प्रधानमन्त्री नयाँ, चुनौती पुरानै

atindra dahalडा.अतीन्द्र दाहाल

 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक अनि देशको ४० औँ प्रधानमन्त्री बन्नुभएको छ ।  यसको लगत्तै उहाँको सरकारको दायित्व र दबाबमाथि बाक्लै बहस÷पैरवी चल्दैछन् ।  काँग्रेस नेपालमा दलीय परम्पराको सबैभन्दा प्राचीन र वर्तमान राजनीतिमा सबैभन्दा ठूलो पार्टी हो ।  तसर्थ उक्त दलले सरकारको नेतृत्व गर्र्दै गर्दा नागरिकले विविध आशा लिनु स्वभाविकै हो ।  काँगे्रसको नेतृत्वको विषयमाथि उसका नितान्त शुभेच्छुक, आममतदाता, सहृदयी आलोचक अनि समर्थन वा आलोचनासमेत नगर्ने आम नागरिकलाई खास महìव रहन्छ ।  किन कि सरकारको नेतृत्व अनि काम गराईका कारण पार्टीहरूमाथि विख्यात विशेषता सहित पुनःनिर्माण वा झन् कमजोर अनि आलोचित हुनुपर्ने मोडसमेत आउन सक्छ ।  नयाँ प्रधानमन्त्रीका लागिसमेत यस्ता चुनौती र अवसरको बहार आएको छ ।  
चुनौतीका चाङ
उहाँको पार्टीले पटक÷पटक सत्ता सञ्चालन गर्ने जिम्मेवारी पायोे ।  केही सामान्य बर्हिगमन बाहेक बहुदलीय व्यवस्थाको पुनस्र्थापनादेखि निरन्तर शासनको बाघडोर सम्हाल्यो ।  उहाँ स्वयं तीन वर्षभन्दा बढी गृहमन्त्री अनि तीनपटक प्रधानमन्त्री बन्नुभयो ।  विश्वका अन्य कतिपय देशले आर्थिक, सामाजिक, सांस्कृतिक विकासका नयाँ तथा आश्र्चयजनक आयामहरू निर्माण गरे ।  छिमेकी भारत र चीन उदीयमान अर्थतन्त्र तथा सामरिक शक्तिका अगुवा भए ।  थाइल्याण्ड, भियतनाम, ताइवान, मलेसिया जस्ता छिमेकीहरूले गरेको आर्थिक प्रगतिलाई ‘टाइगर इकोनोमी’को संज्ञा दिन थालियो ।  विगत २५ वर्षमा थाइल्याण्डसँग नेपालको मुद्रा विनिमय दर लगभग २० गुनाले कमजोर बन्यो ।  करिब ५० वर्ष पहिले नेपालभन्दा कमजोर अर्थतन्त्र भएको दक्षिण कोरियामा आज ५० हजार अमेरिकी डलरकै हाराहारी प्रतिव्यक्ति आय छ ।  स्थापनाको ४० वर्षको हाराहारीमा सिंगापुरमा ८२००० डलरको प्रतिव्यक्ति आय छ ।  हामी सन् २०२० सम्ममा कसरी अल्पविकसित देशबाट स्तरोन्नति गर्नेे अथवा १००० डलरको आयस्तर कायम गराउने भन्ने बहसमा छौँ ।  उक्त देशहरूले प्रगतिको गति लिएको लगभग पछिल्लो २५ वर्षको समय हामी भने बेरोजगारी, गरिबी, अन्याय, अत्याचार, कुशासन, बेथितिहरूको सघन पर्यायवाची बन्दै गयौँ ।  यस्ता अशुभको पछाडि गलत राजनीति र असफल दलहरू नै मुख्य जिम्मेवार हुन् ।  उहाँको पार्टीले सबैभन्दा लामो समय सरकार चलाएकाले उक्त पार्टी सबैभन्दा बढी दोषी अवश्य देखिन्छ ।   
उहाँलाई पार्टीभित्र र बाहिरसमेत विभिन्न विषयमा कडा आलोचना गरिन्छ  ।  उहाँ यस्तो संवेदनशील समयमा प्रधानमन्त्री बन्नुभएको छ कि उहाँमाथि लागेका तमाम आरोपका विरुद्धमा काम गरेर देखाउने मौका प्राप्त भएको छ ।  यो प्रधानमन्त्रीत्वसँग उहाँलाई प्रजातन्त्रको सुदृढीकरणमा निरन्तर इच्छुक र प्रतिबद्ध रहेको सबुत दिने मौका आएको छ ।  सबैलाई गलत प्रमाणित गर्दै प्रजातन्त्रको सच्चा सेनानी भएको प्रत्याभूति गराउनु पर्ने दायित्व थपिएको छ ।  
दायित्व र दबाब
२०१५ सालको चुनावमा दुई तिहाई बहुमत अनि बहुदलीय व्यवस्थाको समयमा दुई पटकसम्म स्पस्ट बहुमत प्राप्त काँग्रेस आज बहुमतविनाको पहिलोे दलमा सीमित छ ।  भरखरै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा काँग्रेस र एमालेले अंकगणितका हिसाबमा झण्डै÷झण्डै समान स्थितिको विजय पाए ।  तर गुणात्मक र निर्णायक तहमा एमालेले काँग्रेसलाई निकै पछि पा¥यो ।  अत्यधिक संख्यामा मतादाता रहेका अनि सचेत र शिक्षित मतदाताको बाहुल्य भएका तहहरूमा एमालेको अधिक अग्रता देखियो ।  अहिले विश्व राजनीतिको प्रवाह पनि साम्यवादी कम्युनिस्टभन्दा पँुजीवादी शक्तितिर ढल्केको छ ।  सन १९७० तिरको दशकमा ४० हाराहारीको देशमा विद्यमान कम्युनिजम आज पाँच राष्ट्रमा खुम्चियो ।  अधिकांश वुद्धिजीवी र लेखकहरूको समूह समेत कम्युनिजमका सिद्धान्त र दलप्रति उष्ण उछित्तो काढ्नुहुन्छ ।  जर्ज ओरेलको ‘एनिमल फार्म’ नामक कृतिलाई कम्युनिजममाथिको सभ्य र भव्य कटाक्ष मानिन्छ ।  वर्तमान अमेरिकन राजनीतिमा रिपव्लिकनलाई गाली गर्न जियोफ्री क्यावासर्भिसको ‘रुल एण्ड रुईन’,  माईक लोफग्रिनको ‘पार्टी इज ओभर’देखी क्रिस मुनीको ‘द रिपव्लिकन ब्रेन’ जस्ता पुस्तकहरूको बिगबिगिले संसारभर कब्जा जमाउदैछ ।  ती सबै पूर्वाग्रही बहसको उदेश्य संसारबाट कम्युनिस्ट भावना र सिद्धान्तमा आधारित शक्तिलाई क्षय गर्दै पुँजीवादी शक्तिको वकालत गर्नेहरूको संरक्षण गर्नु हो ।  यस्तो अन्तराष्ट्रिय दबदबा, नेपालका कम्युनिस्टहरूको फाटो अनि थुप्रै पटकका निर्वाचनमा बहुमत हुँदासमेत पार्टी लोकप्रिय बन्न नसकेको कारण मनन गर्नुपर्छ ।  लोकप्रियता प्राप्त गर्न नयाँ नीति र प्रायोगिक कार्यक्रम दिनुपर्छ ।  आम नागरिकसमेतको अपेक्षा यस्तै छन्, सायद उहाँको दलको पनि आशा समान हुनुपर्छ ।
अपेक्षा र अवसर
संविधान निर्माणमा केही मधेशवादी दलहरूका असन्तुष्टिहरू छन् ।  अर्गानिक र आगन्तुक मागहरू छुट्याउनुपर्छ ।  आदिवासी मधेशी समुदायका मागबाट पराई पाहुनालाई सशक्तिकरण गर्ने आशयका सौदाबाजीलाई भिन्न गर्दै संशोधनको वातावरण बनाउनुपर्छ ।  स्थानीय तहको दोस्रो चरणको निर्वाचन साथै माघ मसान्तसम्ममा प्रदेशसभा तथा केन्द्रीय संसद्को समेत निर्वाचन गराएर देशलाई निकास दिनुपर्छ ।  भूकम्प पीडितहरूलाई तत्काल आधारभूत अभिभावकत्व प्रदान गर्नुपर्छ ।  देशभर बाढी पीडितको पनि आवश्यकता र आशा समान छ ।  संघीयतालाई संस्थागत गरी परिवर्तित मुद्दाको कार्यान्वयन अर्को चुनौती बन्नेछ ।  अहिले पनि संघीयतामा स्थानीय तह, प्रदेश तथा केन्द्रका क्षेत्राधिकार तय गर्ने कुराहरू छन् ।  कर, राजस्व तथा स्रोत परिचालनका समस्या छन् ।  तत्काल थुप्रै नयाँ कानुन आवश्यक पर्छ ।  नयाँ प्रकारका प्रशासनिक अभ्यासमा सम्बन्धित निकायहरूलाई यथेष्ट जानकारी तथा आवश्यक कार्यसम्पादन शैलीको प्रचुरतासमेत छैन ।  यी विषयको सहजीकरणमा उहाँले सघन काम गर्नुपर्छ ।  
छिमेकीप्रति सन्तुलित विदेश नीति नहुँदा देशले अमानवीय नाकाबन्दी सहनुप¥यो, यसलाई सन्तुलित बनाउनुपर्छ ।  चीनले विश्वबजार नियन्त्रण गर्नेगरी ओबर नामक व्यापारिक परियोजना ल्याएको छ ।  यसले विश्वका ७० देश, ६० प्रतिशत मानिस अनि ५० प्रतिशत कमाइलाई आकषर््िात गर्ने देखिन्छ ।  यसबाट देशले पाउनसक्ने अधिक सम्भावनाहरू खोतल्नुपर्छ ।  संविधानको सफल कार्यन्वयनमा नेतृत्वदायी र कुशल भुमिका निर्वाह गर्नुपर्छ ।  
तत्कालका यी टड्कारा आवश्यकतासँगै प्रधानमन्त्रीले नागरिकका समग्र जीवनस्तर अभिवृद्धिका लागि आधुनिक र वैज्ञानिक अवधारणा ल्याउनुुपर्छ ।  जनतामा आश जगाउन सक्नुपर्छ ।  ठूलो पार्टीको कदमसमेत ठूलै हुनुपर्छ ।  बजेटको सही कार्यन्वयन गर्न ध्यान दिनुपर्छ ।  देशकोे झन्झन् बर्बादीको दिशातिर लम्कीरहेको यात्रा रोकिनुपर्छ ।  चरम बेरोजगारी, बेइमानी, गरिबी, अन्याय, अत्याचार, दण्डहीनता, भ्रष्टाचार, मूल्यवृद्धि हट्नुपर्छ ।  नागरिकले सुख, मनोरञ्जन, न्याय, संगति, सभ्यता र सुशासन अनुभव गर्न पाउनुपर्छ ।  शिक्षा, स्वास्थ्य, रोजगारी, पँुजी पलायन वा प्रवर्धन, सामाजिक सुरक्षा, आन्तरिक सामाजिक मानव सदभाव, सहायता, शान्ति सुरक्षा अनि अमनचयन, सडक, सञ्चार, विद्युत् र विकास जस्ता पक्षमा सकारात्मक प्रगतिको आभास हुनुपर्छ ।  भोकमरी, महामारी, बेथिति, सामाजिक अपराध, मानवीय विचलनमा निरन्तर कमी देखिनुपर्छ ।  सरकारले नियमित हैन, अपेक्षित कार्य गर्नुपर्छ ।  नयाँ प्रधानमन्त्रीले नयाँ कामको शुरुवात गर्नुपर्छ ।   
नेतृत्व नैतिक अनि नागरिक केन्द्रित भए पार्टीमाथिको नागरिक श्रद्धा भने पुनर्जागरण हुन्छ ।  नरेन्द्र मोदीको कारण भारतमा भारतीय जनता पार्टीले सुविधाजनक बहुमत पायो ।  टोनी ब्लेयरको व्यक्तित्वका कारण बेलायतमा लेवर अनि रुजभेल्टको आर्थिक तथा सामाजिक परिवर्तनको सोचका कारण अमेरिकामा डेमोक्र्याट पार्टीले नयाँ उचाइ पाए ।  नवाज सरिफको पार्टीमाथि पाकिस्तानी नागरिक अनि सुकीको दलमाथि म्यानमारका नागरिको अपार समर्थन ज्वलन्त उदाहरण छन् ।  आम नागरिकको मानस पटलमा उब्जिएको निराशालाई निमिट्यान्न पार्न प्रधानमन्त्रीले विशेष ध्यान दिनुपर्छ ।  
राजनीतिमा कहिलेकाही दलहरू खराब अनि नेतृत्व अलोकप्रिय पनि हुन सक्छन् ।  तर देशको विकास र समृद्धिमा दलीय व्यवस्था अनि राजनीतिक नेतृत्वको अगुवाइको विकल्प खोज्न सकिँदैन र मिल्दैन ।  खराब दलको सट्टा राम्रा दल र खराब नेताको सट्टा राम्रा नेताको विकास नै एउटै अन्तिम विकल्प हो ।  काँग्रेस ठूलो दल भएकाले प्रधानमन्त्रीले नेपालको राजनीतिक परम्परामा ठूलै परिवर्तन र नजिर स्थापित गर्नुपर्छ ।  जनताका लागि राजनीति गर्ने मान्यता तथा व्यवहार निर्माण गर्न अनुकरणीय भूमिका प्रदर्शन गर्न सक्नुपर्छ ।  सबल देश निर्माणमा नवीन सोच र परिवर्तनकामी कदम ल्याउन नसके उहाँसमेत राजनीतिमा अविस्मरणीय बन्नसक्ने चुनौती रहन्छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना