जीवनयापनको माध्यम बन्दै दराई होमस्टे

लक्ष्मीप्रसाद उपाध्याय

खैरेनी (चितवन), असार ७ गते ।  वन, वन्यजन्तुको संरक्षणमा स्थानीय बासिन्दाको सक्रिय सहभागिता गराउन चितवनको खैरेनी घोक्रेलाको दराई बस्तीमा होमस्टे सञ्चालन भएको छ ।  सीमान्तकृत, अल्पसङ्ख्यक तथा अति विपन्न दराई जातिको बस्तीमा होमस्टे सञ्चालन भएको नेपालको पहिलो होमस्टे भएको दाबी सरकारी अधिकारीले गरेका छन् ।  
प्राकृतिक स्रोतमा आधारित जीवनपद्धति अपनाउँदै आएका दराई जातिको बस्तीमा जीवनयापनका लागि वैकल्पिक स्रोतको खोजीसँगै होमस्टेको सुरुआत गरिएको बताइएको छ ।  होमस्टे सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग पु¥याउँदै आएको राष्ट्रिय प्रकृति संरक्षणका कोषका अनुसार दराई जातिले जीवनयापनका लागि राप्ती नदीमा माछा मार्ने, वनजङ्गलबाट दाउरा ल्याएर बेच्ने, चोरी सिकार गर्नेलगायतका गतिविधि गर्न थालेपछि पर्यटकीय स्थल सौराहा नजिकै रहेको दराई बस्तीमा होमस्टे सञ्चालनमा ल्याएको हो ।  hom staey
सौराहादेखि आठ किलोमिटर सडक बाटो पुगेको हालको खैरेनी नगरपालिका अन्तर्गत घोक्रेला गाउँमा ३७ दराई घरपरिवार बस्ने गर्छन् ।  आर्थिक रूपमा निकै  विपन्न रहेको यो बस्तीमा कसैसँग घरबास मात्र र कसैसँग तीन कट्ठाभन्दा बढी जमिन नभएको दराई होमस्टे सञ्चालक समितिका संयोजक प्रतिमा दराईले बताउनुभयो ।   
कोषको सहयोगमा हाल यो बस्तीमा होमस्टे सञ्चालनका लागि समूह गठन, तालिम तथा बजारीकरणसम्म गर्ने कार्य भइरहेको छ ।  कोषका सदस्य सचिव गोविन्द गजुरेलका अनुसार सौराहा नजिक रहेको यो होमस्टेमा होटलको भन्दा बेग्लै स्वाद लिन चाहने थुप्रै पर्यटकका लागि यो ठाउँ निकै आकर्षणको केन्द्रका रूपमा विकसित भइरहेको छ ।  होमस्टे सञ्चालन हुनुअघिसम्म सौराहाको नजिक रहेको भए पनि दराई बस्तीमा मानिसको खासै चहलपहल नहुने गरेको भए पनि हाल भने हरेक हप्ता स्वदेशी तथा विदेशी पर्यटकको समूह देखिने गरेको छ ।  
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको बूढी राप्ती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले पनि दराई बस्तीमा होमस्टे सञ्चालनका लागि बाटोघाटो निर्माण, सरसफाइ, शौचालय निर्माणलगायतका कुरामा सहयोग गर्दै आएको समितिका अध्यक्ष नारायणदत्त तिमिल्सेनाले बताउनुभयो ।  दराई बस्तीका अधिकांश घरमा पाहुनाका लागि बस्ने छुट्टै सुविधायुक्त काठले निर्माण गरिएका कोठा निर्माण गरिएका छन् ।  सरसफाइमा विशेष ध्यान पु¥याइएको छ, हामीले फर्निचर निर्माण गर्न काठ उपलब्ध गराएका छौँ, अध्यक्ष तिमिल्सेनाले भन्नुभयो ।  
होमस्टे सञ्चालक समितिका संयोजक प्रतिमा दराईले भन्नुभयो, यहाँको वन, वन्यजन्तु, माछालगायतका कुरा हेर्न विदेशी आउँछन्, हामी तिनलाई हानि नोक्सानी हुने काम गरिरहेका रहेछौँ, पहिला हाम्रो दिनचर्या राप्ती नदीका माछा मार्न नै बित्थ्यो ।  वनजङ्गल काटेर दाउरा बेच्थ्यौँ तर अहिले भने होमस्टेले गर्दा त्यो काम गर्न हामीले छोडिसकेका छौँ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र कँडेलका अनुसार दराई बस्तीमा होमस्टे सञ्चालनमा आएपछि नजिकको वनजङ्गलमा आश्रित परिवारका लागि वैकल्पिक आर्थिक स्रोतको व्यवस्थापन हुँदा राप्ती नदी तथा नजिकका तालतलैयामा माछा मार्ने, काठ तथा दाउरा कटानी गर्ने क्रम नियन्त्रण भएको छ ।  यसैगरी चोरी सिकार पनि नियन्त्रण आएको उहाँले बताउनुभयो ।  
दुई वर्षअघिको भूकम्पले यहाँको होमस्टेलाई समेत प्रभावित पा¥यो ।  २०७१ सालमा सुरु भएको होमस्टेले पहिचान बनाउनै लाग्दा भूकम्प गयो, सौराहामा पाहुना कम आउन थालेपछि हामीलाई समेत प्रभावित पा¥यो, अब भने पाहुना आएनन् भन्ने चिन्ता छैन, बरु पाहुनालाई कसरी स्वागत गर्ने, मिठो परिकार खुवाउने भन्ने चिन्ता छ, होमस्टे सञ्चालक स्थानीय जितनी दराईले भन्नुभयो ।  
दराई जातिका गीत, भाखा, सांस्कृतिक कार्यक्रम हेर्न पाइने होमस्टेका महिलाले होमस्टे सञ्चालनपछि स्थानीय बजारमा मजदुरीका काम गर्न पनि छोडिसकेका छन् ।  स्थानीय सुनिता दराईका अनुसार पहिला त धान गोड्ने काट्ने, भारी बोक्ने, दाउरा ल्याइदिने काम गर्नुपथ्र्याे अहिले भने ती सबै काम यहाँका महिलाले छोडिसकेका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना