अधिंकाश एग्रोभेट बिना इजाजतका

वीरगञ्ज, असार १२ गते ।  पर्साको ग्रामीण क्षेत्रमा सञ्चालित  अधिकांश एग्रोभेट पसल इजाजतबिना नै सञ्चालन आृरहेका छन् ।   एग्रोभेट विषयमा अध्ययन गरेको व्यक्ति वा जिल्ला कृषि विकास कार्यालयबाट विषादी खुद्रा विक्रेताको तीन दिने तालिम लिएर परीक्षा पास गरेको व्यक्तिले मात्र एग्रोभेट पसल सञ्चालन गर्न पाउने नियम छ तर जिल्लाको ग्रामीण भेगका विभिन्न गाउँमा रहेका एग्रोभेट पसल यसरी नियमसङ्गत सञ्चालनमा आएको देखिँदैन ।   
अर्कोतर्फ एग्रोभेट पसलमा जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा विषादीको पञ्जीकरण शाखाबाट पाएको इजाजत पत्रसमेत देखिने गरी झुन्ड्याउनुपर्ने प्रावधान भए पनि जिल्लाको ग्रामीण भेगका विभिन्न गाउँमा रहेका एग्रोभेट पसल त्यसरी इजाजत पत्र राखेको नै पाइँदैन ।  agro vet
पर्सा जिल्लाको शङ्करसरैया, सेढवा, सुवर्णपुर, महादेवपट्टि, बलुवा, पोखरिया, जानकीटोला, महुवन, श्रीपुर पँचगावा, रङ्गपुर, मनवा, भिस्वा, जयमङ्गलापुर, निचुटालगायतका स्थानमा वर्षौंदेखि एग्रोभेट पसल सञ्चालनमा आइरहेका छन् भने सञ्चालकहरूले इजाजतपत्र बिना पसल सञ्चालन गर्दै आएका छन् ।
कीटनाशक विषादीसम्बन्धी जानकारी नभएका व्यक्तिद्वारा सञ्चालित एग्रोभेट पसलबाट जथाभावी कीटनाशक विषादी, बीउबिजन र रासायनिक मल बिक्री हुँदा किसानलाई फाइदा भन्दा बढी नोक्सान हुने कृषिविज्ञहरू बताउँछन् ।
उनीहरूकै सिफारिसको आधारमा विषादी खरिद गरी तरकारी, धान, मकैलगायतका बालीमा प्रयोग गर्दा बाली नोक्सान हुनुका साथै मानव स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्ने गर्दछ ।
नेपाल सरकारले कृषि कार्यमा किसानलाई परामर्श दिन पठाएका जेटिएहरू समयमा नभेटिने गरेका कारण त्यस्ता पसलेहरूको सुझावमा नै विषादी किन्न बाध्य हुनुपरेको ग्रामीण भेगका  किसानहरूको
भनाइ छ ।  
सोझासाझा किसानलाई तालिम नलिएका पसलेहरूले म्याद गुज्रिएका कीटनाशक विषादी दिने गर्दा बाली नोक्सान हुने गरेको एक स्थानीयले बताउनुभयो ।  पसलेले दिएको विषादीबाट बाली खराब भएमा सुनुवाइ हुने कुनै निकाय गाउँमा नरहेको स्थानीयले गुनासो गरे ।    
उनीहरूको रायसुझावमा तरकारी तथा अन्नबालीमा विषादी छर्दा विभिन्न खाले समस्या आउने गरेको पर्साको गादीका किसान नैनकुमार चापागाईंले गुनासो गर्नुभयो ।  
त्यस्तै, गाउँमा रहेका किराना,  हार्डवेयर, औषधि पसल र स्थानीय हाटबजारमा समेत  कीटनाशक विषादी बिक्री वितरण हुँदै आएको छ ।  
जिल्ला कृषि विकास कार्यालय पर्साले जिल्लामा विषादी बिक्रीका लागि पञ्जीकरण शाखामार्पmत ७८ जनाले मात्र अनुमतिपत्र लिएको जानकारी दिएको छ ।   
अनुमतिपत्र लिएका अधिकांशले वीरगञ्ज नगर क्षेत्रमा एग्रोभेट पसल सञ्चालन गरेका छन् भने बिनाइजाजत पसल सञ्चालन गर्नेहरूको सङ्ख्या गाउँमा बढी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना