दोस्रो चरणको मतदान सुरु, वर्षाले रोकेन मतदाताको उत्साह

टीका बहादुर बस्नेत

दाङ, असार १४ गते । स्थानीय तहको दोस्रो चरणको मतदान सुरु हुनै लाग्दा पानी पर्न सुरु भएको छ । बिहानैदेखिको खराव मौसमका कारण छाता बोकेर मतदान स्थल पुगेका मतदाताहरु छाता ओडेर लाइनमा उभिएका छन् ।voting-file 2

दाङका १० वटा स्थानीय तहमा मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ वटा गाउँपालिकामा मतदान सुरु भइसकेको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका रहेको दाङमा १ सय ५१ मतदान स्थल र ३ सय ५१ मतदान केन्द्रमा भव्य तयारी चलिरहेको छ । दाङका लागि चाहिने कुल ५ सय २० पदका लागि २ हजार ३ सय ८२ जना उम्मेदवारहरु चुनावी प्रचार सिध्याएर मतदानको समय पर्खिरहेका छन् । जिल्लामा निर्वाचनका लागि दुई हजार ८७ कर्मचारी खटिएका छन् । जिल्लामा दुई लाख ९१ हजार एक सय ७५ मतदाता रहेका छन् ।

छाता लिएर मतदानमा निस्कन आग्रह
मतदानमा निस्कदा छाता लिएर निस्कन मुख्य निर्वाचन अधिकृतले चुरामण खड्काले आग्रह गर्नुभएको छ । २० वर्षपछि हुन लागेको निर्वाचनमा उत्साहका साथ सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना