तल्लो तहका किसानसम्म हाम्रो पहुँच छ

अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्रको विकासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने तथ्यलाई आत्मसात गर्दै कृषिको विकासका लागि आवश्यक साधन÷पुँजीको आवश्यकता पूरा गर्ने उद्देश्यले २०२४ माघ ७ गते स्थापना भएको कृषि विकास बैङ्कले आफ्नो ५० वर्षे यात्रा पूरा गरेको छ ।  नेपालमा कृषिको व्यावसायिक विकासका लागि भनेर सहकारी अवधारणामा स्थापना गरिएको बैङ्कले वाणिज्य बैङ्किङ कारोबार सुरु गरेको एक दशक भएको छ ।  बैङ्कले आफूलाई थप प्रतिस्पर्धी बनाउन सञ्चालन खर्च न्यूनीकरण, अदक्ष कर्मचारीको प्रतिस्थापन, मुलुकभरका कार्यालयलाई आधुनिक प्रविधियुक्त बनाउन अझै कसरत गर्नुपर्ने देखिन्छ ।  वाणिज्य बैङ्कमा रुपान्तरण भएसँगै अहिले आफूलाई आधुनिकीकरण गर्दै व्यावसायिक ढङ्गले अघि बढ्ने क्रममा रहेको बैङ्कमा विगत साढे दुई वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहनुभएको छ लीलाप्रकाश सिटौलाले ।  यसअघि कर्जा सुरक्षण निगम, स्टक एक्सचेन्ज, राष्ट्रिय बिमा संस्थानको सञ्चालक समिति तथा कृषि विकास बैङ्ककै सञ्चालकको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलासँग गोरखापत्रका भेषराज बेल्बासेले नेपालमा बैङ्किङ क्षेत्र, यसको वर्तमान अवस्था र आगामी कार्यदिशा लगायतका विषयमा गरेको कुराकानी ःlila prakash sitaula
० नियामकबाट व्यवसायिक निकायमा आउँदा कस्तो अनुभव रह्यो ?
– राष्ट्र बैङ्कमा हुँदासम्म नियामकको भूमिका निर्वाह गरियो ।  यहाँ व्यावसायिक भूमिका निर्वाह गर्नुपर्ने जुन फरक कुरा हो तर सजिलो के भने राष्ट्र बैङ्कमा बैङ्क तथा वित्तीय संस्थाको नियमनका क्रममा धेरै कुरा थाहा भयो ।  नट र बोल्ट कहाँ–कहाँ हुन्छन्, कस्ता कस्ता समस्या र चुनौती हुन्छन् भन्ने कुरामा थाहा हुने भएकाले काम गर्न सजिलो भयो ।  ती सबैलाई जानेर बुझेर व्यवसायको विकास, प्रवद्र्धन, नियन्त्रणलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने कुरामा आफ्नो क्षमता प्रयोग गर्ने हो ।  त्यसकारण फरक महसुस भए पनि वाणिज्य बैङ्किङ कारोबारलाई स्मुथली र एफिसियन्टली अगाडि बढाउन मद्दत पुग्छ ।  नियामक निकायमै बसेर काम गरिसकेपछि त्यसको नियमित संस्थामा नयाँपन महसुस गर्नुपरेन ।
० पछिल्लो समयमा बैङ्कमा भएका सुधारहरू के–के हुन् ?
– म आएपछि गरेका कामलाई बुँदागत रूपमा भन्नुपर्दा एक नम्बरमा सबैले पहिचान गरेको बैङ्कको महìवपूर्ण समस्या जनशक्ति व्यवस्थापनलाई सम्पूर्ण रूपमा समाधान गरियो ।  चाहे त्यो नयाँ कर्मचारी ल्याउने, प्लेसमेन्ट, वृत्ति विकास, ट्रान्सफर लगायतका कुरालाई एउटा नियमबद्ध र प्रक्रियागत रूपमा बैङ्कले अवलम्बन गर्न सफल गरेको छ ।  अर्को बैङ्कको आन्तरिक नियन्त्रण प्रणालीलाई अत्यन्त चुस्त र बलियो बनाइयो ।  खासगरी कुन कार्यविधि, नीति, रणनीति र गाइडलाइन यी सबै कुरा थिएनन् ।  धेरै यस्ता नीति कार्यनीति बनाइयो ।  अब बैङ्कका लागि आवश्यक पर्ने नीतिगत विषय पनि टुङ्गिएको अवस्था छ ।  तेस्रो जोखिम व्यवस्थापनलाई विशेष फोकसका साथ अगाडि बढाइयो ।  अहिले त्यसको परिणाम पनि प्राप्त भएका छन् ।  चौथोमा केन्द्रीय बैङ्कद्वारा जारी गरिएका सम्पूण निर्देशनको पालना अत्यन्तै सुदृढ ढङ्गले अगाडि बढाइएको छ ।  अर्को बैङ्कको आइटी व्यवस्थापनलाई पनि निकै बलियो बनाएका छौँ ।  आइटीको सुरक्षित योजना थिएन ।  ‘डाटा मिटिगेसन पोलिसी’ थिएन यी सबै कुरा निर्माण गरियो ।  अर्को महìवपूर्ण कुरा त हाम्रा कुनै पनि इ–बैङ्किङका माध्यम थिएनन् अहिले मोबाइल बैङ्किङ, भिसा कार्ड, एसएमएस बैङ्किङ, इन्टरनेट बैङ्किङमा हामी फड्को मारिसकेका छौँ ।
० बैङ्कको वित्तीय अवस्थाका बारेमा बताइदिनुस् न ?
हालको तीव्र प्रतिस्पर्धात्मक बजारमा पनि बैङ्क आफ्नो समग्र वित्तीय परिसूचकमा निरन्तर रूपमा सुधार गर्न सफल भएको छ ।  फाइनान्सियल पाटोबाट हेर्दा व्यवसायलाई व्यापक गरेका छौँ ।  नाफा बढ्यो ।  हाम्रा स्टेकहोल्डरले मनासिव रेट अफ रिटर्न प्राप्त गरेका छन् ।  सबै स्टेकहोल्डर खुसी हुने अवस्था छ ।  अर्को कुरा पुँजी वृद्धि योजना राष्ट्र बैङ्कले दिएको प्रावधान अनुसार अन्तिम अवस्थामा पुग्यो ।  चालू वर्षको बोनस दिने बित्तिकै हाम्रो साधारण पुँजी नै तोकिएको आठ अर्बभन्दा बढी नै हुन्छ ।  कुल पुँजीको कुरा गर्ने हो भने मुलुकमा भएका सबै वाणिज्य बैङ्कभन्दा ठूलो बैङ्क यही हो ।  अर्थात् हाम्रो मूलपुँजी १२ अर्बभन्दा बढी हुन्छ ।  अब बैङ्क ठीक लाइनमा अगाडि बढेको छ ।  अब यसलाई ठीक ढङ्गले चलाउने मात्रै हो ।
० मुलुकको बैङ्किङ क्षेत्रलाई कसरी हेरिरहनुभएको छ ?
– बैङ्किङ क्षेत्र भनेको समय सन्दर्भ अनुसार आफ्नो बाटोमा हिँड्ने व्यवसाय हो ।  चुनौती र कठिनाइ पनि आउँछन् ।  कहिलेकाहीँ लिक्विडिटीको समस्या हुन्छ कहिले ओभर लिक्विडिटीको अवस्था आउँछ ।  यी भनेका बैङ्किङ व्यावसायिक जीवनमा आइरहने कुरा हुन् ।  त्यसैले बैङ्किङ क्षेत्र बढी जोखिमपूर्ण व्यवसाय भनेर भनिन्छ ।  कहिले ब्याजदरको जोखिम, कहिले तरलताको जोखिम, कहिले ‘अपरेसनल रिस्क’ आउँछ यी सबै जोखिमलाई व्यवस्थित गर्दै लैजाने हो ।  यसरी हेर्दा समग्रमा मुलुकको बैङ्किङ क्षेत्र सकारात्मक दिशातर्फ अगाडि बढेको छ ।
० बैङ्कले ब्याजदर बढाएको गुनासो छ नि ?
– ब्याजदर भनेको मुद्राको मूल्य हो ।  यो निरन्तर तलमाथि भइरहन्छ ।  पैसाको माग र आपूर्तिले ‘डिटरमाइन’ गर्ने कुरा हो ।  कहीँ डिस्ट्रब्युसन भयो भने स्वाभाविक रूपले पैसाको मूल्य बढ्छ ।  अहिले भएको त्यही हो ।  खास गरेर नेपाल सरकारले ठूलो रकम सेन्ट्रल ट्रेजरीमा होल्ड भएका कारणले पैसा स्वतन्त्र इकोनोमीमा खेल्न पाएन ।  अर्को कुरा केही वाणिज्य बैङ्कले सुरुकै अवस्थामा पुँजी वृद्धि गर्ने नाममा आक्रामक रूपमा लेन्डिङ गरे, सीडी रेसियो हिट गरेको कारणले आफ्नो डिपोजिट वृद्धि गर्न तानातानको अवस्था सिर्जना गरियो फलत कर्पोरेट डिपोजिटको रेट हाई भयो ।  यसलाई केन्द्रीय बैङ्कले व्यवस्थित गर्ने कदम चलाएको छ केही हदसम्म विस्तारै समाधान हुँदैछ ।
० कृषि विकास बैङ्कको कृषि क्षेत्रमै लगानी कति रहेको छ नि ?
– अहिले कृषि क्षेत्रमा हाम्रो लगानी ३३ प्रतिशत छ ।  हामीले गौरवका साथ भन्नुपर्दा कुल ९३ अर्बको पोर्टफोलियोमा ३३ प्रतिशत कृषिमा हुनु त्यसमा पनि हाम्रो एभरेज लोन साइज झण्डै पाँच लाखको हाराहारीमा हुनु अनि लोकेसन देशैभर रहनु यो बैङ्किङ व्यवस्थाभित्र रहेन ।  यो बैङ्किङ संस्थाले गर्व गर्ने विषय हो ।  किनभने यत्रो ठूलो बैङ्क हुँदाहुँदै करिब करिब माइक्रोफाइनान्सको जस्तो काम गर्ने र अर्कोतिर हाइड्रो, पर्यटन लगायतका क्षेत्रमा पनि लगानी गरिरहेका छौँ ।  डाइभर्स क्षेत्रमा बैङ्क जाने अनि देशका कुनाकुनामा कभरेज र आउटरिच पनि त्यत्तिकै वृद्धि भएको र यसका अधिकांश ग्राहक तल्लो तहका किसान भएका कारणले बैङ्कले वास्तविक मुलुकको माटो सुहाउँदो वास्तविक बैङ्किङ सेवा प्रदान गरिरकेको छ ।
० मुलुकमा कृषिको व्यावसायीकरणका लागि कसरी सघाइरहेको छ त बैङ्कले ?
– देशको कृषि क्षेत्रको विकासका लागि सरल तथा सुलभ रूपले वित्तीय सेवा, कृषि कर्जा तथा प्राविधिक सेवा उपलब्ध गराउँदै कृषि क्षेत्रलाई व्यवसायीकरण गर्ने जस्ता मुख्य उद्देश्य लिई बैङ्क स्थापना भएको हो ।  बैङ्कले स्थापना कालदेखि नै कृषिको व्यवसायीकरण, औद्योगीकरण तथा ग्रामीण विकासमा प्राथमिकता दिँदै आएको छ ।  कृषिका योजना तथा विभिन्न व्यवसायमा हाम्रो लगानी भइरहेको छ ।  कृषि क्षेत्रलाई व्यवसायिकता प्रदान गर्नुको विकल्प छैन ।  त्यसका लागि कृषकलाई वित्तीय सेवा प्रदान गर्न र आएका प्रोजेक्टमा सीधै लगानी गर्न कृषि विकास बैङ्क सधँै तयार छ ।  प्रत्येक किसानलाई सीधै बैङ्कमा आउन र आफूलाई चाहिएको सेवाका बारेमा सोझै सम्र्पक गरेमा बैङ्कले सवै प्रकारको सेवा प्रवाह गर्न तयार रहनेछ ।  सबै कामका लागि केन्द्रीय कार्यालय धाउन नपरोस् भनेर हामीले देशैभरिको भौगोलिक अवस्था हेरेर बैङ्कका शाखा विस्तार गरेका छौँ ।  यसको महìवपूर्ण काम ग्राहकसँग जोडिनु हो ।  हामीले सबै शाखामा हेल्पडेक्स पनि राखेका छौँ र यसलाई अनुगमन गरेर निरन्तरता पनि दिनेछौँ ।  वित्तीय साक्षरताका माध्यमबाट बैङ्क र प्रत्येक नेपाली कुनै न कुनै रूपमा जोडिनुपर्दछ भन्ने हाम्रो अभियान जारी छ ।
० कृषि क्षेत्र बाहेक अरू लगानीका प्राथमिकताका क्षेत्र के–के हुन् ?
–    हाम्रो मुख्य प्राथमिकताको क्षेत्र कृषि नै हो त्यो बाहेक बैङ्कले हाइड्रोपावर, कृषि, औद्योगिक क्षेत्र, पर्यटन, लघु तथा साना उद्योग, हायरपर्चेज लगायतका कुरामा पनि प्राथमिकता दिइरहेका छौँ ।  केन्द्रीय बैङ्कले तोकेका मापदण्ड पूरा गरेका छौँ ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना