बागझोराको बाढीपहिरोले यातायात अवरुद्ध

हेटौँडा, असार ७ गते । त्रिभुवन राजपथको बागझोरामा आज बिहान परेको पानीले बाढी तथा पहिरो आउँदा बिहानैदेखि हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ तर्फको यातायात सेवा अवरुद्ध भएको छ । यसैगरी, बाढीपहिरोले गर्र्दा हेटौँडाबाट दामन तथा पालुङ तर्फको यातायात सेवा पनि अवरुद्ध भएको छ । बागझोरामा आएको पहिरो हटाउन हेटौँडाबाट डोजर त्यसतर्फ पठाइसकेको र मौसम सुधार भएमा दुई घन्टाभित्र यातायात चालु गर्ने तयारी गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिनुभएको छ ।

उक्त राजमार्ग अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँतर्फ जाने सुमो जिप, माइक्रोबस, ट्रक र मोटरसाइकल बागझोरामा लामबद्ध भई रोकिनु परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना