धानको बेर्ना तयार नहुँदा चिन्तित

धीरेन्द्रप्रसाद साह

राजविराज, असार ६ गते ।  सधैँ असार लाग्नेवित्तिकै धान रोपाइँ गर्दै आएका यहाँका किसानलाई यस वर्ष भने धान बेर्ना तयार नभएपछि चिन्तित बनाएको छ ।  ब्याड राख्ने बेलामा वर्षा भएको तर पर्याप्त वर्षा हुन नसक्दा किसानले न धुले ब्याड राख्न सके न हिले ।  
धनको ब्याड राख्ने समयदेखि दिनपिच्छेजसो पानी परेको कारण ब्याडका लागि खेत तयार गर्न समस्या भएको सप्तरीको रुपनी गाउँपालिका–२ का किसान देवनारायण यादवले बताउनुभयो ।  पानी परेका कारण खेत हिलो भएर धुले ब्याड राख्न नसकेका र हिले ब्याड राख्न पर्याप्त पानी नभएकाले बीउ छर्न नसकेको बताउँदै उहाँले बीउ तयार नभएकाले धान रोपाइँ ढिलो हुने भएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।  
सुख्खा खेतमा माटो तयार गरी धानको बीउ राख्ने तरिका नै उत्तम हुने धारणा व्यक्त गर्दै अर्का किसान भोला यादवले भन्नुभयो, यस्तो बीउ राख्ने समय मध्य जेठ नै हो तर असार लागिसक्यो अहिलेसम्म धानको ब्याड तयार भएको छैन ।  अहिले खेत न सुख्खा छ न धेरै पानी जसले गर्दा ब्याड तयारीमा समस्या झेल्नुपरेको छ ।  berna
प्रत्येक वर्ष असार १५ गते दही चिउरा तथा राष्ट्रिय धान रोपाइँ दिवस मनाउँदै आएकोमा त्यो समय आउन एकसाता मात्र बाँकी रहेको हुँदा धानको बीउ तयार नभएकाले रोपाइँ दिवस पनि प्रभावित हुने किसानको
कथन छ ।  
जिल्लामा कुल ७० हजार हेक्टर जग्गामा धान उत्पादन हुने गरेको जानकारी दिँदै जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी दिनेशप्रसाद यादवले सुख्खा पनि नहुने र पर्याप्त पानी पनि नहँुदा किसान राम्ररी धानको ब्याड तयार गर्न सकेको छैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना