समाज विकासमा समाजशास्त्रीय भूमिका

murari dhungelमुरारी ढुङ्गेल


समाज विकास सामाजिक विकासको सर्वव्याकता हो ।  कुनै पनि विकासको गहिरो विश्लेषण गर्ने हो भने समाजको चौतर्फी विकाससँग यसको प्रगाढ तथा सुमधुर सम्बन्ध रहन्छ ।  व्यक्ति विकाससँगै समाज र समग्र राष्ट्र विकास जोडिएको हुन्छ ।  यसर्थ विकासको मूल जरोको रूपमा व्यक्तिको व्यक्तित्व विकासदेखि नै परिवर्तन हुनु अनिवार्य ठानिन्छ ।  समाजमा विद्यमान घटना क्रम, स्थानीय आवश्यकता, भौतिक पूर्वाधार, ऐतिहासिक पृष्ठभूमि, भावी विकासका रणनीतिहरू जस्ता गहन र महìवपूर्ण विषयमा समाजशास्त्रीय तथा मानवशास्त्रीय रूपमा समाजको विश्लेषण हुनु जरुरी छ ।  
विश्वका सम्भ्रान्त वा विकसित देशहरूले सन् १९५० अगाडिको दशकदेखि विकासको नाममा भएको केवल आर्थिक विकासले समाज झन् तहसनहस बन्न पुग्यो ।  तत्कालीन विश्व समुदायमा विभेदका खाडल झन्झन् फराकिलो बन्न पुगे ।  आर्थिक रूपमा धनी र गरिब राष्ट्र बीचको दूरी तथा सम्बन्ध झन् टाढा हुन गयो ।  धनी राष्ट्र दिनानुदिन अझ धनी र गरिब राष्ट्र झनै गरिब बन्दै जानुले विश्वमा वस्तु तथा सेवा अभावको सृजना भयो ।  जसको परिणामस्वरूप केवल आर्थिक विकास मात्रले वास्तविक समाज विकास हुन नसकेको ठहर गरियो ।  र सन् १९७० को दशकबाट आर्थिक विकाससँगै सामाजिक तथा वातावरणीय विकासलाई जोड दिन थालियो ।  अझ ९० को दशकसम्म आइपुग्दा विकासलाई भौतिक विश्लेषणमा मात्र सीमित नराखी सामाजिक तथा मानवीय सवालमा विश्लेषण गर्नुपर्ने अवधारणाको विकास भयो ।  यसलाई समाजशास्त्रीय तथा मानवशास्त्रीय भूमिकाको रूपमा लिन सकिन्छ ।
विश्वका हरेक राष्ट्रले जसरी वास्तविक रूपमा विकासका रणनीति अंगीकार गरे त्यसको केही अभ्यास नेपाली समाजमा नभएको होइन ।  तर योजना अनुसारको उपलब्धि छैन ।  जसको एउटा महìवपूर्ण कारणमा नेपालको समाज विकासमा समाजशास्त्रीय भूमिका, पहुँच तथा प्रयोगको अभाव हो भन्नु अतिसयुक्ति नहोला ।  नेपाली समाजलाई मिहीन रूपमा विश्लेषण गरेर विकासका खाका कोर्न नसक्नु अर्को कारक हुनसक्छ ।  समाजशास्त्रीय ज्ञान तथा अन्तरदृष्टिविना समाज विकास प्रायः असम्भव छ ।  समाजको जटिलता एवं वातावरणीय अनुकूलनतालाई आत्मासात् नगरी केन्द्रीय तहबाट योजनाका नाममा भएका विकासका प्रयास सफल हुन सक्दैनन् ।  समाजलाई ‘समाजकै चश्मा’ प्रयोग गरेर हेर्नुपर्ने हुन्छ, ‘तथापि यस्तो ज्ञान, अन्तरदृष्टि केवल समाजशास्त्रीयसँग मात्र हुुन्छ’ भनिन्छ ।  समाजमा परापूर्वक कालदेखि चलिआएका सामाजिक जटिलता–अप्ठ्याराहरू तथा सांस्कृतिक परम्पराको विश्लेषण नगरी थालिएका समाज विकासका जस्तासुकै प्रयास सफल हुन सक्दैनन् ।  अझ हाम्रो जस्तो बहुभाषी, बहुजाति, बहुसांस्कृतिक अनि भिन्न–भिन्न भौगोलिक धरातलीय स्वरूप भएको समाजमा यहाँका पृथक् पृथक् मूल्य–मान्यता, परम्पराको बारेमा ज्ञान हुनु नितान्त आवश्यक रहन्छ ।  नेपाली समाजका विभेदका कडीहरूलाई अन्ततः महìवपूर्ण रूपले नपर्गेली यहाँ भित्रका जातिगत, धार्मिक, भाषिक, साम्प्रदायिक रूपमा रहेको लैङ्गिक विभेद र असमानता हटाउन सकिँदैन ।  आर्थिक तथा सामाजिक विकासका लागि यस्ता समस्या नहटाई विकास सम्भव छैन ।  वर्तमानमा क्षेत्रगत रूपमा उठिरहेको क्षेत्रीय विभाजन, स्वायत्तताका विषयका आवश्यक मुद्दामा सुनुवाइ हुनुपर्दछ ।  क्षेत्रका आधारमा पछि परेका समुदायलाई समेटिनु पर्छ ।  स्थानीय साधन र स्रोतको पहिचान गरी प्रयोगमा ल्याउनु अनिवार्य छ ।  त्यस्ता स्रोत साधनको उपभोगका लागि राष्ट्रिय तवरबाट स्थानीय समुदायको संलग्नतामा  निश्चित र सर्वमान्य नीति नियम बनाई समस्या सुल्झाउनु पर्ने हुन्छ ।  
नेपालको राष्ट्रिय योजनाहरूले सामाजिक विविधतालाई खासै ख्याल नगरी योजना तर्जुमा गरेको हुन्छ भन्ने आरोप लाग्ने गरेको छ ।  राष्ट्रिय योजनामा विकेन्द्रित कार्ययोजना सञ्चालन गर्ने सम्बन्धमा समाजशास्त्रीय रूपमा जोड दिएको पाइँदैन ।  जनमुखी विकास केवल नारा तथा योजनामा मात्र सीमित बनेको यथार्थ हाम्रो सामु प्रस्ट छ ।  पिछडिएको वा पछिपारिएको वर्ग, समूह, क्षेत्र तथा लिङ्ग जो विकासको मूल प्रवाहमा आउन सक्ने वातावरणको अभाव छ ।  गरिबी निवारण वा न्यूनीकरणको मूल मुद्दा विगतका केही पञ्चवर्षीय योजनाले उठाए पनि यसमा हुने खाने र सम्भ्रान्त वर्गको नै हालीमुहाली रहेको छ ।  वास्तविक समेटिनु पर्ने वर्ग–समूहको सहभागिता तथा सम्बोधन हुन सकेको छैन ।  यी र यस्ता समस्याको पहिचान नभएको होइन तर यहाँ दिलचस्पी र इमान्दारीको अभाव देखिन्छ ।
नेपाली समाज र संस्कृतिका विभिन्न मूल्य मान्यता, धर्म–परम्परा, समुदायभित्रको ज्ञान, सीप–क्षमता माथिको विश्लेषणको अभाव देखिन्छ ।  हाम्रो जस्तो विविधता भएको देशमा सही रूपमा विकासको गहनतालाई माथि उठाउनु चुनौतीपूर्ण कार्य हो ।  समाजमा रहेको पुरातन सोच, कुरीति–अन्धविश्वासले आज नेपाली समाज तथा समुदाय ग्रसित छ ।  समाजमा बोक्सा–बोक्सी, छाँैडी–डाइनी जस्ता आरोपले समाजमा बहुसंख्यक मानिस प्रदाडित बनिरहेका छन् ।  जसले समानुपातिक रूपको विकासको उद्देश्यलाई लक्ष्यमा पुग्न अवरोध गर्दछ ।  समाजमा रहेको अचेतना, अशिक्षा जस्ता समाज विकासका अवरोधहरूलाई नसुल्झाई समाज विकासको सपना देख्नु निरर्थक हुन्छ ।  त्यस्तै सामाजिक जटिलताको विश्लेषण गरी समाज विकासको विविध पक्षका सवाललाई गहिरो अन्तरदृष्टिले अध्ययन गरी समाजशास्त्रीय तथा मानवशास्त्रीय रूपमा विश्लेषण गरिनु पर्दछ ।  हाम्रो देश भिन्न–भिन्न धरातलीय स्वरूप भएको कारण यहाँ वातावरण अनुकूलको विकासका योजना लागू गर्न दूरदृष्टिसहितको रणनीति अपनाउनु नितान्त आवश्यक छ ।  अन्यथा वातावरणीय तथा धरातलीय भिन्नताभित्रको अन्तरविन्दु पत्ता लगाउन सकिएन भने जंगली अवस्थामै जिविकोपार्जन गरिरहेका राउटे र पुस्ताँै शहरमा जीवन विताइरहेका नेवार समुदायबीचको सन्तुलन हुन सक्दैन ।  जसले समग्र विकासलाई लक्ष्यमा पु¥याउन कठिन हुन सक्छ ।
समाज विकासमा नीति तथा लक्ष्य अनुसारको गति लिन समाजका हरेका विषयवस्तुलाई नजिकबाट चिन्न सक्ने ज्ञान हुनु पर्दछ ।  यसरी थालिएका विकासका प्रयासले स्थानीय आवश्यकताको प्राथमीकरण गरी कार्यलाई सुचारु गर्न सक्दछ ।  स्थानीय समुदायको इच्छा तथा चाहना अनुसारको विकासले मात्र समग्रमा लक्ष्य प्राप्त गर्ने हुँदा उनीहरूको सहभागितालाई जोड दिनुपर्दछ ।  यसले दिगो तथा समतामूलक रूपमा विकासको लक्ष्य तय गर्न सक्दछ ।  सामाजिक तथा मानवीय रूपमा विकासका हरेक पक्षमा समाजशास्त्रीय तथा मानवशास्त्रीय संलग्नताले मात्र साँचो तथा दिगो विकासलाई गति दिन सक्छ ।  नेपालको सन्दर्भमा यस किसिमको रणनीति आवश्यक मात्रामा हुन नसकेकै कारण पनि योजना अनुरूपको विकासले फड्को मार्न सकिरहेको छैन भन्ने आरोप विश्लेषकहरूको पाइन्छ ।  यस प्रकारका नीतिगत विषयवस्तु र जनअपेक्षालाई प्राथमिकतामा ल्याइएका विकासका योजनाले गति पाउन सक्दछन् ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना