उखरमाउलो गर्मीमा ¥याफ्टिङको मजा

Bisnu tarukeविष्णु तारुके


 

त्रिशूली नदीको पानीमा तैरदै यात्रा गर्ने रहर कसलाई हुँदैन र ? तर त्रिशूलीले बगाउँछ कि भन्ने डरलाई नै थाती राखेर सबै पर्यटक तैरने निचोडमा पुगे ।  राजधानी काठमाडौँको कोलाहालयुक्त वातावरण एकै दिन भए पनि छल्न र आनन्द लिन आएका सैयौं पर्यटक तैरने तम्मतयारीका साथ आफूलाई लाइफ ज्याकेटले कस्दै थिए ।  भन्दै थिए डुङ्गा पल्टिए त के हातमा प्याडल छदैछ नि भन्दै एकअर्काको रेस्क्यु सहारा पनि माग्दै थिए ।  
प्रायः विदेशीले नेपालको जलयात्रामा आनन्द लिने गरेका छन् ।  गत शनिबार धादिङको बलेखुको चौरमा जम्मा भएका महिला पुरुषदेखि बयस्कसम्म सबै तैरन तम्तयारी अवस्थामा आफूलाई कस्दै थिए ।  मानौँ त्रिशूलीको किनार कुनै मेला लागेझै रङ्गिएको थियो भने वरिपरिका गाउँले पर्यटकको रमितामा रमाउँदै हात हल्लाउँदै स्वागत गरिरहेका थिए ।  
२९ औंँ वार्षिक ¥याफ्टिङ फेष्टिवलको अवसर पारेर नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सिजले यो मज्जा प्रदान गरेको थियो ।  ¥याफ्टिङ र पर्यटनका लागि नदी बचाऔं भन्ने मूल नाराको साथ आयोजना गरिएको सो मेलामा करिब साढे दुई सयभन्दा बढीले दिनभरि मज्जा लिए ।  
एकै छिनमा लाइफ ज्याकेट र प्याडल हातमा लिएर लहरै तछाड मछाड गर्दै डुङ्गाको ताँती सुरु भयो ।  गाउँले विदेशी आएको भान गर्दै नदी किनाराबाट तालीका पर्राले स्वागत गरिरहेका थिए ।  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष झंै ¥याफ्टिङ महोत्सव हुँदै आएको छ ।  
धादिङको बेलखुदेखि मलेखुसम्म भएको महोत्सवमा नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्टस् (नारा) ले आफ्नो २९ औँ स्थापना दिवसको अवसर पारेर त्रिशूलीमा ¥याफ्टिङ महोत्सव गरेको हो ।  जलसम्पदामा आधारित सहासिक जलयात्रा कार्यक्रमअन्तर्गत त्रिशूली नदीको चिसो पानीमा ३५ वटा डुङ्गामा करिब दुई सय पचास पर्यटकले ¥याफ्टिङको मज्जा लिएका थिए ।
परापूर्व कालमा नदी तर्न अनिवार्य काठको डुङ्गा बनाएर चलाइएको पाइए पनि नेपालमा सन् १९६८ मा सरएडमन हिलारीले कोशी नदीमा ¥याफ्टिङ गरेको बताउँछन् ¥याफ्टिङ पेसामै तीन दशक बिताएका स्थानीय कमल ठकुरी ।  २८ वर्षदेखि त्रिशूलीमै स्वदेशी तथा विदेशी पर्यटकलाई ¥याफ्टिङ गराउँदै आएका कमल भन्नुहुन्छ–अहिलेसम्म डुङ्गा पल्टिएर मान्छे मरेको जानकारी छैन ।  बलेखुदेखि मलेखुुसम्म २६ किमी नदी पार गर्न झण्डै ४ घण्टा लाग्छ ।  यो रुट नेपालमा रहेका राम्रो ¥याफ्टिङ रुटभित्र पर्ने ठकुरी बताउनुहुन्छ ।  यो रुटमा ३ ओटा ¥याफ्डि रहेको बताउँछन् कमल ठकुरी ।  स्नेलनोज ¥यापिड, मङ्की ¥यापिड र मलेखु ¥यापिट जहाँ पर्यटक डरको साथै आनन्द पनि मान्छन् ।  आजभोली खोला बढिसकेकोले ¥याफ्टिङमा पर्यटकले अझै मजा लिने गरेको ठकुरीको अनुभव छ ।  उनले नै डुङ्गा चलाउन सिकाएका धेरैले त्रिशूलीमा डुङगा नपल्टाई पार लगाउँछन् ।  केही वर्ष विभिन्न देशका दूतावासका कर्मचारीले आफ्नो मनोरञ्जनका लागि त्रिशूली नदीमा निजी डुङ्गा खरिद गरेर नेपालीलाई सिकाउँदै सहयोगीको रूपमा सञ्चालन गरेका थिए ।  यसरी अव्यवस्थित रूपमा फस्टाउँदै गएको ¥याफ्टिङलाई सन् १९७५ मा नेपाल सरकारले पर्यटनको विभिन्न विधामध्ये ¥याफ्टिङ विधाको रूपमा समावेश गर्दै विकास गरेपछि व्यवसायिक रूपमा सञ्चालन भएको नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्टस् (नारा) अध्यक्ष चन्द्र दाहाल बताउँछन् ।  
सन् १९८९ मा नेपाली ¥याफ्टिङ व्यवसायीले सङ्गठित रूपमा व्यवसाय सञ्चालन गर्न थालेको २९ औँ स्थापना दिवसको मनाइएकोे हो ।  पानी परेर बाढी आएको त्रिशूलीमा तैरन कम्ता चुनौती थिएन ।  त्यसमा पनि स्न्यालोज र मङ्की ¥यापिट आइपुगेपछि सबैको मुटु काम्न थाल्छ ।  डुङ्गामा तैरन जति मज्जा आउँछ त्यति नै ¥यापीड पार गर्नु चुनौती हुनेछ ।  
वार्षिकरूपमा ¥याफ्टिङको माध्यमबाट ५० हजार स्वदेशी तथा विदेशी पर्यटकले त्रिशूली नदीमा जलयात्रामा सहभागिता जनाउने गरेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।  पर्यटन क्षेत्रको मुख्य व्यावसाय ट्रेकिङपछि आउँछ ¥याफटिङ व्यावसाय ।  भूकम्प र देशको राजनीतिक कारणले विदेशी पर्यटकको आगमन कमी आएपछि यो पेशामा टिक्न गाह्रो भएको बताउँछन् ¥याफटिङ व्यवसायी शिव अधिकारी ।  
पहिलोपटक ¥याफटिङको अनुभव लिन पुगेकी शान्ता पाण्डेले जलयात्राको क्रममा अन्यन्तै मजा आएको बताउनुभयो ।  ¥यापिड आउँदा डर लाग्थ्यो मज्जा पनि उत्तिकै भएको उहाँ भन्नुहुन्छ ।  कलङ्कीबाट ¥याफ्टिङ गर्न आएकी उनले भनिन् नदीमा देखिने फोहोर बारे स्थानीय जनचेतनाको कमी रहेको सुनाउनुभयो ।  काठमाडौँ बौद्धबाट ¥याफ्टिङ गर्न पुगेकी सविना बुढाथोकीलाई ¥यापिड फेरि आइरहोस् जस्तो लागेको छ ।   
कतिपय युवा भने डुङ्गाबाट हम्फालेर पौडन मस्त देखिन्थे ।  विशाल केसीले पहिलोपटक ¥याफटिङमा आफूले मज्जा लिन केही नछुटाएको सुनाउनुभयो ।  आफू भरपुर आनन्द लिएको उहाँको भनाइ थियो ।  दिनभरि सिमसिमे पानीका बाबजुद पर्यटक रमाइरहेका थिए ।   आयोजकले यातायात खाना र जलयात्राको गरी २ हजारको प्याकेज बनाएको थियो ।  
नेपालमा छ हजार नदीनालामध्ये सहासिक जलयात्राका लागि नेपाल सरकारले १४ वटा नदीलाई खुल्ला गरेको छ ।  यसमध्ये सबैभन्दा बढी स्वदेशी तथा विदेशीले त्रिशूली नदीमा जलयात्रा गर्ने गरेको पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार त्रिभुवन विमानस्थलमा झरेर धादिङ हुँदै त्रिशूली नदी किनारबाट पोखरा, सौराहा, मनाङ, गोर्खालगायत पर्यटकीय स्थलमा जाने विभिन्न देशका पर्यटक ८० प्रतिशत बढी पृथ्वी राजमार्ग हुँदै जान्छन् ।  नेपाल भित्रिने कुल पर्यटकमध्ये अधिकांशले जलयात्रा गर्ने गरेका छन् ।  विश्वमै ¥याफ्टिङको रूपमा चर्चा कमाएका नदीहरू पछिल्लो समय नदी प्रदूषण र गिटी बालुवा उत्खनन्ले चपेटामा परेको छ ।  नदीमा हुने स्थानीयको फोहोरले नदीलाई थप सौन्दर्य
बिगारेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना