्रियता रहेको छ ।   ऐतिहांसिकताको हिसावले हेर्दा सो पोखरी बुद्धकालीन भएको स्थानीयवासीको दावन रहेता पनि पोखरीको ऐतिहासिकता पत्ता  लगाउन अध्यन बकी रहेको छ ।  पोखरीको संरक्षणका लागि स्थानीय स्तरबाट प्रयास भई रहदा लुम्बिनी विकास कोषको प्रर्यटन प्रवर्धन समितीबाट केही रकम विनियोजित हुदै आएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना