१६ हजार अलैँचीको बिरूवा बिक्री

विवश कुलुङ

सल्लेरी, असार १२ गते ।  सोलुखुम्बुको देउसा रनेमका व्यावसायिक कृषक राजकुमार राईले यस वर्ष १६ हजार अलैँचीका बिरुवा बिक्री गर्नुभएको छ ।  जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुमा तीन  लाख बिरुवा माग भएकोमा १६ हजार बिरुवा राईले आपूर्ति गर्नुभएको हो ।  
विगत रामो समयदेखि व्यावसायिक रूपमा अलैँची, कागती, सुन्तला, जुनार, अम्बा आदिका बिरुवा उत्पादन गर्दै आउनुभएका राईले यस वर्ष प्रतिबोट आठ रुपियाँका दरले अलैँचीको बिरुवा बिक्री गर्नुभएको हो ।  १६ हजार बिरुवाबाट एक लाख २८ हजार आम्दानी भएको राईले बताउनुभयो । aalaichi
राईले यस वर्ष ६० हजार अलैँचीका बिरुवा बेच्न लायकको उत्पादन गर्नु भएकोमा अन्य किसानले पनि माग गरिरहेको बताउनुभयो ।
राईका अनुसार नजिकका कृषकसँगै जिल्लाको धेरै टाढाका गाविसहरू बुङ, छेस्काम र गुदेलका कृषकले समेत माग गरेको बताउनुभयो ।  राईका अनुसार फोनमार्फत माग भइरहेको भए पनि बिक्री गर्न बाँकी रहेको बताउनुभयो ।  
यस वर्ष उत्पादन भएको बिरुवामा कुनै प्रकारको रोग तथा समस्या नभएकाले स्वस्थ बिरुवा रहेको र उत्पादन पनि धेरै भएकाले सबै बिरुवा बिक्री गर्न सकेमा अलैँचीको बिरुवाबाटै पाँच लाख आम्दानी हुने बताउनुभयो ।  साथै राईले सुन्तला, कागती र अम्बाका बिरुवा पनि राम्रो बिक्री भइरहेको बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना