स्वतःस्फूर्त शिक्षा अपरिहार्य

Ramesh p gautamरमेशप्रसाद गौतम


 

शिक्षामा सुधारका लागि जति प्रयास भए पनि समस्या भने ज्यूका त्यूँ छ ।  शिक्षाको गुणस्तरमाथि उठाउन सकिएको छैन ।  ठूलो सङ्ख्यामा केटाकेटी विद्यालय भर्ना भएको केही समयपछि नै विद्यालय छाड्छन् ।  अझै परीक्षामुखी सिकाइ प्रक्रियाले गर्दा घोक्ने बानी बढी छ ।  यस्ले गर्दा परीक्षालाई केन्द्रबिन्दु बनाएर पढने पढाउने विद्यालयले उत्तीर्ण सङ्ख्या राम्रो बनाउन सफल भएका छन् ।  सरकारको उल्लेख्य लगानी र प्रयास हुँदाहुँदै पनि विद्यालयका अत्यधिक बालबालिका आधारभूत शिक्षा पूरा नगरी बीचैमा विद्यालय छाडने गरेका छन् ।  यसले विद्यमान शिक्षा प्रणाली नै हाम्रो सन्दर्भमा व्यावहारिक नभएको त होइन भन्ने सन्देश दिएको अनभूत हुन आउँछ ।  राज्यले समयमै सोची वैकल्पिक उपायको खोजी गर्नु नै उपयुक्त हुन आउँछ ।  
प्रत्येक शिक्षकले कक्षा कोठामा विद्यार्थीलाई सिकाउदा प्रयाप्त लचकता अपनाएर तिनको रुचि र चाहनालाई प्राथमिकतामा राख्नु पर्छ ।  केटाकेटीको सिकाइ प्रक्रियामा अधिकतम सहभागी गराई तिनको मनोगत अध्ययन गरी पठनपाठनलाई प्रभावकारी तुल्याउने दायिìव शिक्षकको नै हो ।  जुन शिक्षकले आफ्ना विद्यार्थीको क्षमता माग र रुचि बुझ्छन् र आफूलाई समय सापेक्ष ढङ्गले तन्दुरुस्त राख्न सक्छन् तिनैले नै सिकाइ प्रक्रियालाई जीवन पर्यन्त सापेक्ष बनाउँछ ।  कतिपय विकसित देशले सिकाइ प्रक्रियालाई भूमण्डलीकरण अनुरूप ज्ञानको अर्थतन्त्र, उत्पादकत्व र क्रियाशील नागरिक निर्माणमा जोड दिँदै आएका छन् ।  हामीले हाम्रो शिक्षालाई आत्मा निर्भरता, सामाजिक हित र आय–आर्जनको माध्यमका रूपमा जीवन पर्यन्त शिक्षा भन्दै आएका छौँ ।  
नेपालजस्तो विकसित राष्ट्रमा काम गरेर खाने कम शिक्षित समूहलाई र विद्यालय बाहिर रहेका युवा समूहलाई शिक्षा लिन चाहेर पनि प्राप्त गर्न नसकेका उदाहरण प्रसस्त छन ।  यो परिस्थितिमा औपचारिक वा अनौपचारिक घुम्ती शिक्षा कार्यक्रम वा खुला तथा दूर शिक्षाजस्ता लचक र सिकाइका वैकल्पिक माध्यमको उपयोग गरी सिकाइ सहभागितामा जोड दिइनुपर्छ ।  कक्षा कोठामा विद्यार्थीले निसङ्कोच निडरता पूर्वक आफ्नो विचार व्यक्त गर्न दिइनु पर्छ ।  शिक्षकले केटाकेटीलाई बुझ्यौ होइन त ? जस्ता प्रश्न गरी चुप लगाउने बाटो अपनाउनु ठीक होइन ।  यस्तो स्थितिमा बुझिन भन्ने केटाकेटी कम देखिन्छन् ।  मैले त बुझिन भनेर कुनै केटाकेटीले जवाफ दिएमा अरू साथी बीच लज्जाउने स्थिति आउन सक्छ ।  कुनै शिक्षकले त नबुझेको भनेर हप्काउने पनि गर्छन् कति शिक्षकले
ए ! उस्ले बुझेनछ हगी ? फेरि मैले बताउनु पर्ने भयो हगी ? भन्नाले पनि केटाकेटीमा लज्जा बोध हुन सक्छ ।  यसले गर्दा नबुझे पनि बुझे भन्ने गर्छन् ।  यसर्थ कक्षामा पठनपाठन गराउदा आफ्नो आलोचना, भत्सना वा उपहासको पात्र बनाउलान भन्ने हाउगुजीले प्रस्रय पाउनु हँुदैन ।  प्रतिभाशाली केटाकेटीले त पहिलो पटक सिकाउदा नै सजिलै बुझ्लान अन्य मध्यम र कमजोरका लागि शिक्षकले विशेष ख्याल राखेर दोहोराइ तेहराइ बताउनु पर्छ ।  यस्ता गतिविधि शिक्षकको सोचाइ र केटाकेटीको मनोविज्ञानसँग जोडिएको हुन्छ ।  
हुन त हरेक कक्षामा विद्यार्थी धेरै हुने हुँदा शिक्षकले सबैको आंकलन गर्न नसक्ने हुन सक्छ ।  कक्षामा प्रतिभाशाली, कमजोर, मन्द सबै खाले हुने हुँदा शिक्षकले राम्रोसँग सिकाउन वा बुझाउन सक्दैन ।  अनि तिनका सबै समस्या जहाँको तहीँ हुन्छ ।  केटाकेटीमा शिक्षाको गुणस्तर कमजोर हँुदै जान्छ ।  आजको हाम्रो विद्यालय शिक्षाको गति र मती पनि यस्तै हुँदै आएको छ तर यहाँनिर शिक्षकले यथास्थितिको सिकाइ ढर्रामा परिवर्तन गरी विषयवस्तु मिल्दो जुल्दो कविता, गीत, कहानी, कथा आदि बारेमा कुराकानी गर्नु लेख्नु र केटाकेटीलाई सहभागी गराउनु, गाउँखाने कथा बताउनु उखान टुक्का सुनाउनु सुन्नुजस्ता गतिविधि गराएर पठन–पाठन प्रक्रियालाई अगि बढाइ सिर्जनात्मक क्रियाकलापको माध्यमबाट विद्यार्थीको शैक्षिक गुणस्तर मापन गर्न सकिन्छ ।  कक्षाकोठामा समूहगत, छलफल, अन्तक्र्रिया आदि गराइनु पर्छ ।  यसबाट केटाकेटीमा सामाजिकीकरणको अवधारणा आउनुका साथै प्रश्न गर्ने आदतको विकास हुन्छ ।  उसमा सिर्जनात्मक र समीक्षात्मक गुण पनि अभिवृद्धि हुन्छ ।  
प्रसिद्ध शिक्षाविद् जोनहल्टले असफल स्कूल नामक पुस्तकको एक ठाउँमा भनेका छन् केटाकेटीलाई आपसमा मिलेर काम गर्न दिऊ, एक अर्काको मद्दत गर्न दिऊ, एक अर्काको गल्तीबाट सिक्न देऊ केटाकेटी स्वयम्ले आफँै जोडी बनाएर सिक्ने सिकाउने प्रक्रियामा अघि बढन दिऊ जहाँ शिक्षकले केही नगरी स्वयम् केटाकेटी आफैँले गरून ।  जोडीमा काम गर्न दिँदा सिकाइ प्रक्रिया निकै प्रभावकारी हुन्छ ।  मन्द बुद्धिका केटाकेटीलाई पढाउने एक शिक्षकका अनुसार यसरी जोडीमा काम गर्न दिँदा केटाकेटीले हासिल गरेको सिकाइ उपलब्धि एक्ला एक्लै काम गर्दाको भन्दा निकै राम्रो हुन्छ ।  केटाकेटीलाई आफ्नो मूल्याङ्कन आफँै गर्न दिनु, केटाकेटीलाई आफैँ सिक्न दिनु, बोल्न सिक्दै गरेको बच्चालाई घरमा आमाबुबाले यसरी बोल, उसरी बोल वा गर भन्नुले झन ढिलो सिक्ने हुन्छ ।  बढी दबाब दियो भने बोल्नै सक्दैन ।  बच्चा आफैले वरिपरि अरूले बोलेको भाषाको तुलना गरिरहेका हुन्छ ।  विस्तारै उस्ले प्रयास गर्दै आफू स्वयम् बोल्न सिक्छ ।  यसैगरी बच्चाले बोल्न हिँडन दौडन, भ¥याङ चढन, सुसेल्न, साइकल चलाउन, नाँच्न उफ्रन, खेल खेल्न आदि स्वयम्ले सिक्दै आएको हो ।  उसैले आफ्नो कामका कुशल व्यक्तिको क्रियाकलापसँग तुलना गर्छ क्रमैसंँग सुध्रदै आउँछ ।  
विद्धान् जोन हल्टको विचारमा प्रचलित शिक्षा प्रणाली अन्तर्गतका स्कुल केटाकेटीका लागि आकर्षण छैनन् ।  स्कुलमा केटाकेटीले मन लागेको कुरा गर्नु नपाउने आफ्नो इच्छा, विचार र जिज्ञासालाई बेवास्ता गरिनेजस्ता कुराको अनुभव गरे भने अर्कातर्फ शिक्षक असन्तुष्टि छन्, अभिभावक पनि खुशी देख्दैनन् ।  यसरी केटाकेटीलाई आफूले चाहेजस्तो बनाउन नपाएकोमा सबै पक्ष असन्तुष्टि छन् ।  उनको विचारमा राम्रो भवन, भव्य कोठा स्तरीय शैक्षिक उपकरण, आधुनिक प्रविधि, कम्प्युटर, खेलकुद, शिक्षक तालिम प्रयाप्त बजेट आदि भएर वाच्छित प्रगति हुन सकेका छैन ।  विख्यात अमेरिकी शिक्षा विद जोन हल्टले आफ्नो पुस्तक अण्डर एचिभिङ स्कुल (असल स्कुल) मा भन्न खोजेका छन् भौतिक पूर्वाधार र सुविधा सम्पन्न भएर पनि स्कुल असफल हँुदा रहेछन् ।  शिक्षा भनेको के हो र स्कुलको काम के हो भन्ने आधारभूत प्रश्नमा घोत्लिनुका साथै हाम्रो शिक्षा प्रणालीले स्वीकारेको मान्यता प्रति वितृष्णा उब्जाएको छ ।  
यो पुस्तक जोन हल्टले उठाएका स्कुली शिक्षा माथिको प्रश्न आज हाम्रो सन्दर्भमा पनि त्यत्तिकै मननीय छ ।  बच्चालाई सिकाउने तरिका सिक्नैका लागि बाधक देख्छन् ।  उनी भन्छन् – स्कुल केटाकेटीका लागि जेल हो जहाँ उनीलाई कैदीजस्ता व्यवहार गरिन्छ ।  अनुशासनका नाममा तिनलाई आज्ञापालक वा दासजस्तो गराउन खोजिन्छ र केटाकेटीलाई पढनमा आनन्द होइन यातना दिइन्छ र तिनको मौलिकता र सिजनात्मकता दबाइन्छ ।  उनी भन्छन् ज्ञान बाहिरबाट आउँदैन, मानिस भित्रै हुन्छ, उसले सिकाइबाट केबल आफूभित्र रहेको ज्ञान अनावृत्त गर्छ मात्र ।  शिक्षक खाली सहयोगीको रूपमा रहन सक्छ ।  
आज पूर्वीय शिक्षाका चिन्तक हुन वा पश्चिमा शिक्षाविद् वा शैक्षिक चिन्तक किन नहुन प्रायः सबैजसो बच्चामा अन्तरनिहित प्रतिभाको सहज विकासमा जोड दिँदै बच्चाले चाहेजस्तो बन्न दिनुपर्ने कुरालाई स्वीकार्दै आएका छन् ।  यसर्थ हरेक केटाकेटीले स्वतस्फूर्त रूपमा सिक्न पाउने विद्यालय वातावरणको खाँचो परेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना