पर्यटन प्रवद्र्धनमा स्वदेशी विमान

Puru risalपुरु रिसाल


नेपालीमा एउटा उखान छ माल पाएर मात्र हुँदैन चाल पाउनुपर्छ ।  हामीले पर्यटनका पर्याप्त क्षेत्र भएर पनि त्यसको पूर्ण उपयोग गर्न सकेका छैनौँ कि ? नेपालको पुराताìिवक ऐतिहासिक महìवका वस्तुदेखि साहसिक पर्यटन क्षेत्रका प्रसस्त क्षेत्र छन्, तिनीहरूको पूर्ण उपयोग गर्न सकिएको छ त ? निश्चय नै उत्तर नकारात्मक आउँछ ।  दुईतिर आर्थिक रूपले प्रबल दुई राष्ट्र छन्, त्यहाँको जनसङ्ख्या र त्यसमा पनि पर्यटनमा जानेको सानो अंश मात्र नेपालमा ल्याउन सकियो भने पर्याप्त हुन्छ ।  भारत धर्मनिरपेक्ष भनिए पनि त्यहाँको ठूलो जनसङ्ख्या  हिन्दुहरूको छ – नेपालमा हिन्दुहरूले रुचाउने र दर्शन गर्न जानुपर्छ भन्ने खालका थुप्रै मन्दिर छन ।  हालै उत्तरप्रदेशका  मुख्यमन्त्रीले मानसरोवर यात्रामा जानेलाई एकलाख भारतीय रुपियाँ दिने निर्णय गरेका छन् ।  तमिलनाडुकी मुख्यमन्त्री जयललिताले केही वर्षअघि मुक्तिनाथ जान चाहनेलाई १० हजार भा.रु. दिन थालेकी थिइन ।  उनको मृत्यु भइसके पनि आगामी सरकारले पनि त्यसलाई निरन्तरता दिने छन् ।  हिन्दु तीर्थयात्रीले पनि नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्नेछ ।  यसलाई बुझेर नै  नेपाल वायुसेवा निगमले भारतको तीन गन्तव्यमा आफ्नो नियमित उडान गर्दै आएको छ ।  अरू विमान कम्पनीको तुलनामा नेपाल वायुसेवा निगम सस्तो भाडा भएकोले सिट कसरी गर्ने भन्ने समस्या छैन ।  नेपालबारे अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक सोच रहेको छ ।  बेलायती प्रकाशन रफ गाइडले सन् २०१७ मा भ्रमणका लागि आकर्षक दश मुलुकमध्ये नेपाललाई दोस्रो नम्बरमा राखेको छ ।  यसअघि २०१६ मा प्रकाशित पर्यटनसम्बन्धी गाइडबुक लोन्ली प्लानेट विश्वका आकर्षक गन्तव्यमध्ये नेपाललाई पाँचौं नम्बरमा राखेको थियो तर हामीले अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्न आवश्यक पूर्वाधारको विकासमा के ग¥यौँ त भनेर सोच्दा सकारात्मक अवधारणा देखापर्दैन ।
जलस्रोत र पर्यटन नेपालको तुलनात्मक लाभका क्षेत्र हुन् ।  त्यसमा पनि पूँजीगत हिसाबमा जलास्रोत क्षेत्रको उपयोगका लागि ठूलो लगानी आवश्यकपर्ने भएकोले पर्यटन उद्योगको प्रबद्र्धनबाट तुलनात्मक रूपमा बढी लाभ हासिल गर्न सकिन्छ ।  कुल गार्हस्थ उत्पादनको दुईदेखि तीन प्रतिशत योगदान रहेको यस क्षेत्रको दिगो विकास हुन सकेमा अपेक्षित लाभ लिन सकिन्छ ।    
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१५ मा नेपाल आउने पर्यटकको बसाइँ औसत १३.१ दिन र प्रतिव्यक्ति औसत खर्च ७० अमेरिकी डलर रह्यो ।  भूकम्पपछि ४० प्रतिशत पर्यटक घट्ने प्रक्षेपण भए पनि ३२ प्रतिशतमा मात्र सीमित रहेबाट सङ्कटकालीन अवस्थामा समेत यसप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र विश्वास कायमै रहेको देखिन्छ ।  सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटन आगमन सङ्ख्यामा २४ प्रतिशतले वृद्धि भएको छ ।  भ्रमण वर्ष मनाउने औपचारिकताभन्दा व्यावहारिकता चाहिन्छ ।  मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि पर्यटन महìवपूर्ण विकल्पसमेत हुनसक्छ ।  नेपालले बर्सेनि ठूलो मात्रामा व्यापार घाटा व्यहोर्दै आएको छ ।  चालू वर्षमा यस्तो व्यापार घाटा लगभग सात अर्ब पुगिसकेको परिप्रेक्ष्यमा यस्तो व्यापार घाटा पर्यटन क्षेत्रको प्रवद्र्धनमार्फत पूर्ति  गर्न सकिन्छ ।  सन् १९९८ को नेपाल भ्रमण वर्ष, सन् २०१२ को लुम्बिनी भ्रमण वर्ष, सन् २०१३ को सिस्ने जलजला ढोरपाटनले पर्यटन आकर्षणमा महìवपूर्ण भूमिका खेलेका थिए ।   भविष्यका लागि थप योजना ल्याइएको छ जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२५ सम्ममा वार्षिक २५ लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेको छ ।  पर्यटन प्रवद्र्धनमा आधुनिक विमानस्थलको सुविधाले पहिलो छाप छाड्छ ।  त्रिभुवन विमानस्थलले नथेग्ने मात्रामा यात्रुको सेवा गरिरहेको छ ।  यसरी धेरै दिन चल्दैन भनेर भैरहवा र पोखरामा मध्यमखालका विमानस्थलको निर्माणतिर विशेष अभिरुचि देखाइएको छ भने दीर्घकालीन रूपमा निजगढ अन्तर्राष्ट्रिय विमान स्थलको परिकल्पना गरिएको छ ।  हाम्रा राष्ट्रिय गौरवका आयोजनाको निर्माण गति हेर्दा कति वर्षमा पूरा गरिएला भन्न सकिँदैन ।  
सानो लगानीमा धेरै सम्भावना भएको सबैभन्दा छिटो विकास हुन सक्ने उद्योग हो पर्यटन ।  यसलाई सकारात्मक गति र दिशा दिन हामीले पर्यटनलाई विशेष रूपमा राख्न सक्नुपर्छ ।  नेपाल असुरक्षित गन्तव्य हो भनी विदेशी पर्यटकमा परेको भ्रम हटाउन प्रचारात्मक प्रयास हुनुपर्छ ।  पर्यटन विकासका लागि नयाँ गन्तव्य खोजी  गर्नुपर्छ ।  पर्यटकीय रूपमा सम्भाव्य ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका होमस्टेजस्ता कार्यक्रम लाई प्रोत्साहन दिनु  जरुरी छ ।  पर्यटन क्षेत्रको विकासबाट प्राप्त लाभ न्यायोचित रूपमा वितरण गर्न पर्यटन क्षेत्रको विविधीकरण र विस्तार हुनु पर्छ ।   यिनै परिप्रेक्ष्य विचार गर्दा पर्यटन प्रर्वद्धनका लागि साधनको रूपमा पर्याप्त विमान हुनुपर्छ ।  कुनै बेला २१ वटासम्म विमान उडाउन सक्षम नेपाल वायुसेवा निगम निकै खुम्चियो ।  तर अहिले आएर केही सकारात्मक सङ्केत देखा परेका छन् भने आउँदो वर्ष दुईवटा वाइड्बडी विमान थपिने छन् ।  आफ्नो देशको विमानले मागअनुसार सेवा दिन नसकेसम्म पर्यटन प्रवद्र्धनमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन ।  त्यसैले विमान थप्ने र पूर्वाधार विकास गर्ने काम एकसाथ गर्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना