बाँकेका ८ वटै स्थानीय तहमा मतदान शुरु

सिराज खान

नेपालगञ्ज, असार १४ गते । बाँकेका सबै ८ वटै स्थानीय तहमा बुधवार बिहान ७ बजेबाट मतदान शुरु भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगर लगायत जिल्लाका सबै स्थानीय तहमा एकै पटक मतदान शुरु भएको हो ।
जिल्लाका सबै २ सय ९५ वटै मतदान केन्द्रमा मतदान शुरु भएको जानकारी आएको बाँकेका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनु भयो । उहाँले सबै मतदान केन्द्रमा मतदान गर्ने मतदाता ठुलो संख्यामा पुगेको जनाउँदै सबैले लाम लागेर आफ्नो पालो कुरी रहेको बताउनु भयो । voting-file 3 nepalganj
नेपालगञ्जका सबै मतदान केन्द्रमा मतदाताको संख्या बढ्दै गएकोले मतदानलाई तिव्र पार्न कर्मचारीहरुले ब्यबस्थापनमा बिशेष जोड दिएका छन् ।
यसैविच जिल्ला भरीकै सुरक्षा ब्यबस्था समेत कडा पारिएको छ । जिल्लामा निर्वाचन कार्यालयले पास उपलब्ध गराएको बाहेक कुनै पनि सवारी साधनलाई चल्न दिईएको छैन ।
निर्वाचन कार्यालयका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा बढि ६२ हजार ३ सय ९७ मतदाता रहेका छन् । त्यसपछि कोहलपुर नगरपालिका, बैजनाथ गाउँ पालिका र राप्तीसोनारी तथा खजुरा गाउँपालिकामा सबैभन्दा बढि मतदाता रहेका छन् । जिल्लाभर दुईलाख ४६ हजार १०४ मतदाता रहेका छन् ।
यसैविच बुधवार विहानबाट बाँकेमा उत्साहजनक तरिकाले मतदान शुरु भएपछि अब मतगणनाका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले बिशेष तयारी शुरु गरेको जनाएको छ ।
मतदान सम्पन्न भएको कम्तिमा दुई दिनभित्रै जिल्लाका सम्पूर्ण स्थानीय तहको मतगणना कार्य सक्ने गरी बिशेष प्रकारको व्यवस्थापन गरिएको बाँकेका मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनु भयो ।
मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार जिल्लाको सबै स्थानीय तहमा मतगणना गर्दा एकै पटक धेरै स्थानमा गणना गर्ने तयारी गरिएकोले मतगणना शुरु गरिएको २० घण्टाभित्र सबै परिणाम सार्वजनिक गरिने छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना