वर्ष दिनमा ४४९ जनाले चढे सगरमाथा

विश्वास रेग्मी

काठमाडौँ, जेठ २९ गते ।  यस वर्षको वसन्त ऋतुमा ४४९ जनाले सगरमाथा आरोहण गरेका छन् ।  पर्यटन विभागका अनुसार कुल आरोहीमध्ये एक सय ९० जना विदेशी र २५९ जना नेपाली नागरिक रहेका छन् ।  सगरमाथा आरोहणका लागि यस वर्ष विभिन्न ४२ वटा आरोहण दलबाट ३७५ जनाले विभागबाट अनुमति लिएका थिए ।  आरोहण सहयोगीका रूपमा काम गर्ने गाइड, भरिया, आइसफल डाक्टरसमेत आरोहीका रूपमा गणना हुने गर्छन् ।   
यस वर्ष सगरमाथा आरोहण गर्ने आरोहीको सङ्ख्या गत वर्षको तुलनामा दुई जनाले मात्र कम छ ।  गत वर्ष समयमै आइसफल डाक्टरले बाटो पहिचान गरेको र मौसमले पनि साथ दिएकोले आरोहीको सङ्ख्या बढी भएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ् शेर्पाले बताउनुभयो ।  पहिलेभन्दा यो वर्ष मौसम निकै बिग्रियो पनि, उहाँले भन्नुभयो, मौसम राम्रो हुन्छ भनेकै दिन नराम्रो हुँदा सगरमाथा चढ्न समस्या पनि भयो ।  sagarmatha ride
पर्यटन विभागका अनुसार देशभरका हिमाल आरोहणका लागि यस वर्षको वसन्त ऋतुमा आठ सय ४० जनाले अनुमति लिएका थिए ।  त्यसमध्ये अन्नपूर्ण हिमालमा नौ जनाले आरोहण गरेका छन् ।  ल्होत्से हिमालमा ५९ जना विदेशी र ३६ जना नेपाली गरी ९५ जनाले आरोहण गरेको विभागको तथ्याङ्क छ ।  मकालुमा १२ जना विदेशी र १४ जना नेपाली गरी २६ जनाले आरोहण गरेका छन् ।  
धौलागिरी हिमाल आरोहण गर्ने ५९ जना आरोहीमध्ये ३२ जना विदेशी छन् भने २७ जना नेपाली आरोही रहेको विभागले जानकारी दिएको छ ।  
मनास्लुका लागि अनुमति लिएको एउटा आरोहण दल र कञ्चनजङ्घाका लागि अनुमति लिएका तीन जनाले आरोहण नै नगरेको पनि विभागले जनाएको छ ।  त्यस्तै यो सिजनमा चोयु हिमालमा पनि आरोहण भएन ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना