आचरण सुधार्ने आचारसंहिता

Luckyलक्की चौधरी  

पत्रकारिता संवेदनशील पेसा व्यवसाय हो । यसको सही सदुपयोगले नागरिक सुसूचीतसहित सचेत हुन्छन् भने अलिकतिको लापरबाहीले समाज नै गलत दिशामा उन्मुख हुन सक्छ । त्यसैले भनिन्छ ‘पत्रकारिता भनेको सार्वजनिक महŒवका सत्य–तथ्य सूचनासँग सरोकार राख्ने विधा हो । ’ पत्रकारिताको प्राथमिक उद्देश्य नागरिकलाई भरपर्दो सूचना उपलब्ध गराएर उनीहरूलाई स्वशासित बनाउनु नै हो तर कुनै चिज दुनियाँमा यस्तो छैन, जहाँ त्रुटी नभएको होस् । नेपाली पत्रकारिता पनि दूधले पखालिएको छैन । हाम्रा पत्रकारिताका पनि केही त्रुटी र कमजोरी छन् । त्यसकै निम्ति पत्रकार आचारसंहिता, प्रेस ऐन र कानुनको जरुरी भएको हो । पत्रकारलाई उसको आचरणभित्र राख्न र सहीलाई सही लेख्न दबाब सिर्जना गर्ने औजारको रूपमा आचरणसंहिता जारी गरिएको मानिन्छ ।
नेपालमा आचारसंहिताको आवश्यकता पत्रकारिता शुरु हुँदैताका गरिएको थियो । वि.सं. १९५८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री देवशमशेरले गोरखापत्रका लागि सनद जारी गर्न लगाएका थिए । गोरखापत्रमा के–कस्ता सामग्री छाप्न हुने र नहुने विषयको निक्र्यौल सनदमा गरिएको थियो । त्यतिबेलाको परिस्थिति आजको जस्तो अनुकूल थिएन । परिस्थिति अनुरूप तत्कालीन राणा शासन व्यवस्थाको प्रतिकूल नहुने गरी अखबारमा सामग्री छाप्ने व्यवस्था गरिएको थियो । नेपाली प्रेसका लागि त्यसले नै पहिलो आचारसंहिताको भूमिका खेलेको थियो भनेर मान्न सकिन्छ । यद्यपि, आचारसंहिता भने त्यो थिएन । वि.सं. २००८ सालमा सत्यनारायणबहादुर श्रेष्ठको संयोजत्वमा तत्कालीन नेपाल पत्रकार सङ्घ गठन भयो । निजी क्षेत्रबाट केही पत्रपत्रिका प्रकाशन हुनथाले । वि.सं. २०१४ सालमा गठित प्रेस कमिसनले पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न पत्रकारिता आचारसंहिता निर्माणको आवश्यकता महसुस गरी १८ बुँदे सुझाव प्रस्तुत गरेको थियो । हालसम्म आइपुग्दा पत्रकारितलाई मर्यादित र व्यवस्थित तुल्याउन धेरै आचरसंहिता बनेका छन् तर अझै हाम्रो पत्रकारिता स्वतन्त्र र मर्यादित हुन सकेको छैन ।
वास्तवमा पत्रकार आचारसंहिता एउटा नैतिक बन्धन सरह हो । पत्रकारका पेसा व्यवसायलाई सीमाभित्रै बाँधिराख्न यसको प्रयोग गरिएको हो । त्यसले पत्रकारका पेसागत विशेषाधिकार सीमाविहीन हुनुहुँदैन भन्छ । उसै त केही पत्रकार आफूलाई अर्कै ग्रहका नागरिक ठान्छन् । त्यसैले पनि आचारसंहिता अनिवार्य आवश्यकता महसुस गरिएको हो । उसो त आचारसंहिता कुनै कानुनी बन्धन होइन । पेसाकर्मीले आफ्ना लागि आफैँले बनाएको अस्त्र हो । यसले पत्रकारितालाई केही भए पनि परिपक्व, मर्यादित र जिम्मेवार बनाउँछ भन्ने मान्यता राखिन्छ । पत्रकारको काम समाजका विभिन्न पक्षलाई जिम्मेवार बनाउनु हो । त्यसैले पत्रकार पहिले आफू जिम्मेवार बन्न सक्नुपर्छ ।
पत्रकारले पत्रकारिता आफ्ना लागि गरेको होइन, समाज र नागरिकका लागि हो भन्ने हेक्का राख्नुपर्छ । सन्तुलित, मर्यादित र जिम्मेवार हुनु उसको दायित्व हो । थोरै भोजन गर्नाले मान्छे कुपोषणको शिकार हुन्छ, धेरै भोजन गर्नाले उसको स्वास्थ्य बिग्रन्छ । पत्रकारिता पेसा पनि ठीक त्यस्तै हो । अति हुँदा र केही कमजोरी भएमा समाजकै स्वास्थ्य बिग्रन सक्छ । त्यसैले पत्रकार आफ्नो पेसाप्रति जहिले सचेत र चनाखो हुनुपर्छ । चिनियाँ दार्शनिक कन्फ्यूसियसले भनेका छन्, ‘समाजलाई हित हुने कुरामा व्यक्तिगत स्वार्थलाई तिलान्जलि दिनुपर्छ । ’ के हामीले व्यवहारमा उतारेका छांैँ ? आत्मसमीक्षा गरौँ । पत्रकारको पेसा नै सार्वजनिक विषयवस्तुमा आधारित व्यावसाय हो । त्यसैले समाचारका विषयवस्तुमा पत्रकारले पूर्वाग्रही हुन मिल्दैन ।    
पत्रकारिता हतारको व्यवसाय हो भन्दैमा हतारको काम लतार गर्न मिल्दैन । समाजको हरेक गतिविधिमा प्रेसको सहज पहुँच अनिवार्य हुन्छ । आजको समाज र नागरिक तुलनात्मक रूपमा सचेत र सञ्चारप्रेमी छन् । प्रविधिको विकासले सञ्चारमा नागरिकको पहुँच अझ सहज बनाई दिएको छ । त्यसैले पत्रकारमा पनि प्रविधिको ज्ञान अनिवार्य शर्त हो । पत्रकार आफ्नो पेसागत धर्म निर्वाह गर्ने क्रममा धेरै ठाउँमा चुकिरहेको हुन्छ । कुनै अपराधको घटनाको समाचार बनाउँदा अदालतले प्रमाणित गर्नुअघि उसले दोषीलाई ‘अपराधी’ संज्ञा दिन्छ । अपराधी करार गर्ने काम अदालतको हो, पत्रकारको होइन । अपराधी प्रमाणित नहुँदासम्म पत्रकारले अपराधीको संज्ञा दिन मिल्दैन ।
अर्को गम्भीर विषय अहिले ‘पेयबल’ समाचारको हो । पत्रकारले स्रोतबाट पैसा लिएर समाचार लेखेको खबर बर्गेल्ती सुनिन्छन् । कसैको दबाब र प्रभावमा परेर पत्रकारले त्यस्तो गरिरहेको सुनिन्छ । जुन समाजका निम्ति घातक विषय हो । हाम्रो आचारसंहिताले त्यस्तो विषयलाई कसरी व्याख्या गर्ला बहसको विषय बन्न सक्छ । कसैको प्रभाव र दबाबमा परेर समाचार सत्यतथ्य बन्नै सक्दैनन् । या त त्यो पत्रकारको स्वार्थ अनुकूल हुन्छ या दबाब दिनेको अनुकूल तर समग्रमा त्यो समाजका निम्ति प्रतिकूल बन्छ नै । पत्रकारिताको धर्म त्यो होइन । यसप्रति सरोकारवाला सचेत बन्नैपर्छ । ‘पेयबल समाचार’ लेख्नु भनेको खेलकुदमा खेलाडीले ‘म्याच फिक्सिङ’ गरेजस्तै हो । खेलाडीलाई त्यसोगर्दा कारबाही हुन्छ भने पत्रकारलाई किन
नहुने ? अर्को कुरा पत्रकारले आचारसंहिताको कार्यान्वयन गर्ने तर मिडिया मालिकले गर्न हुने कि नहुने ? लगानीकर्ताले आफ्नो व्यावसाय प्रवद्र्धनका निम्ति जे पनि गर्न छुट हुँदैन । मिडियामा लगानी पारदर्शी हुन नसक्नु मिडिया मालिकलाई आचारसंहिताले छुन दिए सरह नै हो ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना