घट्यो धानको आयात

सुरेशकुमार यादव

विराटनगर, असार १५ गते ।  यो वर्ष ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ सरकारले चौधौँ राष्ट्रिय धान दिवस मनाउँदैछ ।  सामान्यतया जुन १० मा भित्रिने मनसुन यो वर्ष दुई दिन ढिलो प्रवेश गरेको छ ।  मनसुन प्रवेश गरेसँगै देशैभरि धान रोपाइँ सुरु भएको थियो तर स्थानीय तहको चुनावका कारण थोरै भए पनि यो वर्ष रोपाइँ प्रभावित भएको छ  ।  
कृषि मन्त्रालयका अनुसार यो वर्ष १५ लाख ५२ हजार ४६९ हेक्टरमा धान बालीको रोपाइँ गर्ने लक्ष्य रहेको छ ।  मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटका अनुसार  अघिल्लो वर्ष १५ लाख ५२ हजार हेक्टरमा धान रोपाइँ भएको थियो ।  मनसुनले साथ दियो भने आगामी वर्षभन्दा यसपटक एक लाख ७० हजार मेट्रिक टनभन्दा बढी धान फलाउने योजना मन्त्रालयको रहेको र सोहीअनुसार गृहकार्य भइरहेको उहाँले जानकारी गराउनुभयो ।  नेपालको कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धानको खेती हुन्छ ।  यसमध्ये तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशतमा र उच्च पहाडमा ४.१ प्रतिशत हेक्टरमा धानको खेती भइरहेको छ ।  dhan_2
सहप्रवक्ता सापकोटाले जुन रफ्तारमा धान उत्पादनमा वृद्धि भइरहेको छ यदि यो तीव्रता यस्तै रहने हो भने नेपाल चाँडै नै धानमा आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो ।  आगामी तीन वर्षमा धानमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न प्रकारका विशेष कार्यक्रम सञ्चालनमा ल्याएको उहाँले जानकारी गराउनुभयो ।  धानमा नेपाललाई आत्मनिर्भर बनाउन गत आर्थिक वर्ष २०७१÷७२ देखि २० जिल्लामा मसिना तथा बास्नादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम ल्याइएको जानकारी गराउँदै उहाँले २०७२÷७३ देखि तराईका विभिन्न १५ जिल्लामा बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइएको र यो कार्यक्रम अहिले ३५ जिल्लामा विस्तार गरिएको र यो कार्यक्रम आगामी आर्थिक वर्ष २०७४÷७५ देखि स्थानीय तहलाई जिम्मा लगाइएको बताउनुभयो ।
धानमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले चालू आर्थिक वर्ष २०७२÷७३ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सञ्चालन गरेको छ ।  यो परियोजनाअन्तर्गत  २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानबालीलाई समावेश गरिएको छ ।  
यसैगरी चैते धानलाई प्रवद्र्धन गर्न करिब ५० जिल्लामा चैते धानको क्षेत्रफल विस्तार गरी अहिले एक लाख १८ हजार  हेक्टरबाट विस्तार गरी तीन लाख हेक्टरमा पु¥याउने योजना मन्त्रालयले अघि बढाइएको छ ।  वर्षे धान र मकैका लागि चाहिने युरिया मल सरकारले व्यवस्था गरिसकेको छ ।  यस वर्ष युरिया मलको अभाव नहोस् भनेर धानबालीकै लागि भनेर कृषि सामग्री कम्पनीले ६० हजार मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार मेट्रिक टन गरी जम्मा ७० हजार मेट्रिक टन युरिया मल मौज्दात राखेको छ ।  कृषि सामग्रीले थप १० हजार मेट्रिक टन युरिया भित्र्याउने तयारीमा रहेको बुझिएको छ ।   

धान आयात
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७३÷७४ को १० महिनामा २० अर्ब २६ करोड ३६ लाख १५ हजार मूल्य बराबरको धान भारत, इटली, बहराइन, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बङ्गलादेश अमेरिका, सिङ्गापुर र भियतनामबाट तीन लाख ५९ हजार नौ सय ९१ मेट्रिक टन विभिन्न प्रकारका चामल आयात भएको थियो ।  अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा भने २२ अर्ब ८० करोड ३० लाख ६५ हजार मूल्य बराबरको पाँच लाख ३९ हजार ६ सय मेट्रिक टन चामल आयात भएको थियो ।  
यस वर्षको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २८.९ प्रतिशतमा सीमित रहने उल्लेख छ ।  अघिल्लो आर्थिक वर्ष जीडीपीमा यसको योगदान ३१ प्रतिशत थियो ।  अघिल्लो आर्थिक वर्षको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो ।  कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ ।  कुल खाद्यान्नमध्ये धानले ५० प्रतिशत हिस्सा ओगटेको छ ।  
बिहीबार बिहानैदेखि धान दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम हुने जनाइएको छ ।  नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान बाली विज्ञान महाशाखले खुमलटारमा संयुक्त रूपमा कार्यक्रम गर्दैछन् ।  भक्तपुर चाँगुनारायणको झौखेलमा  धान रोपाइँ कार्यक्रम हुने कृषि मन्त्रालयले जनाएको छ ।  सो कार्यक्रममा तीनवटै जिल्लाका किसान, विज्ञहरू सहभागी हुने बताइएको छ ।  त्यहाँ रोपाइँ हुनुका साथै विभिन्न संस्कृतिका नाचगान, बाजागाजा पनि प्रदर्शन गर्नेछ त्यसको साथै दही च्युरा खाने कार्यक्रम पनि रहेको
बताइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना