नेपाल भारत सम्बन्धका आयाम

pradip nepal प्रदीप नेपाल

 

आर्यावर्त अथवा देवलोकको कुरा गर्न खोजेको होइन मैले ।  यद्यपि पाँच हजारभन्दा पुरानो इतिहासमा आर्यावर्त र देवलोकको भूगोल गढवालदेखि कामरूपसम्म पथ्र्यो ।  यो अनुमान होइन ।  महाभारतका पाण्डवहरू देवलोक जान हिमालतिर लागेका थिए ।  यो देवलोक कुनै इन्द्रादि देवताहरूको अमरावती होइन ।  देवलोकको अर्थ देवगणको बसोबास भएको बस्ती ।  नागलोक भनेको नाग जातिको बस्ती भएजस्तै देवलोक देव जातिको बस्ती हो ।  चिसो पानी, सुरम्य वातावरणका कारण देवदेवीहरू सुन्दर हुन्थे ।  ज्यानमारा घाममा डढेको हुनाले दक्षिण भारतका देवताहरू काला हुनु र उत्तर भारत र नेपालका देवदेवी रातापिरा हुनु तत्तत् क्षेत्रको प्रकृतिसँग जोडिएको विषय हो ।  अर्थात् नेपाल भारतको सम्बन्ध पाँच हजार वर्षभन्दा पुरानो छ र त्यो निरन्तर छ ।  अहिले भारतमा पर्ने उज्जैन, कर्णाटकबाट नेपाल आएका नायर र हरिसिंहदेवको लिखित इतिहास नै छ नेपालमा ।  दक्षिणबाट आएका उज्जैनी ब्राह्मण र कर्णाटकबाट आएका नायरहरूले रैथाने खसहरूको अज्ञानतालाई सजिलै पराजित गरे र लामो समयसम्म नेपालमा राज गरे ।  लिच्छवीहरू भारतको बैशालीबाट आएका हुन् भन्ने सबैलाई थाहा छ ।  तिनैले उपत्यकामा राज गरेका किराँतलाई मार्ने र डाँडा कटाउने काम गरेका हुन् ।  पशुपतिनाथका भट्टलाई पनि जगद्गुरु शङ्कराचार्यले स्थापित गरेका होइनन् ।  प्रतापमल्लकी कर्णाटकी रानीको डोलासँगै आएका भट्ट थरका ब्राह्मणलाई प्रताप मल्लले, आफ्नो दरबारको पूजा कोठाबाट निकालेर पशुपतिनाथको पुजारी बनाइ दिएका हुन् ।  यसको अर्थ के हो भने दक्षिणबाट मानिसहरू आउने, यतै बसोबास गर्ने र यो वा त्यो प्रकारले शासन गर्ने परम्परा लामो समयदेखि छ ।  तर पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानले यो अवस्थामा ठूलो परिवर्तन ल्याइदियो ।  
पृथ्वीनारायण शाहलाई पनि भारततिरै जोड्ने केही इतिहासकारको नक्कली प्रयत्नलाई तथ्यहरूले खारेज गरिदिएका छन् ।  पृथ्वीनारायण शाहका पुर्खाहरू चित्तौडगढबाट आएका होइनन् ।  पृथ्वीनारायण शाहका पुर्खाहरू मगर थिए ।  स्वयं पृथ्वीनारायण पनि मगर थिए ।  मगरहरू पनि खस हुन् भनेर बालकृष्ण पोखरेलले खस जातिको इतिहासम लेख्नु भएको छ ।  पृथ्वीनारायण शाहका पुर्खाहरू ककेशसबाट आएका हुन् र मानसरोबर हुँदै नेपाल छिरेका हुन् ।  पृथ्वीनारायण शाहका मावली र ससुराली दुवै मगर थिए ।  शाहका कुलदेवी आलमदेवी र मनकामना माईका पुजारी अहिलेसम्म मगर नै छन् ।  कुन चाहिँ राजपुत राजाले आफ्नो पवित्र मन्दिरको पुजारीमा मगरलाई पुरोहित्याइँ गर्न दिन्छ ? पछिल्लो विकसित परिस्थितिमा राजा भनेको राजपुत मात्रै हुन्छ भन्ने भ्रमका कारण गोरखाका पण्डित र जैसीहरूले ठूलो लावालस्कर सहित पृथ्वीनारायण शाहलाई काशी लगे ।  गोत्र परिवर्तन गरिदिए र ठूलो जात जनाउन रामनगरकी राजपुतकन्यासँग लगनगाँठो बाँधीदिए ।  पृथ्वीनारायण  शाह चित्तौडका राजपुत थिए भने जनै लाउने, गोत्र परिवर्तन गर्ने नाटक किन गरिरहनु पथ्र्यो ? पृथ्वीनारायण राजपुत थिए भने जेठीको माइति मगर र कान्छीको माइति राजपुत किन हुन्थे ?
अहिलेसम्म बिजेताहरूकै इतिहास लेखिएको छ ।  बिजेताहरू राजा भएका छन्, मन्त्री भएका छन्, ठूलो जात भएका छन् अनि पराजितहरू रैती भएका छन्, अछुत भएका छन्, दलित भएका छन् ।  संसारभरि चलेको यो चलन नेपालमा पनि चल्यो ।  यसलाई अस्वाभाविक मान्नु हुँदैन ।  त्यसैले इतिहास लिच्छविको लेखियो ।  मल्लको लेखियो ।  नेपालका रैथाने किराँतहरू किंवदन्ती बनेर इतिहासमा टाँसिए ।  इतिहासले भारतलाई ठूलो देखायो ।  किनभने इतिहासकारहरू उतैका थिए ।
नेपाल भारत बीचको मानसिक समस्याको जरो नखोज्ने हो भने, हामी पात टिप्ने सतही काम मात्र गर्ने छौँ ।  पुराण कथाहरूले संकेत गरेको सत्य हो– नेपाल नाम गरेको यो देश दक्षिणबाट सधैँ आक्रमित छ, पीडित छ ।
सम्राट चन्द्रगुप्त, सम्राट अशोक, सम्राट अकबरको पालामा भारत ठूलो भूभागमा विस्तारित भयो ।  अन्यथा लामो कालसम्म त्यो ससाना राज्यहरूमा विखण्डित भएर राजाहरूको राज्यमा चिनिइरह्यो ।  यथा तात्या टोपेको दक्षिण, रणजित सिंहको पंजाब, हरि सिंहको काश्मिर, कुनै सिंहको ग्वालियर, अर्को सिंहको मणिपुर, कुनै नबाबको हैदरावाद ।  यी प्रादेशिक राजाहरूलाई कुनै भारतीय राजाले वा कुनै भारतको महान नेताले एकीकरण गरेको होइन्, जसरी नेपालमा पृथ्वीनारायण शाहले गरेका थिए ।  भारतको एकीकरणका अभियन्ताहरू कुनै लोकनायक पनि भएनन् ।  भारतका एकीकरणकर्ताहरू एक हातमा बन्दुक र अर्को हातमा बाइबल बोकेर आएका, अङ्ग्रेज, पोर्चुगिज, स्पेनीहरू थिए ।  त्यसैले एकीकृत भारतको नाम दुई शताब्दी भन्दा लामो समयसम्म इण्डिया रह्यो ।  भारत र इण्डियाबीच तादात्म्य जोड्ने तìव कहाँ छ ? कतै देखिँदैन ।  अहिले पनि पश्चिमाहरूले भारतलाई इण्डियाकै नामबाट चिन्छन् ।
इण्डिया, सधैँ नेपालसँग आगो हुनुको यहाँ चर्चा गरिहरनु परोइन ।  विश्वमा कहिल्यै सूर्य नअस्ताउने परिचय बोकेको बेलाइती साम्राज्यवादलाई स्वतन्त्र नेपालले पोल्यो ।  भारतका राजाहरूलाई पटापट पछारेर ठूलो इण्डिया बनाएको नेपाली फौजको प्रतिवादबाट अचम्मै गरी रिसायो ।  तर जति रिसाए पनि नेपालीहरू बन्दुकबाट पराजित नहुने लक्षण देखेपछि इण्डियाका शासकहरूले कुटयुद्ध थाले र कुटयुद्धमा उनीहरू सफल पनि भए ।  तर त्यो सफलता पनि अधुरै रह्यो ।  नेपाल ब्रिटिस इण्डियाको अङ्ग बनेन ।  तर बेलायतीहरूले कुटयुद्धमा नेपाललाई पराजित गरेपछि नेपालको सार्वभौमिकतालाई बन्दी बनाएको महसुस गरे ।
त्यसलाई पनि नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले तोडिदिए ।  ‘म इण्डियाको राजा होइन, म एउटा स्वतन्त्र देशको प्रधानमन्त्री हुँ’ भनी हुँकार गरेर आपूmलाई दिने सम्मान इण्डियन राजाहरूलाई दिनेभन्दा बढी र स्वतन्त्र राष्ट्रको प्रधानमन्त्रीको रूपमा हुनुपर्छ भनेपछि माग अनुसारको सम्मान दिए पनि आपूmलाई विश्वकै शासक मान्ने ब्रिटिस इण्डियाका शासकको पारो तातेकै थियो ।  वीरशमसेरको कूपछिको गन्जागोलमा जङ्गबहादुरका सन्तानप्रति लैनचौरले देखाएको व्यवहारले पनि यो सत्यको यथार्थ पुष्टि गरेको छ ।
इण्डिया स्वाधीन भारत भयो ।  भूगोलको कुरो हो यो ।  तर भारतीय शासकहरू ब्रिटिस इण्डियाको मानसिकताबाट बाहिर निस्कन सकेनन् ।  भारतभित्रको एउटा उदाहरण पढ्दा थाहा हुन्छ ।  बेलायती शासकले यूनाइटेड प्रोभिन्स (यू. पी.) बनाए ।  यसको शाब्दिक अनुवाद हुन्छ संयुक्त प्रान्त ।  स्वाधीन भारतमा त्यही भूगोलमा उत्तर प्रदेश बन्यो ।  तर उत्तर प्रदेशलाई नर्थ प्रोभिन्स भनिएन ।  यु.लाई उत्तर बनाएर प्रान्तको नामाकरण गरियो ।  यो बेलायती यु. पी. लाई जीवित राख्ने मानसिकता मात्र थियो ।  अर्को उदाहरण, बेलायतीले जाँदाजाँदै भारतलाई तीन टुक्रामा बाँडिदियो ।  झगडा बीउ रोपिएको कुरो बुझ्दा बुझ्दै पनि भारतीय नेताहरूले त्यो विनाशकारी विभाजनलाई सकारे ।  कालान्तरमा पूर्वी बङ्गाल बाङ्लादेश भयो ।  तर बेलायतीहरूले नामाकरण गरेको पश्चिम बङ्गाल, स्वाधीनताको सत्तरी वर्षपछि पनि बङ्गाल हुनसकेको छैन ।  यसैलाई मैले बेलायती मानसिकता भनेको हुँ ।
नेपाल स्वतन्त्र रहनु बेलायती उपनिवेशवादका लागि जति पिरोलो थियो– भारतीय नेताहरूका लागि पनि त्यति नै पिरोको विषय बनिरह्यो ।  नेपालको सार्वभौमसत्ता माथि अतिक्रमण गर्दै उत्तरी सीमा नाकामा आफ्नो चेकपोस्ट राख्नु, बुद्ध भारतमा जन्मिएका हुन् भनेर डाँको छोड्नु, गङ्गा मेरी माँ का नाम, बापका नाम हिमालय भन्ने गीत गाउनु (भारतमा पनि हिमाल छ, तर हिमालयको देश भन्दा दुनियाँमा नेपाल नै बुझिन्छ), यी सबै ब्रिटिस उपनिवेशवादी मानसका निरन्तरता हुन् ।
नेपाल भारत सम्बन्ध सुधार्न नेपालले गर्नुपर्ने कुनै काम छैन ।  सबै काम भारतको जिम्मामा छ ।  सबैभन्दा पहिले भारतीय नेताहरू ब्रिटिस इण्डियाको चेतनाबाट मुक्त हुनुप¥यो ।  नेपालले भारतबाट आफ्नो राष्ट्रिय, अन्तराष्ट्रिय अधिकारबाहेक अरु केही मागेको छैन भन्ने सत्य बोध गर्नुप¥यो ।  नेपालीहरू हस्तक्षेप र थिचोमिचो सहँदैनन् भन्ने सत्य बोध गर्नुप¥यो ।  नेपाल कहिल्यै कसैको उपनिवेश नभएको स्वतन्त्र र अविचल छ भन्ने सत्य बोध गर्नु प¥यो ।  भारतले यी वास्तविक सच्चाइलाई स्वीकार गरेन भने नेपाल भारतको सम्बन्ध कहिल्यै राम्रो हुँदैन ।  सुमधुर हुने त कल्पना पनि नगर्दा हुन्छ ।  पछिल्ला दिनमा भारत आफैँ झन्झन् समस्यामा बल्झिँदै गएको छ ।  नेपाललाई नियन्त्रणमा राख्ने सोच नेपाल भारत सम्बन्धको सबैभन्दा नकारात्मक पक्ष हो ।  भारतले नेपालमा गोठाला होइन, साथी खोज्नु पर्छ ।  यो नै नेपाल भारत बीचको सम्बन्ध सुधारको बलियो आधार हो ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना