कर्मचारी परीक्षणमा ‘एसेस्मेन्ट सेन्टर’

Khagendra prasad subediडा. खगेन्द्रप्रसाद सुवेदी

 

नेपाललाई समृद्धितर्फ लैजान यहाँ स्थापित प्रत्येक निकायको प्रष्ट लक्ष्य, उद्देश्य र रणनीति हुनुपर्ने मुख्य विषय हो भने अर्को तर्फ उक्त लक्ष्य, उद्देश्यलाई आत्मसात गरेर लैजाने सोच, दृष्टिकोण भएको नेतृत्व उत्तिकै जरुरी हुन्छ ।  उक्त सफल नेतृत्वकर्ताको साथमा विभिन्न तह÷श्रेणीका कार्यान्वयन गर्ने गराउने पक्ष रहेको हुन्छ ।  त्यसमा एउटा महìवपूर्ण क्षेत्र निजामती सेवा हो ।  उक्त सेवामा चाहिने कर्मचारी छनोट गरी सरकारलाई सिफारिस गर्ने निकाय लोक सेवा आयोग नेपालको संविधानको भाग २३, धारा २४२, देखि २४४ सम्म यसको काम कर्तव्य र अधिकार तथा प्रदेश लोक सेवा आयोगसम्बन्धी व्यवस्थासमेत गरिएको छ ।  लोक सेवा आयोगलाई नेपालको संविधानले दिएको संवैधानिक जिम्मेवारीअनुसार निजामती सेवाका लागि सरकारलाई कर्मचारी सिफारिस गर्ने, सङ्घीय निजामती सेवा वा पदमा नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा अपनाउनुपर्ने सिद्धान्तको विषयमा आयोगको परामर्श लिनुपर्ने हुन्छ ।  निजामती सेवाको पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ भन्ने व्यवस्था संविधानले गरेको छ ।  लोक सेवा आयोगले आफ्नो काम कारबाहीलाई व्यवस्थित गर्न लोक सेवा आयोगले आफ्नो काम कारबाहीलाई व्यवस्थित गर्न लोक सेवा आयोग ऐन, २०६६, लोक सेवा आयोग नियमावली, २०६७ लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०६७ को अनुशरण गर्ने गर्छ ।
कर्मचारी छनोट गर्ने सम्बन्धमा आयोगले अपनाएका विधि, पद्धति यसको स्थापनाकालदेखि नै निष्पक्षताको मूलमन्त्रमा रहेर अग्रजले तत् अनुरूपका विधि अपनाउँदै आएको कारण यसको साखः जनमानसमा उच्च रहेको छ भने विभिन्न विद्वान्ले गरेको अध्ययनहले समेत यसको निष्पक्षता उच्च रहेको प्रष्ट्याएका छन् ।  कुनै यस्तो जमाना थियो, पक्षपातपूर्णरूपमा आफ्ना वरिपरिका मान्छेलाई मात्र सरकारी निकायमा प्रवेश गराई आफ्नो चाकडीमा लगाई आफ्नो दुनो सोझो गराउने विषयले आक्रान्त समयबाट पार पाउन यसको उद्देश्य अनुरूप काम भएका थिए ।  त्यसबेला निष्पक्षता सबैको अपेक्षा थियो र आजसम्म सोहीअनुसार आयोगले आफ्नो काम गराइरहेको छ ।  आजको समयसम्म आइपुग्दा जनअपेक्षा निष्पक्षताका साथ साथै सङ्गठनले अपेक्षा गरेको राज्यले दिएको जिम्मेवारी तदरुकताकासाथ आत्मसात गरी सेवा प्रवाहमा सक्रियताका साथ व्यवस्थित ढङ्गले जनगुनासो सम्बोधन हुने किसिमले काममा होमिने गुण भएको कर्मचारीको अपेक्षा गरिएको छ ।  सेवा प्रवाहमा कुनै किसिमको मोलाहिजा नगरी, निष्ठावान रही सबै जातजाति, धर्मसंस्कार, क्षेत्र आदिको ससम्मान भाव राखी उच्च चरित्रभाव प्रदर्शन गरी रचनात्मक ढङ्गले काम गर्ने कर्मचारीको आवश्यकता सर्वसाधारण सेवाग्राही तथा नागरिक समाजले चाहना राखेका छन् ।  
लोक सेवा आयोगले क्रमिकरूपमा कर्मचारी छनोटमा सुधार गरेर ल्याइरहेको छ, कर्मचारी छनोटका लागि प्रयोगमा ल्याइएका परीक्षण विधिले व्यक्तिको सैद्धान्तिक पक्षको सफलरूपमा निष्पक्ष ढङ्गले परीक्षण गर्न मद्दत पुगेको छ ।  बौद्धिकता, विषयवस्तुको ज्ञानका विविध पक्षको जानकारीको हिसाबले निजामती कर्मचारी अब्बल छन् तर सेवाग्राहीको अपेक्षा अनुसार उक्त ज्ञानका साथसाथै तदारुकताका साथ कार्यसम्पादनमा उत्रिने क्षमताको परीक्षण उक्त विधिबाट मात्र हुन सक्दैन ।  आजको समयमा विश्वसँग कुनै न कुनै रूपमा प्रतिस्पर्धामा उत्रिन सक्ने, विश्वमा घटेका घटनाले तत्काल विश्वमा प्रभाव तथा असर पु¥याउने संचारको युगमा विभिन्न कार्यक्षमता, गुण, मनोवृत्ति, उच्च नैतिकता आदि व्यावहारिक क्षमताको परीक्षण गरी सेवा भित्र प्रवेश गराउने र उनीहरूको कार्यसम्पादनसँग मिलाएर उनीहरूको विकास निरन्तर गरिनु जरुरी छ ।  जसको फलस्वरूप लोक सेवा आयोगले एसेस्मेन्ट सेन्टर विधिलाई कर्मचारी छनोट गर्ने विधिको रूपमा भित्र्याउन विभिन्न क्रियाकलाप अगाडि बढाइसकेको छ ।  आखिर एसेस्मेन्ट सेन्टर के हो त भन्दा यो विभिन्न क्षमता÷दक्षता मापन गर्ने एउटा विधि हो, यहाँ सेन्टरको अर्थ ठाउँ नभई विधि एवं प्रक्रिया हो, जसमा एउटा गुण क्षमताको व्यावहारिक पक्षको परीक्षण दुई वा सो भन्दा बढी साधन (विधि) बाट गरिन्छ ।  यसको उपयोग सुरुको कर्मचारी छनोटको प्रक्रियामा मात्र नभई, पदोन्नतिमा र आन्तरिक विकासका लागि समेत गर्न सकिन्छ ।  एसेस्मेन्ट सेन्टर विधि धेरै अभ्यासको एउटा सेट हो जसको डिजाइन कार्य वातावरणका विभिन्न पक्षलाई उद्योलित गरिने प्रयास गरिएको हुन्छ ।  कुनै पनि व्यक्ति कस्तो हो भन्ने बुझ्न हामी सबैले जानेकै कुरा हो उसले हिजोका दिनमा विभिन्न सामान्य तथा जटिल परिस्थितिमा प्रदर्शन गरेको व्यवहार नै बुझ्न खोज्छौ र हिजो उसले कहाँ, कहाँ कसरी कार्यसम्पादन ग¥यो, कस्तो व्यवहार देखायो त्यसबाट नै उसको भोलिका दिनमा देखाउने व्यवहारको सम्भावनाको अनुमान गर्न सकिन्छ ।  त्यस्तै यस एसेस्मेन्ट सेन्टर विधिमा पनि परीक्षण विभिन्न साधनको उपयोग गरेर पूर्व अपेक्षित क्षमताको पूर्व परिभाषित सन्दर्भका आधारमा व्यक्तिले सिर्जित परिस्थिति, घटना आदिमा देखाएको ज्ञान, सीप, मनोवृत्तिको तहको मूल्याङ्कन वैज्ञानिक ढङ्गबाट प्रशिक्षित विज्ञद्वारा मात्र गराइन्छ ।  उक्त छनोटको प्रक्रियामा बहुविधि र एकभन्दा बढी प्रशिक्षित मूल्याङ्कनकर्ताबाट व्यक्तिको तत्काल देखाएको क्षमताको अवलोकन, रेकर्ड, गरिसकेपछि वर्गीकरण र मूल्याङ्कन गरिन्छ ।  अवलोकन गर्नासाथ मूल्याङ्कन गरिदैन, अवलोकन र रेकर्ड पूर्णरूपमा वस्तुनिष्ठ हुन्छ ।  व्यक्तिले भन्ने र गर्ने बीचको तालमेल विभिन्न परिदृश्यमार्फत परीक्षण गरिन्छ ।  
एसेस्मेन्ट सेन्टर विधिको सन्दर्भमा इतिहास कोट्याउँदा प्रथम र द्वितीय विश्वयुद्धको बीचमा सैनिक तथा इन्टेलीजेन्सका कर्मचारी छनोट गर्ने सन्दर्भमा सन् १९३० को दशकमा जर्मन आर्मीले गरेको विकासबाट नै आधुनिक एसेस्मेन्ट सेन्टर अगाडि आयो ।  जर्मन साइकोलोजिष्ट डा. म्याक्स सिमोनीटले् अधिकृतले गर्ने कार्य र अभ्यासको अवलोकन विश्लेषण गरे साथै कार्यसम्पादनको स्तरलाई उसको काम गर्ने कौशलताका आधारमा एउटा सफल अधिकृत हुन चाहिने तथा क्षमताको पहिचान गरी आवश्यकता देखाए ।  त्यसपछि उक्त एसेस्मेन्ट सेन्टरलाई ब्रिटिश सरकारले मान्यता दियो र सेलेक्सन एसेस्मेन्ट बोर्ड गठन गरी आफैँले पनि उक्त विधि अपनायो ।  त्यसपछि अमेरिकन इन्टेलिजेन्सले पनि यस छनोट विधिलाई अपनायो साथै अन्य मनोवैज्ञानिक परीक्षण तथा अभ्यास आफ्नो छनोट विधिमा थप ग¥यो ।  
कुनै पनि व्यक्तिले कुनै काम कति छिटो फत्ते ग¥यो भन्दा पनि व्यक्तिले एउटा व्यक्तिसँग वा समूहसँग कसरी आफ्नो कार्यसम्पादन प्रस्तुत ग¥यो, छनोटमा यो विषय महìवपूर्ण हुन्छ ।  लगभग ६८ प्रतिशत संयुक्त अधिराज्य तथा संयुक्त राज्य अमेरिकाको कर्मचारी छनोट तथा पदोन्नतिमा एसेसमेन्ट सेन्टर विधिको प्रयोग गरिएको अध्ययनमा देखाइएको छ ।  हाल यसको उपयोग मन्टीनेशनल कम्पनीले गर्नुका साथै जर्मनी, क्यानडा, फिलिपिन्स, इन्डोनेसिया, दक्षिण अफ्रिका, जापान, सिंगापुरजस्ता देशमा सरकारीस्तरमा समेत गर्न थालेका छन् ।  
प्रस्तुत लेखक यस विधिको आत्मसाथ गरी विगत ६, ७ वर्षदेखि निरन्तर प्रयासरत रहेको र दक्षिण एसियामा सरकारी सेवामा सर्वप्रथम लागू गर्न प्रयासरत रहेको सन्दर्भमा आयोगको साथ समर्थन र अपेक्षालाई पूरा गराउनका लागि नेपाल सरकार (अर्थमन्त्रालय) बाट समेत साथ पाउन थालेकाले निकट भविष्यमा यसलाई क्रमिक रूपमा पूर्ण रूपमा स्थापित गराउन सक्नेमा विश्वस्त छ ।  यस विधिले पढ्नेमा भन्दा व्यवहारबाट कार्यसम्पादन गर्नेको परीक्षण हुने हुँदा कार्यालयबाट सीधै परीक्षा केन्द्रमा उपस्थित हुनुमा कुनै ताìिवक फरक पर्ने छैन ।  हाल निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी अप्राविधिक तर्फको पदमा घटना विश्लेषण र प्रस्तुतीकरण विधिको अभ्यास यसै वर्ष (२०७४) देखि आयोगले प्रारम्भ गरिसकेको छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना